ॐ कार पुजा सामाग्री भण्डार,दुलेगौंडा तनहुँ

  • Home
  • Nepal
  • Tanahun
  • ॐ कार पुजा सामाग्री भण्डार,दुलेगौंडा तनहुँ

ॐ कार पुजा  सामाग्री भण्डार,दुलेगौंडा  तनहुँ सम्पूर्ण धार्मिक कार्य का लागि आवश्य?

 #मंगाल_पुर्बे_गमने_च_लाभं! #सोम_रशनिस्चर_दक्षिणे_च_लाभं !! #गुरु_बुधौ_पश्चिम_कार्यसिद्दी! #भानु_भृगु_उत्तर_कार्यसिद्दी!...
04/10/2018

#मंगाल_पुर्बे_गमने_च_लाभं!
#सोम_रशनिस्चर_दक्षिणे_च_लाभं !!
#गुरु_बुधौ_पश्चिम_कार्यसिद्दी!
#भानु_भृगु_उत्तर_कार्यसिद्दी!!
#अर्थ
#मंगलबार पुर्ब तर्फको यात्रा गर्दा लाभ हुन्छ!
#सोमबार_र_शनिबार दक्षिण तर्फको यात्रागर्दा लाभ हुन्छ!!
#बिहिबार_र_बुधबार पश्चिम दिशाको यात्रागर्दा कार्यसिद्दी हुन्छ!!
#आइतबार_शुक्रबार उत्तर दिशाको यात्रा गर्दा कार्यसिद्दी हुन्छ!!

सम्पूर्ण धार्मिक कार्य का लागि आवश्य�

01/02/2018

आजबाट पश्चिम मा बिहान ८:५७ मा शुक्र उदय भएका छन

 #महाशिबरात्री विशेष!!
01/02/2018

#महाशिबरात्री विशेष!!

04/01/2018
29/12/2017

#आजको_पन्चाङ्ग
अब दैनिक
आज मिति २०७४ साल पौष महिनाको १४ गते शुक्रवार ,
नेपाल सम्बत ११३८
सकसम्बत १९३९
तदअनुसार डिसेम्बर २९ तारिख २०१७
साधारण नाम संवत्सर
श्री सुर्य दक्षिणायन ,हेमन्त ऋतु
पौष शुक्ल पक्ष को एकादशि तिथि सांझ ५:३१ मिनेट सम्म
भरणि नक्षत्र सांझ ७:२४ सम्म,
सिद्द योग बेलुका ९:३२ सम्म ,
बब करण बिहान ७:४५ सम्म त्यस पछि बणिज करण
आनन्दादी मा मुद्गर योग
चन्द्रमा मेष राशिमा,गुरुअथवा बृहस्पति तुला राशी मा
आज सुर्योदय बिहान ६:५५ बजे,
सुर्यास्त सांझ ५:१६ मिनेटमा
दिनमान जम्मा २५घडी ५२ पला
आजको सुर्योदय र सुर्यास्त लाई आधार मानेर आजको साइत बेला यसरी निर्धारण गरिएको छ
बिहान ६:५५ को सुर्योदय देखि ८/२४ मिनेट सम्म चर बेला
८:२५ देखि ९:५४ सम्म - लाभ बेला
९:५५ देखि ११:२४ सम्म- अमृत बेला
११:२५ देखि १२:५४ सम्म- काल बेला
१२:५५ देखि २:२४ सम्म- शुभ बेला
२:२५ देखि ३:५४ सम्म- रोग बेला
३:५५ देखि सुर्यास्त सम्म - उद्देग बेला
तपाईं हरु घर बाहिर कतै टाढा को यात्रा मा निस्कंदै हुनुहुन्छ,या कुनै महत्वपूर्ण कार्यको थालनी वा शुरूवात गर्दै हुनुहुन्छ भने यिनै शुभ ,लाभ या अमृत बेलाभित्र रहेर गर्न सक्नु हुन्छ!यात्रा को लागि चर बेला पनि प्रयोग गर्न सक्नु हुनेछ!! धन्यबाद
#ऋतु भुवाइ ! #सम्पर्क ९८५६०५०८३४

04/10/2017

शिबागारे झल्लकं सुर्यागारे च शंखकम !
दुर्गागारे बंशबाध्यं मधुरिं न च बादयेत ।।।।

#शिवजि को मन्दिरमा झल्लरि(झ्याली), #सुर्य मन्दिर मा शंख, #देबिको मन्दिरमा बांसुरी ,निषेध गरिएको छ!!

