नेपाल शिक्षक संघ, सुर्खेत NTA Surkhet

  • Home
  • Nepal
  • Surkhet
  • नेपाल शिक्षक संघ, सुर्खेत NTA Surkhet

नेपाल शिक्षक संघ, सुर्खेत NTA Surkhet "गुणस्तरीय शिक्षाको आधार, मर्यादित शिक्षण पेशाको पूर्वाधार"

30/05/2026

आर्थिक वर्ष २०८३-८४ मा शिक्षा तथा खेलकुद क्षेत्रको लागि भएको बजेट विनियोजनबारे हाइलाइट्स

शिक्षा क्षेत्रमा
१) एआईको तीव्र विस्तारलाई ध्यानमा राख्दै गणित, विज्ञान, प्रविधि तथा ‘एड टेक’ लाई नयाँ शैक्षिक आधारका रूपमा प्राथमिकता दिइएको छ।
२) विद्यालयको राष्ट्रिय नक्साङ्कन, शैक्षिक पूर्वाधार अडिट, शिक्षक क्षमता परीक्षण तथा एआई तत्परता मूल्याङ्कनमार्फत गुणस्तरीय र प्रविधिमैत्री शिक्षा प्रणाली निर्माणको आधार तयार गरिनेछ।
३) वैदेशिक रोजगारीका कारण अध्ययन रोकिएका खाडी लगायत विभिन्न मुलुकमा रहेका युवाहरूलाई खुला विश्वविद्यालयमार्फत अध्ययनको अवसर उपलब्ध गराइनेछ।
४) सामुदायिक विद्यालयहरूको पूर्वाधार म्यापिङका लागि रु. १ अर्ब विनियोजन गरिएको छ।
५) विद्यालय तहदेखि उच्च शिक्षासम्मका लक्षित विद्यार्थीका लागि छात्रवृत्तिमा रु. ८ अर्ब ६० करोड विनियोजन गरिएको छ।
६) अनुसन्धान, नवप्रवर्तनमुखी उच्च शिक्षा तथा सीपमूलक शिक्षालाई विशेष प्राथमिकता दिइएको छ।
७) चिकित्सा, नर्सिङ तथा सूचना प्रविधि शिक्षामा कोटा वृद्धि गरिनेछ।
८) सुदूरपश्चिमस्थित गेटा मेडिकल कलेजमा एमबीबीएससहित चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालन गरिनेछ।
९) अन्तर्राष्ट्रिय स्तरका उच्च श्रेणीका विश्वविद्यालयलाई नेपालमा शाखा क्याम्पस सञ्चालन गर्न नीतिगत तथा कानुनी व्यवस्था गरिनेछ।
१०) पारिश्रमिकसहितको इन्टर्नसिप प्रणालीमार्फत नयाँ पुस्तालाई विश्व प्रतिस्पर्धाका लागि तयार गर्ने लक्ष्य लिइएको छ।

शिक्षा क्षेत्रका लागि कुल रु. २ खर्ब १८ अर्ब ३० करोड विनियोजन गरिएको छ।

खेलकुद क्षेत्रमा
१२) आगामी तीन वर्षभित्र कम्तीमा ८ हजार दर्शक क्षमताका १० वटा फुटबल रङ्गशालालाई फ्लडलाइटसहित स्तरोन्नति गरिनेछ।
१३) प्रमुख ८ शहरमा आधुनिक क्रिकेट रङ्गशाला तथा ७ शहरमा इनडोर मल्टिपर्पोज स्टेडियम निर्माण गरिने लक्ष्य लिइएको छ।
१४) विद्यालय तहबाटै खेल प्रतिभा पहिचान गरी आवासीय प्रशिक्षणको व्यवस्था गरिनेछ।
१५) अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिनेछ।
खेलकुद क्षेत्रका लागि रु. ४ अर्ब ३ करोड विनियोजन गरिएको छ।

स्रोत: Ministry of Education and Sports-Nepal

शिक्षकहरूको आधारभूत तलबमान:
29/05/2026

शिक्षकहरूको आधारभूत तलबमान:

अनलाइन सफ्टवेयर प्रणालीसम्बन्धि राष्ट्रिय किताबखाना (शिक्षक) को अत्यन्त जरुरी सूचना।
27/05/2026

अनलाइन सफ्टवेयर प्रणालीसम्बन्धि राष्ट्रिय किताबखाना (शिक्षक) को अत्यन्त जरुरी सूचना।

