01/09/2026
श्री नेरा आवि भेरीगंगा ७ मा पुस्तकालय दिवस अवसरमा हाजिरीजवाफ सम्पन्न ।।
१९ अौ राष्ट्रिय पुस्तकालय दिवस २०८३ को अवसरमा भेरीगंगा ७ काठेघारीस्थित श्री नेरा आविमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। भदौ १५ आयोजित विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिताका विजेतालाई पुरस्कार र प्रमाणपत्र मंगलबार वितरण गरिएको छ। नेपाल सामुदायिक पुस्तकालय संघ कर्णाली प्रदेशको आयोजना र डोल्मा स्मृति सामुदायिक पुस्तकालय, भेरीगंगा सुर्खेतको समन्वयमा श्री नेरा आविको व्यवस्थापनमा पुस्तकालय दिवस अवसर पारेर कार्यक्रम भएको हो । प्रतियोगिताका विजेता ४ टिम विद्यार्थी समुहलाई भेरीगंगा ७ का वडाअध्यक्ष कर्ण बहादुर मिजार, पुस्तकालय अध्यक्ष टेकेन्द बस्याल र विद्यालय प्र अ निमराज कार्कीले पुरस्कार, प्रमाणपत्र वितरण गर्नुभएको हो ।