06/09/2017

आज देखि अर्थात भाद्र २० गते देखि पितृ पक्ष(सोह्र श्राद्द ) प्रारम्भ ,आज प्रतिपदातिथिको श्राद्द गरिदै!

31/08/2017

आज #हरिपरिबर्तिनीएकादशी
हरि #भगवान_कोल्टे_फेर्ने_दिन
यस एकादशीलाई जयंती एकादशी र वामन एकादशी पनि भनिन्छ। यसको निष्ठापूर्वक व्रत लिनाले वाजपेय यज्ञको फल प्राप्त हुन्छ। पापीहरूको पाप नाश गर्न यो भन्दा ठूलो कुनै उपाय छैन। जो मनुष्य यस एकादशीका दिन मेरो (वामन रूपको) पूजा गर्दछ, त्यसबाट तीनै लोकमा पूज्य हुन पुग्छ। अत: मोक्षको इच्छा राख्ने मनुष्यले यस व्रतलाई विधिपूर्वक लिनु पर्दछ। भगवान् श्री कृष्णसित युधिष्ठिर पुनः सोध्न थाले- हे भगवन ! भाद्रपद शुक्लपक्षको एकादशीको नाम के हो? यसको विधि तथा माहात्म्य कृपा गरी बताउनुहोस्। अनि भगवान श्रीकृष्णले भन्नुभयो- पुण्य, स्वर्ग र मोक्ष प्रदान गर्ने तथा संपूर्ण पाप नाश गर्ने, उत्तम परिवर्तिनी एकादशीको माहात्म्य म तिमीसित भन्दछु तिमी ध्यानपूर्वक सुन। जसले कमलनयन भगवानलाई कमलको फूलले पूजन गर्दछ, ऊ अवश्यमेव भगवानका समीपमा पुग्दछ। जसले भाद्रपद शुक्लपक्षको एकादशीको व्रत र पूजन गर्छ, उसले ब्रह्मा, विष्णु सहित तीनै लोकको पूजन गरे सरह हुन्छ। अत: हरिवासर अर्थात एकादशीको व्रत अवश्य पनि गर्नु पर्दछ। यस दिन आषाढ शुक्ल हरिशयनी एकादशीमा सुत्नु भएका भगवान निद्रित अवस्थामा नै कोल्टे फेर्नुहुन्छ, त्यसैले यस एकादशीलाई परिवर्तिनी एकादशी भनिएको हो। भगवानका यस्ता सुमधुर वाणी सुनेर युधिष्ठिरले पुनः सोधे हे भगवन ! मलाई अतिसंदेह हुदैछ कि तपाई कसरी सुत्नु हुन्छ र कसरी कोल्टे फेर्नु हुन्छ तथा कसरी राजा बलिलाई हजुरले बाँध्नुभयो र वामन रूपमा अवतरित भई के-के लीला गर्नुभयो? चातुर्मासको व्रतको के विधि छ तथा तपाई निद्रित अवस्थामा रहदा मनुष्यले के कति कर्तव्य पालना गर्नु पर्छ यी संपूर्ण कुरा हजुरले मलाई विस्तारपूर्वक आज्ञा गर्नु हवस्। युधिष्ठिर का यस्ता जिज्ञासा सुने पचि श्रीकृष्णले आज्ञा गर्नु भयो- हे राजन ! अब तपाई सबै पापलाई नष्ट गर्ने भएको कथाको श्रवण गर्नुहोस। त्रेतायुगमा बलि नामक एउटा दैत्य थियो। त्यो मेरो परम भक्त थियो। विविध प्रकारका वेद सूक्तहरूद्वारा मेरो पूजन गर्ने गर्थ्यो र नित्यप्रति ब्राह्मणहरूको पूजन तथा यज्ञको आयोजना गर्दथ्यो, तर इंद्र सित द्वेष भएका कारण उसले इंद्रलोक तथा संपूर्ण देवताहरू लाई