NajarPati News

NajarPati News "सत्यको खोजी, तथ्यको प्रस्तुति नजरपाटी डटकम: जहाँ जे देखिन्छ, त्यही लेखिन्छ। हामी लुकाउँदैनौँ, जस्ताको त्यस्तै देखाउँछौँ।"
🌐 www.najarpati.com

ड्रागन फ्रूट खेतीमा लागेका बस्नेतको लोभलाग्दो आम्दानीदाङ — दङ्गीशरण गाउँपालिका–५ सलौराका युवा दीपक बस्नेतले व्यावसायिक र...
28/07/2026

ड्रागन फ्रूट खेतीमा लागेका बस्नेतको लोभलाग्दो आम्दानी

दाङ — दङ्गीशरण गाउँपालिका–५ सलौराका युवा दीपक बस्नेतले व्यावसायिक रूपमा ड्रागन खेती सुरु गरेको ५ वर्ष भयो । २०७७ सालमा ३ बिगा क्षेत्रफलमा ड्रागन खेती सुरु गरेकामा हाल ७ बिगामा फैलिएको उहाँको भनाई छ ।

बिरुवा लगाएको एक वर्षमै उत्पादन दिन सुरु गरेको ड्रागनबाट अहिले पाचौं वर्षमा आइपुग्दा राम्रो आम्दानी गर्न सफल भएको बस्नेतले बताउनुभयो । ‘वार्षिक १० मेट्रिक टन ड्रागन उत्पादन हुन्छ’ बस्नेतले भन्नुभयो ‘त्यसबाट २० देखि २५ लाखसम्म आम्दानी हुँदै आएको छ ।’ बजारीकरणमा पनि समस्या नभएकोले उत्पादनमा लाग्ने युवाहरूका यसमा राम्रो भविष्य रहेको पनि बस्नेतले बताउनुभयो ।

उत्पादित ड्रागनको बजारीकरणका लागि हालै मात्र दाङमा ड्रागन फ्रूट व्यावसायिक समिति समेत गठन भएको छ । उक्त समितिले बजारीकरणमा सहजीकरण गर्दै मूल्यमा एक रुपता ल्याउन रातो ड्रागनलाई प्रति किलो रु। ३५० र सेतोलाई प्रतिकिलो रु २५० मूल्य निर्धारण समेत गरेको छ । व्यवसायीहरूले थोकमा बेच्दा भने प्रतिकिलो रु। २२० मा विक्री गर्दै आएको बस्नेतले जानकारी दिनुभयो ।

हाल दाङमा ५६ व्यावसायिक किसान सक्रिय छन् । उनीहरूले ६३४ कट्ठा क्षेत्रफलमा ३० हजार ३१५ पोल तयार गरी १ लाख २ हजार ५६५ बिरुवा रोपेका छन् । यस वर्ष करिब १ लाख ५५ हजार किलो उत्पादन भई किसानले ६ करोड रुपैयाँ आम्दानी गर्ने अनुमान गरिएको छ । ड्रागन फ्रुटको मूल्य सुरुमा निकै महँगो भए पनि हाल स्थिर भएको छ । २०७८ सालमा प्रतिकिलो २५० रुपैयाँमा बिक्री भएको फल हाल ३५० रुपैयाँमा बिक्री भइरहेको किसान दीपक बस्नेतले बताउनुभयो ।

दाङमा रातो, सेतो, पहेँलो र रातो–सी जातका ड्रागन फ्रुट खेती भइरहेको छ । ठुला व्यवसायीहरूले उत्पादन काठमाडौँ, पोखरा, बुटवल, नेपालगन्ज पठाइरहेका छन् भने साना व्यवसायीहरूले स्थानीय बजार र छिमेकी जिल्लामा बिक्री गरिरहेका छन् ।
ड्रागन फ्रुट खेती विस्तारले रोजगारी सिर्जना, कृषि नवप्रवर्तन र आर्थिक समृद्धिको सम्भावना देखाएको व्यवसायीहरूको भनाइ छ ।