राज्यको नीति निर्माण र उच्च ओहोदामा बस्नेहरूका लागि 'सरकारी खर्च कटौती' एउटा फगत नारा वा नीतिगत बहसको विषय होला, तर भुइँ...
24/05/2026

राज्यको नीति निर्माण र उच्च ओहोदामा बस्नेहरूका लागि 'सरकारी खर्च कटौती' एउटा फगत नारा वा नीतिगत बहसको विषय होला, तर भुइँतहमा कार्यरत विद्यालय र विश्वविद्यालय शिक्षकहरूका लागि यो दैनिक जीवनको कठोर र बाध्यकारी यथार्थ बनेको छ। विलासी गाडी, इन्धन खर्च, एसी–हिटरको सुविधा, र महँगा बैठक भत्ताको सट्टा शिक्षकहरू आफ्नै खर्चमा यातायात, ल्यापटप, मास्क र रातो कलम समेत जोहो गरेर कक्षाकोठामा उभिन्छन्। कार्यबोझ र जिम्मेवारीको हिसाबले बिहान-बेलुका, सार्वजनिक बिदा वा घरमै बसेर पाठ योजना र शैक्षिक सामग्री तयार पार्दा समेत उनीहरूले कुनै अतिरिक्त भत्ता वा ओभरटाइम पाउँदैनन्। अझ विद्यालयभित्र जारको पानी र बस्ने कुर्ची जस्ता न्यूनतम मानवीय सुविधा समेत नखोजेर, न्यून प्र अ भत्ता र तीन-तीन महिनासम्म रोकिने सामान्य तलबको भरमा दिनभरि सात-सात पिरियड 'मरीमरी' पढाउनुले उनीहरूको सेवाभाव मात्र होइन, राज्यको चरम उदासीनता र शोषणलाई समेत गम्भीर रूपमा उजागर गर्दछ।
अर्कोतर्फ, परीक्षा सञ्चालन र मूल्याङ्कन जस्तो संवेदनशील राष्ट्रिय जिम्मेवारी वहन गर्दा समेत शिक्षकहरूमाथि श्रमको अपमान गरिएको छ। तीन घण्टासम्म निरन्तर उभिएर परीक्षा गार्ड बस्दा पाउने ३०० रुपैयाँ भन्दा कमको नाममात्रको भत्ता, नियमित परीक्षाका उत्तरपुस्तिका निःशुल्क जाँच्नुपर्ने बाध्यता, र विद्यार्थी भ्रमणमा जाँदा सुरक्षाका लागि न्यूनतम बिमा वा भत्ता समेत नहुनुले राज्यको विभेदकारी दृष्टिकोण स्पष्ट पार्छ। घरभाडा, भ्रमण बिदा, अध्ययन बिदा वा छोराछोरीका लागि छात्रवृत्ति जस्ता आधारभूत सेवा-सुविधाबाट समेत वञ्चित शिक्षकहरूले आकस्मिक बिदाका दिनहरू शनिबार वा अन्य बिदामा सट्टाभर्ना गरेर पूरा गर्छन्। यसरी हेर्दा, देशको शैक्षिक मेरुदण्ड मानिने शिक्षक वर्गले कुनै रहरले वा नीतिगत समर्थनमा होइन, बरु राज्यको उपेक्षापूर्ण प्रणालीका कारण आफ्नै रगत-पसिना र व्यक्तिगत गोजीको पैसा खर्च गरेर देशको सार्वजनिक शिक्षालाई जेनतेन टिकाइरहेका छन्।

Agni KC

नेपाल शिक्षक संघ, नगर कार्य समिति, गुर्भाकोटका अध्यक्ष श्री भोजराज पौडेलज्यूलाई जन्मदिनको धेरै धेरै शुभकामना 🎊
23/05/2026

नेपाल शिक्षक संघ, नगर कार्य समिति, गुर्भाकोटका अध्यक्ष श्री भोजराज पौडेलज्यूलाई जन्मदिनको धेरै धेरै शुभकामना 🎊

कुनै पनि विद्यालयको शैक्षिक नतिजा सार्वजनिक भएलगत्तै समाजमा एउटा निकै घातक र अराजक प्रवृत्ति मौलाउने गरेको छ| कमजोर नतिज...
20/05/2026