जितेको थियो। त्यसैले सबै देवता एकत्र भएर सोच-विचार गरी भगवानसमक्ष पुगे। बृहस्पतिसहित इंद्रादिक देवता प्रभुका नजीकै गई नतमस्तक भएर वेदमन्त्रद्वारा भगवानको पूजन र स्तुति गर्न थाले। अत: मैंले वामन रूप धारण गरेर पाँचौ अवतार लिए र त्यस पछि अत्यन्त तेजस्वी रूपले राजा बलिलाई जिते। यस्त भगवानका मीठा बोली सुनेर राजा युधिष्ठिर फेरी सोद्धछन- हे जनार्दन! तपाईले वामन रूप धारण गरेर त्यस महाबली दैत्यलाई कसरी जित्नुभयो? श्रीकृष्ण बताउन थाल्नु भयो- मैंले वामन रूपधारी ब्रह्मचारीका रूपमा बलिसित तीन पाइला भूमिको याचना गर्दै भने- यो तीन पाइला जमीन मेरा लागि तीनै लोकसमान हुनेछ र हे राजन ! त्यति जमीन त तिमीले अवश्य नै दिनु पर्नेछ। राजा बलिले त्यस्ता कुरालाई तुच्छ याचना ठानेर तीन पाइला भूमिको दान गर्ने संकल्प गरेर मलाई जिम्मा लगायो र मैंले आफ्नो त्रिविक्रम रूपलाई बढाएर यहाँ सम्म कि भूलोकमा पद, भुवर्लोकमा जंघा, स्वर्गलोकमा कम्मर, मह:लोकमा पेट, जनलोकमा हृदय, यमलोकमा कंठको स्थापना गरी सत्यलोकमा मुख, त्यस माथि आफ्नो मस्तक स्थापित गरी दिए। सूर्य, चंद्रमा आदि सबै ग्रहगण, योग, नक्षत्र, इंद्रादिक देवता र शेष आदि सबै नागगणले विविध प्रकारले वेद सूक्तद्वारा प्रार्थना गरे। अनि मैंले राजा बलिको हात समातेर भने- हे राजन ! एक पदद्वारा पृथ्वी, अर्कोद्वारा स्वर्गलोक पूर्ण भयो। अब तेस्रो पौ कहाँ राखु ? त्यस पछि बलिले आफ्नो शिर झुकायो र मैंले आफ्नो खुट्टा उसको मस्तकमा राखी दिए अनि मेरो त्यो भक्त पाताललोकमा गयो। तत्पश्चात उसको बिन्ती र नम्रता देखेर मैले भने हे बलि ! म सदैव तिम्रा नजीकै बस्नेछु। विरोचनका पुत्र बलिले अनुरोध गरे पछि भाद्रपद शुक्ल एकादशीका दिन बलिको आश्रममा मेरो प्रतिमा स्थापित भयो। यस्तै अर्को प्रसँग छ- क्षीरसागरको, म शेषनागको पिठ्यूँमा यसै एकादशीका दिन शयन अवस्थामा कोल्टे फेर्ने गर्दछु, त्यसैले तीनै लोकका स्वामी भगवान विष्णुको त्यस दिन पूजा गर्नु पर्छ। ताँबो, चाँदी, चामल र दहीको दान गर्नु उचित हुन्छ। रात्रिका समयमा अवश्यमेव जागरण गर्नुपर्छ। जसले विधिपूर्वक यस एकादशीको व्रत गर्दछ, त्यो सबै पापबाट मुक्त भई स्वर्गमा गएर चंद्रमा-समान प्रकाशित हुने अवसर पाउँछ र यशप्राप्ति हुन्छ। जसले पापनाशक यस कथालाई पढने वा सुनने कर्म गर्दछ, त्यसले एक हजार अश्वमेध यज्ञको फल प्राप्त गर्दछ

