Sushil Gautam

Sushil Gautam Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sushil Gautam, Social service, Surkhet.

नागपञ्चमीको हार्दिक शुभकामना! 🐍🙏नागदेवताको आशीर्वादले सुख, शान्ति र समृद्धि छाओस्।प्रकृतिको सम्मान गरौँ, सकारात्मक सोचका...
17/08/2026

नागपञ्चमीको हार्दिक शुभकामना! 🐍🙏
नागदेवताको आशीर्वादले सुख, शान्ति र समृद्धि छाओस्।
प्रकृतिको सम्मान गरौँ, सकारात्मक सोचका साथ अघि बढौँ। 🌿
जय युवा! ✊💚

17/08/2026

सम्पुर्ण आमा,बुवा दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक नमस्कार 🙏
📢 सूचना
आगामी निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन भइरहेको हुँदा १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएका तथा मतदाता नामावलीमा नाम दर्ता नभएका नागरिकहरूले नाम दर्ता गराउनुहुन अनुरोध छ।साथै, बसाइँसराइ, विवाह लगायतका कारण विवरण परिवर्तन गर्नुपर्ने भएमा सम्बन्धित प्रक्रिया पूरा गरी मतदाता नामावली अद्यावधिक गराउनुहोला।🗳️ आफ्नो नाम दर्ता गरौँ, मताधिकार सुनिश्चित गरौँ।
सुशील गौतम
वी.न.न .पा ८ सुर्खेत
९८४८२७६४४५(जय युवा🔥)

अन्तर्राष्ट्रिय युवा दिवसको हार्दिक शुभकामना! 🇳🇵🔥युवा उमेर होइन, परिवर्तनको सोच र नेतृत्व गर्ने साहस हो।अब गुनासो होइन, ...
12/08/2026

अन्तर्राष्ट्रिय युवा दिवसको हार्दिक शुभकामना! 🇳🇵🔥
युवा उमेर होइन, परिवर्तनको सोच र नेतृत्व गर्ने साहस हो।
अब गुनासो होइन, पहल गरौँ। बहाना होइन, काम गरौँ।
समाज बदल्ने जिम्मेवारी अरूको काँधमा थोपर्ने होइन, आफ्नै काँधबाट सुरुवात गरौँ।आजको हाम्रो सोच, श्रम र नेतृत्वले नै भोलिको समाज र राष्ट्रको दिशा तय गर्नेछ।एकताबद्ध युवा, सकारात्मक सोच र दृढ संकल्प—समृद्ध समाज निर्माणको बलियो आधार हो। ✊🇳🇵युवा उठौँ, जुटौँ र परिवर्तनको नेतृत्व आफैँ गरौँ!
जय युवा! ❤️🇳🇵
#अन्तर्राष्ट्रिययुवादिवस #जययुवा #युवानेतृत्व #सकारात्मकपरिवर्तन #समृद्धनेपाल

कुनै एक व्यक्तिले भगवान बुद्दलाई जिज्ञासा राखे – विष भनेको के हो ?- भगवान बुद्दले अत्यन्तै सुन्दर जवाफ दिनु भयो - हर त्य...
11/07/2026

कुनै एक व्यक्तिले भगवान बुद्दलाई जिज्ञासा राखे – विष भनेको के हो ?- भगवान बुद्दले अत्यन्तै सुन्दर जवाफ दिनु भयो - हर त्यो चीज जुन जीवनमा आवश्यकता भन्दा अधिक हुन्छ त्यो नै विष हो। ❤🙏
#जययुवा🔥

श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, वीरेन्द्रनगर नगरपालिका–८, खजुराका ऊर्जाशील विद्यार्थीहरूसँग सचेतना तथा सकारात्मक...
02/07/2026