🌿 नेपालमा कालो मरिच (Black Pepper) खेतीको सम्भावना र खेती प्रविधिकालो मरिच (Piper nigrum) विश्वकै लोकप्रिय मसला बालीमध्य...
28/07/2026

🌿 नेपालमा कालो मरिच (Black Pepper) खेतीको सम्भावना र खेती प्रविधि

कालो मरिच (Piper nigrum) विश्वकै लोकप्रिय मसला बालीमध्ये एक हो। नेपालमा यसको व्यावसायिक खेतीको राम्रो सम्भावना छ, विशेषगरी तराई, भित्री मधेश र तल्लो पहाडी क्षेत्रमा।

🌱 नेपालमा सम्भावना

* आयात प्रतिस्थापन गर्ने उच्च मूल्यको मसला बाली।
* सानो क्षेत्रबाट पनि राम्रो आम्दानी लिन सकिने।
* सुपारी, नरिवल, कटहर, ग्लिरिसिडिया, सिल्भर ओक आदि रुखमा लहरा चढाएर खेती गर्न सकिने।
* मसला, औषधीय तथा निर्यात बजारमा राम्रो माग।
* झापा, मोरङ, सुनसरी, इलामको तल्लो भाग, चितवन, मकवानपुर, नवलपुर, पाल्पा, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा सम्भावना राम्रो छ।

🌤️ उपयुक्त हावापानी

* तापक्रम: २०–३२°C
* वार्षिक वर्षा: २,०००–३,००० मि.मि.
* हल्का छायाँ भएको वातावरण उपयुक्त।
* समुद्री सतहदेखि २००–१,२०० मिटर उचाइसम्म राम्रो उत्पादन।

🌾 माटो

* राम्रो पानी निकास भएको दोमट वा बलौटे दोमट माटो।
* pH ५.५–६.५ उपयुक्त।

🌱 बिरुवा रोप्ने समय

* असार–भदौ (वर्षायाम) सबैभन्दा उपयुक्त।
* स्वस्थ कटिङबाट बिरुवा उत्पादन गरिन्छ।

📏 रोपाइँ दूरी

* बिरुवा–बिरुवा: २.५–३ मिटर
* प्रत्येक बिरुवालाई सहारा (Support tree) आवश्यक हुन्छ।

🌿 मल व्यवस्थापन

* प्रति बिरुवा वर्षमा १०–२० के.जी. राम्रोसँग पाकेको गोबर मल।
* माटो परीक्षणका आधारमा रासायनिक मल प्रयोग गर्नु राम्रो।

💧 सिँचाइ

* सुख्खा मौसममा नियमित सिँचाइ।
* पानी जम्न नदिने।

✂️ उत्पादन

* रोपेको ३–४ वर्षपछि व्यावसायिक उत्पादन सुरु हुन्छ।
* ७–८ वर्षपछि पूर्ण उत्पादनमा पुग्छ।
* राम्रो व्यवस्थापनमा प्रति बिरुवाबाट २–४ के.जी. सुक्खा मरिच उत्पादन हुन सक्छ।

💰 आर्थिक महत्व

* उच्च मूल्यमा बिक्री हुने नगदे बाली।
* मसला उद्योग, खाद्य उद्योग र औषधीय प्रयोगका कारण स्थिर माग।
* सानो क्षेत्रबाट पनि राम्रो आम्दानी लिन सकिने।
* अन्तरबाली (Intercropping) का रूपमा पनि खेती गर्न सकिने भएकाले अतिरिक्त आयको स्रोत बन्न सक्छ।

🌱 निष्कर्ष:
नेपालमा उपयुक्त हावापानी र व्यवस्थापन भएमा कालो मरिच खेती किसानका लागि उच्च आम्दानी दिने व्यावसायिक मसला बाली बन्ने राम्रो सम्भावना छ।

#कालोमरिच #मसलाबाली

उत्पादन भएको एभोकाडोको बिक्रीवितरण नहोला भनेर चिन्ता नगर्नुहोस्।  उत्पादन भएको एभोकाडो सकेसम्म देशभित्रै बिक्रीवितरण गरि...
28/07/2026

