30/05/2026
रत्ननगर टाँडी वितरण केन्द्रको विद्युत अवरुद्ध हुने बारेको
सूचना । सूचना ।। सूचना ।।।...........................................................................
मिति २०८३/०२/१७ गते आइतबारको दिन यस वितरण केन्द्र अन्तर्गतको निम्न उल्लेखित स्थानहरुमा विभिन्न समयमा आएका हावाहुरीले पुर्याएको क्षतिहरुलाइ सुरक्षाको दृष्टिकोणलाई मध्ये नजर गरि अति आवश्यक मर्मत सम्भार गर्नु पर्ने भएको हुँदा तपसिलका स्थानहरुमा उल्लेखित समयमा विद्युत सेवा अवरुद्ध हुने ब्यहोरा सम्पुर्ण ग्राहकवर्गमा जानकारीको लागि अनुरोध छ ।
तपसिल:-
१. स्थान : रत्ननगर र कालिका नगरपालिका -जिरौना, भुवन चोक , लन्का लाइन हुदै पदमपुर र सो आसपासका क्षेत्रहरु ।
समय : विहानको ११:०० बजे देखी १८:०० बजे सम्म ।
२. खैरहनी र रत्ननगर नगरपालिका - पर्सा बजार , सौराहा बजार चोक , देवौली, चित्रसारी हुदै बागमारा र सो आसपासका क्षेत्रहरु
समय : विहानको ०९:०० बजे देखी १३:०० बजे सम्म ।
३. रत्ननगर नगरपालिका - निपनी , मोहना, लालपर्सा, भानु चोक हुदै सिचाइ गेट र सो आसपासका क्षेत्रहरु ।
समय : दिउँसोको १४:०० बजे देखी १६:०० बजे सम्म ।
• नोट: निर्माण कार्य छिटो सम्पन्न भएमा तोकिएको समय अगावै विद्युत सुचारु हुने जानकारी गरिन्छ ।
यस बाट ग्राहक वर्गमा पर्न जाने असुविधा प्रति रत्ननगर टाँडी वितरण केन्द्र क्षमा प्रार्थी छ ।