श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, वीरेन्द्रनगर नगरपालिका–८, खजुराका ऊर्जाशील विद्यार्थीहरूसँग सचेतना तथा सकारात्मक अभियानमा सहभागी हुने अवसर प्राप्त भयो।समाज परिवर्तनको आधार ज्ञान, संस्कार र सचेतनाबाट सुरु हुन्छ, र त्यसको सबैभन्दा बलियो माध्यम विद्यालय हो। आज विद्यार्थीमा रोपिएको जिम्मेवारी, अनुशासन, वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वको भावना भोलि समृद्ध, सभ्य र दिगो समाज निर्माणको आधार बन्नेछ भन्ने विश्वासका साथ अभियान सञ्चालन गरियो।
विद्यार्थीहरू परिवर्तनका दर्शक होइनन्, परिवर्तनका संवाहक हुन्। आजको सानो प्रयासले भोलिको सुन्दर समाज निर्माणमा अवश्य योगदान पुर्‍याउनेछ। सबै विद्यार्थी, शिक्षकवर्ग तथा विद्यालय परिवारप्रति हार्दिक धन्यवाद र उज्ज्वल भविष्यको शुभकामना। 🌱📚सम्पुर्णमा धेरै धेरै धन्यवाद
#हाम्रोअभियाननिरन्तरजारीछ
#जययुवा🔥

जीवनका तीन पवित्र स्तम्भ 🙏❤️संसारमा धेरै कुराहरूलाई पवित्र मानिन्छ, तर मानव अस्तित्व र चरित्रको दृष्टिले हेर्ने हो भने ‘...
30/06/2026

जीवनका तीन पवित्र स्तम्भ 🙏❤️
संसारमा धेरै कुराहरूलाई पवित्र मानिन्छ, तर मानव अस्तित्व र चरित्रको दृष्टिले हेर्ने हो भने ‘ज्ञानका आँसु, कर्मको पसिना र सत्यको बोली’ भन्दा पवित्र अरू केही हुँदैन। यी तीन तत्वले नै मानिसलाई पशुबाट अलग गराई उच्च कोटीको मानव बनाउँछन्।पहिलो, ज्ञानका आँसुले मानिसको संवेदनशीलता र बोधलाई जनाउँछन्। जब मानिसले सत्यको साक्षात्कार गर्छ वा कसैको गहिरो पीडा महसुस गर्छ, तब उसको आँखाबाट झर्ने आँसुमा कुनै स्वार्थ हुँदैन। त्यो करुणा र ज्ञानको प्रकाश हो, जसले हृदयलाई सफा र कोमल बनाउँछ।दोस्रो, कर्मको पसिना सफलताको वास्तविक अर्थ हो। बिना श्रम र मेहनत प्राप्त भएको फलमा त्यो मिठास र पवित्रता हुँदैन, जुन आफ्नै पसिना बगाएर आर्जेको कमाइमा हुन्छ। पसिनाले मानिसको इमानदारी र संघर्षलाई दर्शाउँछ। परिश्रम गर्ने व्यक्तिको शरीरबाट निस्कने पसिनाको हरेक थोपा कुनै तीर्थजलभन्दा कम हुँदैन।अन्त्यमा, सत्यको बोली नै धर्मको जग हो। हजारौँ झुटका बीचमा एउटा सत्य अडिग रहन्छ। सत्य बोल्नु भनेको साहस देखाउनु हो। जसको जिब्रोमा सत्यको बास हुन्छ, उसको व्यक्तित्वमा एक प्रकारको दैवी तेज झल्कन्छ।निष्कर्षमा, यी तीन कुरालाई जसले आफ्नो जीवनमा उतार्न सक्छ, उसको जीवन सफल र सार्थक हुन्छ। ज्ञान, कर्म र सत्यको यो त्रिवेणी नै मानवताको वास्तविक पहिचान र संसारकै सबैभन्दा पवित्र सम्पत्ति हो।
#परिवर्तनकोसुरुवातआफैंबाटगरौं
#जययुवा🔥

स्वच्छ वातावरण निर्माणमा विद्यार्थीको भूमिका" विषयक वक्तृत्वकला प्रतियोगिता श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, वीरे...
23/06/2026

