वालिङ नगरपालिकाको छोटो चिनारीः
साविक वालिङ, धनुवासे र पेखुबाघखोर गाँउ विकास समिति मिलाएर नेपाल सरकारबाट मिति २०५३।१०।११ गते वालिङ नगरपालिका घोषणा गरिएको थियो । वि.सं. २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा हालको वालिङ नगरपालिकामा साविकको वालिङ नगरपालिका, साविक गा.वि.सहरु माझकोट शिवालय, एलादी, जगत भञ्ज्याङ, केवरे भञ्ज्याङ, सिर्सेकोट र थुमपोखराको सबै वडाहरु तथा छाङछाङ्दीको (१,४-६) वडाह
रू, मल्याङकोटको वडा नं. ४ तिनदोबाटेको (२-५) वडाहरू, कालिकाकोटको (१,२,९) वडाहरू, पेलाकोटको (५,६) वडाहरू स्वरेकको (२-४,८) वडाहरूलाई समेटिएको छ। वालिङ नगरपालिका स्याङजा जिल्लाकै करिब करिब मध्यभागमा अवस्थित छ। यस नगरपालिकाको बीच भागबाट ऐतिहासिक आंधीखोला बगेको छ । पर्यटकीय नगरी पोखरा र ऐतिहासिक स्थल लुम्बिनीलाई जोड्ने राष्ट्रिय राजमार्ग सिद्धार्थ मार्गले काटेर गएको वालिङ बजार आँधीखोलाको किनारमा पर्ने मुख्य व्यापारिक केन्द्र पनि हो ।त्यसैले गर्दा यस नगरपालिकाले विविध संभावनाहरु बोकेको देखिन्छ। वालिङ नगरपालिका, प्रदेश सदरमुकाम पोखराबाट ६५ कि.मि. तथा जिल्ला सदरमुकाम पुतलीबजारबाट २७ कि.मि. टाढा रहेको छ ।आकार हेर्दा चरा जस्तो देखिने वालिङ नगरपालिका समुन्द्र सतहबाट ७३१ मिटर देखि १५९६ मिटर उचाई सम्म रहेको छ ।
नेपाल सरकारबाट वालिङ नगरपालिकालाई स्मार्ट सिटीको रुपमा विकास गरिने भनी घोषणा गरिएकोले स्थानीय सरकार पनि सो परिकल्पनालाई साकार बनाउन लागि परेको छ। नगरपालिकाको बजारक्षेत्रलाई स्मार्ट सिटी तथा गाँउहरुलाई स्मार्ट भिलेजहरु बनाई स्मार्ट वालिङ बनाउने योजना रहेको छ।
अबस्थितः
२८° ३' २.४१२'' उत्तर देखि २७° ५५' २६.५८'' उत्तर अक्षांश र ८३° ४१' ३६.८५२'' पूर्व देखि ८३° ५०' १८.४५६'' पूर्व देशान्तर बीच अवस्थित ।
समुद्रसतहबाट ७३१ मिटर देखि १५९६ उचाई सम्म रहेको ।
वालिङ बजार ८०० मिटर उचाईमा रहेको
नक्साको आकार हेर्दा चरा जस्तो देखिने ।
सिमानाः
पूर्व - विरुवा गाँउपालिका र चापाकोट नगरपालिका ।
पश्चिम - पर्वत जिल्ला, गल्याङ नगरपालिकाको केही भाग।
उत्तर - भीरकोट नगरपालिका ।
दक्षिण - गल्याङ नगरपालिका र चापाकोट नगरपालिकाको केही भुभाग ।
क्षेत्रफल
क्षेत्रफलः १२८.४० वर्ग किमि (साविक- ४९.६ वर्ग कि.मि.)
जनसंख्या
कुल जनसंख्याः ५१,२४३ (राज्य पुनर्संरचना आयोगको प्रतिवेदनमा जम्मा जनसङ्ख्या ५१,१४३ राखिएको तर यथार्थमा राष्ट्रिय जनगणना २०६८ अनुसार ५१,२४३ नै देखिएको जानकारी गराईन्छ ।)
प्रर्यटकीय स्थानहरुः
गह्रौसुर (गह्रौ कालिका मन्दिर)
थामको चौर
बाहुनथान
घ्वाङखोला
गह्रौकोट दरवार
सेरुङ्गा
सुन्तलाबारी होमस्टे