सचेत नागरिक युवा मंच इटहरी

  • Home
  • Nepal
  • Sunsari
  • सचेत नागरिक युवा मंच इटहरी

सचेत नागरिक युवा मंच इटहरी Rise Human is a campaign dedicated to humanity, awareness, social responsibility, and collective progress for all.

19/03/2026
13/03/2026

“आज हामी मौन बस्यौं भने,
भोलि फेरि अर्को निर्दोष छोरी
यही सूचीमा थपिन सक्छ।”

न्याय बिना समाज सुरक्षित हुँदैन बलात्कारीलाई कठोर सजाय देऊ।

26/11/2025

जीवन भुजेलको उपचारका लागि Rise Human इटहरीले सञ्चालन गरेको सहयोग अभियानमा
Grace Cham Heart Charity Foundation UK द्वारा प्रदान गरिएको अमूल्य सहयोग र सहानुभूतिपूर्ण कदमप्रति हामी हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

उहाँहरूको सक्रिय पहलमार्फत जीवन भुजेलको उपचारका लागि केहि सहयोग जुटाइएको छ।
यस महत्त्वपूर्ण सहयोग संकलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका
– संस्थाका CEO Grace Nisha Chamling (UK)
– Coordinator Rayan King (K.K.) UK
तथा अन्य सबै सहयोगी हातहरू प्रति Rise Human परिवार हार्दिक आभार व्यक्त गर्दछ।

यसैगरी, विभिन्न देश–विदेशमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू,
तपाईंहरूको सानो सहयोगले जीवन भुजेलको उपचार सफल हुने Rise Human ले दृढ विश्वास लिएको छ।
゚viralシfypシ゚viralシalシ Upendra Shrestha Rise human Tazina Bista Bijay Adhikari

04/10/2025

🌧️ सावधानी सूचना : मौसम परिवर्तन र भारी वर्षाबाट सुरक्षित रहौं

हाल देशका विभिन्न स्थानहरूमा मौसम अस्थिर बनी भारी वर्षा, मेघगर्जन, चट्याङ, पहिरो र बाढीको सम्भावना रहेकोले सबैलाई सतर्क रहन अनुरोध गरिन्छ।

🏠 सुरक्षाका लागि अपनाउनुपर्ने सावधानीहरू :

✅ नदी, खोल्साखोल्सी र भीरपाखा नजिक नजानुहोस्।
✅ बिजुली चम्किँदा वा चट्याङ पर्दा सुरक्षित स्थानमा बस्नुहोस्।
✅ घर वरिपरि ढल निकास सफा राख्नुहोस्।
✅ सडक वा पुल तर्दा सावधानी अपनाउनुहोस्।
✅ आवश्यक सामग्री तयार राख्नुहोस्: टर्च, मोबाइल चार्ज, पानी, प्राथमिक उपचार।
✅ स्थानिय प्रशासन र विपद् व्यवस्थापन समितिको निर्देशन पालना गर्नुहोस्।

---

☎️ आपतकालीन सम्पर्क :

प्रहरी : १००

दमकल : १०१

एम्बुलेन्स : १०२

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण : ११४९

---
सुरक्षा तपाईंको हातमा छ — सतर्क रहौं, सुरक्षित रहौं।
🕊️
#मौसमसचेतना #सुरक्षितरहौं

26/09/2025

समाज सेवामा हामी निरन्तर लागिरहेका छौं र लागि रहेने छौं। जसरी एक एक थोपा मिलेर समुन्द्र बन्छ त्यसैगरी तपाई सम्पुर्ण सहयोगी मनहरुको साथ र सहयोग बिना यो असम्भव छ। त्यसैले जति सक्दो हजुरहरुले सहयोग गरिदिनु हुन्छ भन्ने आशा राख्दछौ। यो भिडियोलाई सेयर गरेर पनि सहयोग गर्न सक्नुहुनेछ।
सेवा नै धर्म हो 🙏

゚viralシfypシ゚viralシ

26/09/2025

भदौ २३ र २४ गते Gen z आन्दोलन मा भएको सम्पूर्ण जनधनको जिम्मा सरकारले लिनुपर्छ र आन्दोलनमा अशक्त रूपले घाइते भएका हरूलाई पालनपोषणमा सरकारले जिम्मा लिनुपर्छ। आन्दोलनको क्रममा वीरता प्राप्त गर्नुहुने वीरसहिदहरूलाई सम्मान गर्दै उहाँहरूको एका घर परिवार सदस्यलाई सरकारले रोजगार दिनुपर्छ भन्ने माग गर्दछौं ।

゚viralシfypシ゚viralシ

22/09/2025

मानवताको महान् धर्म भनेको असाह्य, दुःखी, विपन्न र पीडितलाई सहारा दिनु, सहयोग गर्नु र सेवा गर्नु हो।

धर्म केवल पूजा–पाठ, मन्त्र–स्तोत्रमा मात्र सीमित हुँदैन, वास्तविक धर्म भनेको परोपकार, माया र दयाभाव हो।

👉 दुःखीलाई सहारा दिन सक्नु
👉 भोकालाई भोजन दिन सक्नु
👉 निराशलाई आशा दिन सक्नु
👉 असहायलाई हात दिन सक्नु

यही हो सबैभन्दा ठूलो धार्मिकता र मानवताको उच्च स्वरूप 🙏।

Address

Sunsari
Sunsari
56705

Website

Alerts

Be the first to know and let us send you an email when सचेत नागरिक युवा मंच इटहरी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category