कुनै पनि विद्यालयको शैक्षिक नतिजा सार्वजनिक भएलगत्तै समाजमा एउटा निकै घातक र अराजक प्रवृत्ति मौलाउने गरेको छ| कमजोर नतिजाको सम्पूर्ण दोष विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूको टाउकोमा थुपारेर उनीहरूमाथि गालीगलौज र दुर्व्यवहार गर्ने गरिन्छ|

वि.सं. २०८२ को कक्षा आठ र एसईई (SEE) को नतिजा पश्चात् पनि कतिपय स्थानमा विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई सामाजिक रूपमा अपमानित गर्ने र मानसिक तनाव दिने कार्यहरू गरिएका छन्। परीक्षाको नतिजालाई मात्र आधार बनाएर शिक्षण पेसा जस्तो मर्यादित क्षेत्रका जनशक्तिमाथि यसरी दुर्व्यवहार गर्नु नितान्त दुःखद, अन्यायपूर्ण र विधिको शासन विपरितको कार्य हो। यस्तो प्रवृत्तिलाई समाजमा कसैले पनि प्रश्रय दिनु हुँदैन र यसरी दुर्व्यवहार गर्ने छुट कसैलाई पनि छैन।

शैक्षिक नतिजा भनेको कुनै एक जना प्र.अ. वा शिक्षकको व्यक्तिगत प्रयासको एकाधिकार होइन र यो केवल उनीहरूको मात्र कमजोरीले बिग्रिने कुरा पनि होइन। विद्यालयको नतिजा सुधारमा विद्यार्थीको नियमितता र लगनशीलता, अभिभावकको घरभित्रको रेखदेख, समाजको वातावरण, र राज्यको नीति तथा स्रोत साधनको उपलब्धता जस्ता अनेकौँ तत्वहरू अन्तरसम्बन्धित हुन्छन्।

यी सबै पक्षको भूमिका बराबर हुँदाहुँदै पनि नतिजा कमजोर आउनासाथ केवल प्र.अ. र शिक्षकलाई मात्रै निशाना बनाएर दुर्व्यवहार गर्नु सामाजिक संकीर्णता हो। शैक्षिक प्रणालीका चुनौतीहरू, पाठ्यक्रमका सीमाहरू र विद्यार्थीको जग कस्तो थियो भन्ने कुरालाई नजरअन्दाज गरेर गरिने यस्ता गालीगलौजले समस्याको समाधान कहिल्यै गर्दैन।

नतिजाको आधारमा प्र.अ. र शिक्षकहरूमाथि गरिने दुर्व्यवहारले समग्र विद्यालयको शैक्षिक वातावरणलाई झन् ध्वस्त बनाउँछ। यसले शिक्षकहरूको आत्मसम्मानमा गम्भीर चोट पुर्‍याउँछ, उनीहरूको शिक्षणप्रतिको उत्प्रेरणा र ऊर्जालाई समाप्त पार्छ र विद्यालयभित्र भय र त्रासको वातावरण सिर्जना गर्छ। त्रसित र अपमानित मानसपटल बोकेर कुनै पनि शिक्षकले कक्षाकोठामा गुणस्तरीय र सिर्जनशील ढंगले पढाउन सक्दैन। अन्ततः यसको सिधा नकारात्मक असर पुनः विद्यार्थीकै सिकाइ र भविष्यमा पर्न जान्छ।

✍🏻 Ambika Kandel


नेपाल शिक्षक संघ, जिल्ला कार्य समिति, सुर्खेतका सदस्य श्री तारा बुढाज्यूलाई जन्मदिनको धेरै धेरै शुभकामना 🎊
20/05/2026

नेपाल शिक्षक संघ, जिल्ला कार्य समिति, सुर्खेतका सदस्य श्री तारा बुढाज्यूलाई जन्मदिनको धेरै धेरै शुभकामना 🎊

ज्ञानपुञ्ज शैक्षिक सहकारी संस्था लि.को १७औं स्थापना दिवस सम्पन्न।श्री ज्ञानपुञ्ज शैक्षिक सहकारी संस्था लि., वीरेन्द्रनगर...
18/05/2026

