23/03/2026
होप फर अल (Hope for All) द्वारा विद्यार्थीहरू माझ सचेतना फैलाउने उद्देश्यका साथ फुङलिङ-४ स्थित पाथीभरा क्याम्पसमा लागुऔषध सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
यस कार्यक्रमलाई सफल बनाउन विशेष भूमिका खेल्नुहुने क्याम्पसका व्यवस्थापन प्रमुख सजन पौडेल ज्यू र विद्यार्थी युनियन नेता तिल कुमार जोगी ज्यू प्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं।
विशेष धन्यवाद:
सहभागी हुनुभएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई विशेष धन्यवाद दिन चाहन्छौं। हामीलाई विश्वास छ कि यो कक्षाले तपाईंहरूलाई धेरै मद्दत पुर्याएको छ र तपाईंहरू मार्फत यो सचेतना सन्देश समाजको हरेक कुना र वर्गसम्म पुग्नेछ।
हामी भविष्यमा पनि यस्तै प्रभावकारी कार्यक्रमहरू लिएर आउने प्रतिवद्धता व्यक्त गर्दछौं।