स्वच्छ वातावरण निर्माणमा विद्यार्थीको भूमिका" विषयक वक्तृत्वकला प्रतियोगिता श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, वीरेन्द्रनगर–८, खजुराको आयोजनामा तथा वीरेन्द्रनगर नगरपालिका वडा नं. ८ को सहयोगमा सफलतापूर्वक सम्पन्न भयो।आजका विद्यार्थी केवल ज्ञान आर्जन गर्ने पात्र मात्र होइनन्, भोलिको समाजलाई सही दिशा दिने परिवर्तनका संवाहक पनि हुन्। वातावरण संरक्षण, सरसफाइ र सामाजिक उत्तरदायित्वप्रति उनीहरूले प्रस्तुत गरेका विचार, तर्क र प्रतिबद्धताले स्वच्छ, हराभरा र जिम्मेवार समाज निर्माणको आशा अझ बलियो बनाएको छ।सकारात्मक सोच, सचेत व्यवहार र सक्रिय सहभागिताबाट नै स्वच्छ वातावरणको आधार तयार हुन्छ। यस्ता कार्यक्रमहरूले विद्यार्थीभित्र रहेको नेतृत्व क्षमता, जिम्मेवारीबोध र सामाजिक चेतनालाई अझ उजागर गर्ने विश्वास लिइएको छ ।
सम्पुर्णमा धेरै धेरै धन्यवाद🙏
#परिवर्तनकोसुरुवातआफैंबाटगरौं।
#स्वच्छवातावरणसभ्यसमाजकोपहिचान।
#आजकोसानोप्रयासभोलिकोठूलोपरिवर्तन।"
#जययुवा🔥

अत्यधिक गर्मी, घट्दो हरियाली र बढ्दो प्रदूषणले हामी सबैलाई सचेत बन्न संकेत गरिरहेको छ। आज हामीले रोपेको एउटा रुखले भोलि ...
22/06/2026

अत्यधिक गर्मी, घट्दो हरियाली र बढ्दो प्रदूषणले हामी सबैलाई सचेत बन्न संकेत गरिरहेको छ। आज हामीले रोपेको एउटा रुखले भोलि हाम्रो सन्ततिलाई शीतल हावा, स्वच्छ वातावरण र सुरक्षित भविष्य दिन सक्छ।आउनुहोस्, रुख रोपौं, प्लास्टिकको प्रयोग कम गरौं, पानीको संरक्षण गरौं र प्रकृतिप्रति आफ्नो जिम्मेवारी पूरा गरौं। सानो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सक्छ।🌱 आजको सानो प्रयास, भोलिको सुन्दर संसार।
— सुशील गौतम 🌿💚
#जययुवा 🔥

०६ असार २०८३                                                                                                            ...
21/06/2026

०६ असार २०८३ अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
************************************************ यस जिल्ला प्रहरी कार्यालय सुर्खेतको सभाहलमा तालुक नेपाल प्रहरी प्रधान कार्यालय, अन्वेषण योजना तथा विकास निर्देशनालयबाट प्रहरी बरिष्ठ उपरीक्षक गोपाल चन्द्र भट्टराई सहितको प्रहरी टोली खटिनु भई जिल्ला स्थित सामुदायिक तथा संस्थागत विद्यालयका अध्यक्ष, शिक्षक, विद्यार्थी, संघ-संस्थाका प्रतिनिधी साथै नागरिक समाजका अगुवाहरुको उपस्थितिमा नेपाल प्रहरीबाट हुने सेवा प्रवाह साथै आमनागरिकको प्रहरी प्रतिको धारणा सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ ।
#जययुवा🔥

19/05/2026

आदरणीय पसल व्यवसायीज्यू 🙏
विद्यालय पोशाकमा हिँडिरहेका बालबालिका
आजका साना विद्यार्थी मात्र होइनन्,
भोलिका असल नागरिक, सक्षम जनशक्ति
र देशका उज्याला भविष्य हुन्।
उहाँहरूको मुस्कान, सपना र भविष्यलाई ध्यानमा राख्दै
विद्यालय जाने विद्यार्थीलाई
चुरोट, खैनी, गुट्खा, सुर्ती, पराग जस्ता वस्तु
नबेचिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
तपाईंको सानो सचेतनाले
एउटा बालकको भविष्य बच्न सक्छ,
एउटा परिवार खुशी हुन सक्छ,
र समाज अझ सुन्दर बन्न सक्छ।
“सचेत व्यवसायी नै सभ्य समाजका आधार हुन्।” 🌸🙏
#जययुवा 🔥
श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वीरेन्द्रनगर-८ खजुरा सुर्खेत
सुशील गौतम
वि.व्य.स.अध्यक्ष

Address

Surkhet

Telephone

+9779848276445

Website

Alerts

Be the first to know and let us send you an email when Sushil Gautam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Sushil Gautam:

Shortcuts

Share

Category