गोदावरी नगरपालिका वडा नं ६ को कार्यालय,लालपुर,केेैलाली

  • Home
  • Nepal
  • Surkhet
  • गोदावरी नगरपालिका वडा नं ६ को कार्यालय,लालपुर,केेैलाली

गोदावरी नगरपालिका वडा नं ६ को कार्यालय,लालपुर,केेैलाली godawari na pa six

सुचना सुचना
20/04/2026

सुचना सुचना

सुचना
20/04/2026

सुचना

वि.सं. २०८३ साल बैशाख १ गतेदेखि ७ गतेसम्म देशैभर व्यक्तिगत घटना दर्ता सप्‍ताह मनाउने कार्य भईरहेको छ। जन्म, मृत्यु, विवा...
15/04/2026

वि.सं. २०८३ साल बैशाख १ गतेदेखि ७ गतेसम्म देशैभर व्यक्तिगत घटना दर्ता सप्‍ताह मनाउने कार्य भईरहेको छ। जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाईंसराई जस्ता व्यक्तिगत घटनाहरु घटना घटेको ३५ दिन भित्र आफ्नो स्थायी ठेगाना वा घटना घटेको स्थानको वडा कार्यालयमा गई अनिवार्य रुपमा दर्ता गरौं, गराऔं।

व्यक्तिगत घटना दर्ता किन गर्ने?
• बालबालिकालाई विद्यालय भर्ना गर्न
• सामाजिक सुरक्षा भत्ता प्राप्‍त गर्न
• नागरिकता, राष्ट्रिय परिचयपत्र, राहादानी र नाबालक परिचयपत्रको बनाउन
• बैंकमा खाता खोल्न र
• राज्यबाट प्राप्‍त हुने अन्य सेवा लिन तथा आफ्नो हक अधिकार सुनिश्‍चित गर्नको लागि

व्यक्तिगत घटना दर्ता गर्नु गराउनु सबै नागरिकको कर्तव्य हो। व्यक्तिगत घटना घटेको पैंतीस दिन भित्र व्यक्तिगत घटना दर्ता गरी जिम्मेवार नागरिकको परिचय दिऔं।

मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुचारू सम्बन्धमा निर्वाचन आयोगको प्रेस विज्ञप्ति ।प्रतिनिधिसभा सदस्य निर्व...
01/04/2026

मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुचारू सम्बन्धमा निर्वाचन आयोगको प्रेस विज्ञप्ति ।
प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा मिति २०८२ मङ्सिर ६ गतेदेखि स्थगन गरिएको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम २०८२ चैत २२ गतेदेखि पुनः सुचारू गर्नेगरी आयोगको मिति २०८२/१२/१८ को बैठकबाट निर्णय भएको छ।
राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्रको विवरणमार्फत मतदाता नामावलीमा अनलाइन प्रणालीबाटै नाम दर्ता गर्नसक्ने
राष्ट्रिय परिचयपत्र प्रणालीमा आवद्ध नभएका नेपाली नागरिकको हकमा आयोगको Pre-Enrollment प्रणालीमार्फत Online Form भरी आफ्नो फोटो तथा औंठाछापसहितको जैविक विवरण दिन प्रदेश/जिल्ला निर्वाचन कार्यालयहरूमा आवेदक स्वयम् भौतिक रूपमा उपस्थित हुनुपर्नेछ
साथै मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने (नाम, थर, ठेगाना सच्याउने; एकै वडाभित्र दुई वा सोभन्दा वढी मतदान स्थल रहेको भए मतदातालाई पायक पर्ने स्थानमा नाम सार्नेः नागरिकता अनुसारको विवरण नभई अन्यथा भएको भए नागरिकता अनुसार सच्याउने ), दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्ने लगायतका कार्यका लागि समेत अनलाइन माध्यमवाट आवेदन गर्न सकिने

www.election.gov.np

https://election.gov.np/admin/public//storage/HOR%202082/Press%20Release/2082-12-18%20Press%20Release.jpg

Address

Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when गोदावरी नगरपालिका वडा नं ६ को कार्यालय,लालपुर,केेैलाली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share