ज्ञानपुञ्ज शैक्षिक सहकारी संस्था लि.को १७औं स्थापना दिवस सम्पन्न।

श्री ज्ञानपुञ्ज शैक्षिक सहकारी संस्था लि., वीरेन्द्रनगर, सुर्खेतको १७औं स्थापना दिवस आज सम्पन्न भएको छ। संस्थाका अध्यक्ष श्री बालाराम अधिकारीज्यूको अध्यक्षता र नेपाल शिक्षक संघका पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्री तिर्थजंग शाहीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा पूर्व अध्यक्षहरु श्री रवीन्द्र शाह, श्री राम बहादुर सिंह, श्री हीरामणी पोखरेल, नेपाल शिक्षक महासंघ, सुर्खेतका अध्यक्ष श्री ढाल बहादुर खत्री, नेपाल शिक्षक संघ, सुर्खेतका सचिव श्री भुपेन्द्र बहादुर सिंह, स्थानीय कार्य समितिका अध्यक्षज्यूहरु, संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिहरुका पदाधिकारीहरु एवम् शेयर सदस्यज्यूहरुको उपस्थिति रहेको थियो।

शुभकामना मन्तव्यका क्रममा प्रमुख अतिथि लगायतका वक्ताहरूबाट संस्था स्थापनाको ऐतिहासिक पृष्ठभुमि र वर्तमान अवस्थासम्म आइपुग्दाका अनुभव तथा सिकाइ र आगामी कार्यदिशाबारे चर्चा गरिएको सो स्थापना दिवस समारोहको सञ्चालन सचिव श्री धर्मराज कार्कीज्यूले गर्नुभएको थियो।

जेष्ठ ४, २०८३

नेपाल शिक्षक संघ, जिल्ला कार्य समिति, सुर्खेतका सदस्य श्री माया कुमारी शाहीज्यूलाई जन्मदिनको धेरै धेरै शुभकामना 🎊
15/05/2026

नेपाल शिक्षक संघ, जिल्ला कार्य समिति, सुर्खेतका सदस्य श्री माया कुमारी शाहीज्यूलाई जन्मदिनको धेरै धेरै शुभकामना 🎊

नेपाल शिक्षक संघको ३७औं स्थापना दिवस समारोह सम्पन्न।नेपाल शिक्षक संघ, जिल्ला कार्य समिति, सुर्खेतको आयोजनामा नेपाल शिक्ष...
13/05/2026

नेपाल शिक्षक संघको ३७औं स्थापना दिवस समारोह सम्पन्न।

नेपाल शिक्षक संघ, जिल्ला कार्य समिति, सुर्खेतको आयोजनामा नेपाल शिक्षक संघको ३७औं स्थापना दिवस सम्पन्न भएको छ।

अध्यक्ष श्री सुरेन्द्र बहादुर रावतज्यूको अध्यक्षता र पूर्व केन्द्रीय उपाध्यक्ष श्री झक बहादुर डांगीज्यूको प्रमुख आतिथ्यता एवम् कर्णाली प्रदेश उपाध्यक्ष श्री बालाराम अधिकारीज्यूको विशेष आतिथ्यता रहेको सो समारोहमा ट्रेड युनियन कांग्रेस, श्रम विभाग सदस्य श्री खगीसरा शाही, प्रदेश सदस्य श्री हिरामणी पोखरेल, नेपाल शिक्षक महासंघ, सुर्खेतका अध्यक्ष ढाल बहादुर खत्री, पूर्व प्रदेश सदस्य श्री नवराज घिमिरे, नेपाल शिक्षक संघ र महासंघ सुर्खेतका जिल्ला र स्थानीय कार्य समितिका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरु, विभिन्न विभागीय संयोजक तथा सदस्यहरु, ज्ञानपुञ्ज शैक्षिक सहकारी संस्था लि.का सञ्चालकहरु लगायतको उपस्थिति रहेको थियो।

उक्त समारोहमा प्रमुख अतिथि लगायतका वक्ताहरूले शुभकामना मन्तव्यका क्रममा नेपाल शिक्षक संघको स्थापनाकालको ऐतिहासिक पृष्ठभुमि, अधिकार प्राप्ति र कर्तव्य पालनामा नेपाल शिक्षक संघले निर्वाह गरेको भूमिका लगायत समसामयिक गतिविधिहरुबारे आफ्ना अनुभवहरु आदानप्रदान र नेपाल शिक्षक संघ, सुर्खेतलाई महत्वपूर्ण सल्लाह सुझाव समेत दिनुभएको थियो।

स्थापना दिवसको अवसरमा आयोजित उक्त समारोहमा उपाध्यक्ष श्री अमृता सापकोटाज्यूले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव श्री भुपेन्द्र बहादुर सिंहले गर्नुभएको थियो।

Address

Surkhet

Alerts

Be the first to know and let us send you an email when नेपाल शिक्षक संघ, सुर्खेत NTA Surkhet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share