आबश्यकता हुने हरुले सम्पर्क गर्नु होला!
21/04/2017

आबश्यकता हुने हरुले सम्पर्क गर्नु होला!

09/04/2017

हाम्रा सेवा र सुबिधा हरु थपिंदै छन!

19/03/2017

यस्तो छ भगवान शिव भोले बाबाको महिमा
श्रावण १९, आनन्द अमृत, काठमाण्डौं । शंकरको ” श ” को अर्थ हो कल्याण र ” कर ” को अर्थ हो गर्ने ! शंकरको अर्थ कल्याण गर्ने भन्ने हुन् आउछ ! शिव ,अद्वैत ,कल्याण यी सबै शव्दहरु एकै अर्थका बोधक हुन् ! शिवनै ब्रह्मा हुन् ,ब्रह्मानै शिव हुन् ,शिवनै बिष्णु हुन् अनि बिष्णुनै शिव हुन् ! यस संसारको श्रिश्टि ,पालन र संहारकोलागि एउटै नाउ बिभिन्न नामले चिन्हीदै आएको छ !

शिवलिंग भगवान शिव प्रतीक हो ! निश्चल ज्ञान र तेज़को प्रतिनिधित्व शिवलिंगले गरेको हुन्छ ! ‘शिव’ को अर्थ हो – ‘कल्याणकारी’ र ‘लिंग’ को अर्थ हो – ‘सृजनता ‘ ! शिवलिंग जल, दूध, बेलपत्रले पूजिन्छ ! लिंग को मूल मा ब्रह्मा, मध्य मा विष्णु र माथि पट्टि प्रणवाख्य स्वयम् महादेव रहेका हुन्छन ! शिवलिंगको वेदी महादेवी स्वरुप हुन् र लिंग स्वयम् महादेव ! शिवलिंगको मात्र पूजा गर्दा सबै देवी देउताको पूजा गरेको मानिन्छ ! शिवलिंगमा जल अर्पण गर्नुको अर्थ हो प्राणको सुरक्ष्या ! शिवलिंग माथि जल अभिषेक गर्नुको अर्थ हो परम तत्वमा प्राण विसर्जन गर्नु !

रुद्राष्टाध्यायी यजुर्वेदको एउटा अंग हो र वेद सनातनी हिन्दुको सर्बोत्तम ग्रन्थ हो ! वेद शिवको अंश हो यसकारण वेद: शिव: शिवो वेद: भन्ने गरिन्छ ! अर्थात् वेदनै शिव हो तथा शिवनै वेद हो , वेदको प्रादुर्भाव शिवबाटै भएको हो ! भगवान शिव तथा विष्णु एकांश भएकाले हरिहर भनिएका हुन् ! हरि अर्थात् नारायण (विष्णु) र हर अर्थात् महादेव (शिव) ! वेद र नारायण पनि एक हुन् ! वेदो नारायण: साक्षात् स्वयम्भूरिति शुश्रुतम् ! यसै कारण नेपाली संस्कृतिमा वेदको महत्व बढि छ र वेद कै ऋचा तथा सूक्तहरुले पूजा, यज्ञ, अभिषेक आदि गरिन्छ ! शिव, महादेव, हरि, विष्णु, ब्रह्मा, रुद्र, नीलकंठ आदि सबै ब्रह्मकै पर्यायवाची शब्द हुन् ! रुद्र अर्थात् ‘

19/03/2017

शिब महिमा हामी यसरी पनि गर्न सक्छौ !!
कतै ढाँटे जस्तो भयो कतै कुरा काटे जस्तै
चाहेर पनि खबर गर्ने भन्दा भुल भए जस्तै
श्रावणी महिना शिबको महिमा प्रीत जस्तै
धार्मिक मेला रजत पर्वमा बाेलबम भज्दै
त्रीवेणी, लक्ष्मणघाट, देबघाट गंगाजल भर्दै
ॐ नमःशिवाय ॐ नमः शिवाय जप गर्दै
त्रिपुण्ड ललाटमा एक हातले बजाउँदै डमरू
पहेंलो वस्त्रमा लावा लस्कर नचाउदै कम्मर
गुरु पुर्णिामाबाट शुरू भई जनै पुर्णिामा सम्म
महिमा स्वस्थानी ब्रतकथा देखि शिव पुराण सम्म
देवताका पनि देब तिमी कैलाशदेखि मानसरोवर सम्म
हिमालय पर्वत देखि चाैधै भुवनका मालिक तिमी
बाघ छाला नागकाे माला सति,गाैरी र गंगा पति तिमी
हिमसागर देखि श्मशाान घाट सम्म जप तप ध्यानी
सत्यं शिव सुन्दरं शान्त र शितल तिमी अात्म ज्ञानी
हजार जिब्रा शेषनाग थकित तिम्राे बयान १८ पुराण
लाखै बिन्ती गरूँ सक्दिन हे गाैरी ! छैन कुनै ज्ञान
#ऋतुभुवाइ #

Address

शुक्लागण्डकी न. पा-३ बि पि चोक , दुलेगौंडा , तनहुँ
Tanahun
00977

Opening Hours

Tuesday 06:00 - 19:30
Wednesday 06:00 - 19:30
Thursday 06:00 - 19:30
Friday 06:00 - 19:30
Saturday 06:00 - 19:30
Sunday 06:00 - 19:30

Telephone

9856050834

Website

Alerts

Be the first to know and let us send you an email when ॐ कार पुजा सामाग्री भण्डार,दुलेगौंडा तनहुँ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to ॐ कार पुजा सामाग्री भण्डार,दुलेगौंडा तनहुँ:

Share