उत्पादन भएको एभोकाडोको बिक्रीवितरण नहोला भनेर चिन्ता नगर्नुहोस्।
उत्पादन भएको एभोकाडो सकेसम्म देशभित्रै बिक्रीवितरण गरिनेछ। मागभन्दा बढी भएमा विदेश निर्यातको व्यवस्था पनि मिलाइनेछ।

आफ्नो उत्पादन उचित मूल्यमा बिक्री गर्न चाहनुहुन्छ भने कृषि प्रेसलाई सम्पर्क गर्नुहोस्।
तपाईंको एभोकाडोको उचित मूल्यमा बिक्रीवितरणको जिम्मा हामी लिन्छौँ। किसानको मेहनत अब कौडीको भाउमा खेर जाँदैन।

चोलुङ पार्क
28/07/2026

चोलुङ पार्क

प्राकृतिक सौन्दर्य र जैविक विविधताको संगम: पर्यटकीय गन्तव्य ढोरपाटन
24/07/2026

प्राकृतिक सौन्दर्य र जैविक विविधताको संगम: पर्यटकीय गन्तव्य ढोरपाटन

नेपालको पश्चिम भेगमा रहेको ढोरपाटन क्षेत्र केवल एउटा भौगोलिक भूगोल वा सिकार आरक्ष मात्र होइन, यो प्रकृति, वन्यजन.....

नवग्रह मन्दिर   तथा पञ्चकन्या देवि मन्दिर
20/07/2026

नवग्रह मन्दिर तथा पञ्चकन्या देवि मन्दिर

बुकीफूलको मोह: साउन–भदौमा ढोरपाटन, कोरी र चुङ्ग्रीबुकीमा पर्यटकको भीड
17/07/2026

बुकीफूलको मोह: साउन–भदौमा ढोरपाटन, कोरी र चुङ्ग्रीबुकीमा पर्यटकको भीड

गण्डकी । वर्षायामलाई पर्यटनमा बेमौसम (अफसिजन) मानिन्छ । सामान्यतया यो बेला पर्यटकीय गतिविधि न्यून हुने गर्छन् । .....

सरकार र मिटरब्याजपीडितबीच ९ बुँदे सहमति
17/07/2026

सरकार र मिटरब्याजपीडितबीच ९ बुँदे सहमति

काठमाडौं । सरकार र मिटरब्याजपीडितबीच ९ बुँदे सहमति भएको छ । प्रधानमन्त्री कार्यालयमा करिब ९ घण्टा चलेको वार्ताप....

कीर्तिपुरको ऐतिहासिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण बाघभैरव मन्दिर भगवान शिवको बाघ रूप (बाघभैरव) हो। स्थानीय बासिन्दा य...
16/07/2026

कीर्तिपुरको ऐतिहासिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण बाघभैरव मन्दिर भगवान शिवको बाघ रूप (बाघभैरव) हो। स्थानीय बासिन्दा यसलाई 'अजुद्यो' अर्थात् 'हजुरबुबा देवता' भनी पुकार्छन् । यो मन्दिर कीर्तिपुर सहरको रक्षक मानिन्छ।मन्दिरको परिचयबाघभैरव मन्दिर काठमाडौँ उपत्यकाको कीर्तिपुर सहरको उच्च स्थानमा अवस्थित छ। यो मन्दिर लगभग १ हजार वर्ष पुरानो मानिन्छ। यो तीन तले ऐतिहासिक प्यागोडा शैलीको मन्दिर हो। यहाँ काठका कलात्मक बुट्टा र पुराना चित्रहरू छन्।

आत्मदाह प्रयास गरेका विवेक मण्डलको मृत्यु
14/07/2026

आत्मदाह प्रयास गरेका विवेक मण्डलको मृत्यु

काठमाडौँ। सर्लाहीको गोडैताका विवेक मण्डलको उपचार क्रममा मृत्यु भएको छ। बिज्ञापन शुक्रबार हेलिकप्टरमार्फत काठ.....

Address

Syangja

Alerts

Be the first to know and let us send you an email when NajarPati News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share