15/07/2026
अब नेपाल रेडक्रस सोसाइटी सुर्खेत ऑखा अस्पतालमा अनुभवी नेत्ररोग विशेषज्ञद्वारा आधुनिक उपकरणको प्रयोग गरी गुणस्तरीय आँखा परीक्षण तथा उपचार सेवा प्रदान गरिन्छ।
उपलब्ध सेवाहरू:
- आँखाको नियमित तथा विस्तृत परीक्षण
- दृष्टि परीक्षण (Vision Test) तथा चस्मा सम्बन्धी परामर्श
- बालबालिकाको आँखा परीक्षण
- मोतियाबिन्दुको पहिचान तथा शल्यक्रियापूर्व/शल्यक्रियापश्चात् परामर्श
- आँखाको एलर्जी, संक्रमण तथा रातोपनको उपचार
- आँखा सुख्खा हुने समस्या (Dry Eye) को मूल्याङ्कन तथा उपचार
- आँखामा धुलो, चोटपटक वा अन्य आकस्मिक समस्याको उपचार
- कम्प्युटर तथा मोबाइल प्रयोगसँग सम्बन्धित आँखाको समस्या सम्बन्धी परामर्श
- आवश्यक परेमा थप विशेषज्ञ सेवा वा शल्यक्रियाका लागि रिफरल
थप जानकारी तथा समय लिन अस्पतालमा सम्पर्क गर्नुहोस्।
नेपाल रेडक्रस सोसाइटी , सुर्खेत आँखा अस्पताल,
“स्पष्ट दृष्टि, गुणस्तरीय सेवा।”