८ नं वडा कार्यालय - बलेफी गाउँपालिका, सिन्धुपाल्चोक

  • Home
  • Nepal
  • Sindhupalchok
  • ८ नं वडा कार्यालय - बलेफी गाउँपालिका, सिन्धुपाल्चोक

८ नं वडा कार्यालय - बलेफी गाउँपालिका, सिन्धुपाल्चोक बलेफी गाउँपालिका, वडा नं. ८, लामोसाँघुको आधिकारिक फेसबुक पेज

जानकारीका लागि 🙏🙏गाउँपालिकाबाट प्रकाशित सामाजिक सुरक्षा भत्ता नवीकरण सम्बन्धी सूचना अनुसार, यस वडा कार्यालयका सम्पूर्ण स...
17/07/2026

जानकारीका लागि 🙏🙏

गाउँपालिकाबाट प्रकाशित सामाजिक सुरक्षा भत्ता नवीकरण सम्बन्धी सूचना अनुसार, यस वडा कार्यालयका सम्पूर्ण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूलाई तपशिल बमोजिमका आवश्यक कागजात साथमा लिई तोकिएको समयभित्र वडा कार्यालयमा स्वयम उपस्थित भई सामाजिक सुरक्षा भत्ता नवीकरण गराउन हार्दिक अनुरोध गरिन्छ।
समयमै नवीकरण गरी सेवा प्राप्त गर्न सम्बन्धित सबै लाभग्राही तथा परिवारजनमा अनुरोध छ।

वडा कार्यालय वलेफी ८

सार्वजनिक सूचना ।।।नेपाल विद्युत प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित तामाकोशी–काठमाडौं २२०/४०० के...
13/07/2026

सार्वजनिक सूचना ।।।

नेपाल विद्युत प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित तामाकोशी–काठमाडौं २२०/४०० के.भी. प्रसारण लाइन आयोजना को पत्रानुसार बलेफी गाउँपालिका वडा नं. ८ अन्तर्गत प्रसारण लाइनको Right of Way (ROW) भित्र पर्ने तथा हाल बसोबास गरिरहेको स्थान नजिकै घर निर्माण गर्न उपयुक्त जग्गा नभएका विस्थापित हुनुपर्ने घरधनी/जग्गाधनीहरूबाट निवेदन संकलन गरिने भएकोले वडा नं. ८ का सम्बन्धित सबै प्रभावित नागरिकहरूलाई यो सूचना प्रकाशित गरिएको छ।

08/07/2026

सूचना! सूचना!! सूचना!!!

श्री सम्पूर्ण सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरू
बलेफी गाउँपालिका वडा नं. ८

उपराेक्त सम्बन्धमा यस वडा भित्रका केही ज्येष्ठ नागरिक, पूर्ण अपाङ्ग तथा अति अशक्त अपाङ्ग सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरूको परिवारका सदस्यहरूले वडा कार्यालयबाट सिफारिस बनाई भत्ता झिकेर वास्तविक लाभग्राहीलाई उपलब्ध नगराएको भन्ने गुनासो सम्बन्धित ब्यक्तिबाट प्राप्त भएकाले सम्पूर्ण वडा बासी तथा लाभग्राहीका परिवारजनलाई जानकारी गराइन्छ कि अबदेखि हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिक, पूर्ण अपाङ्ग तथा अति अशक्त अपाङ्ग लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता सम्बन्धित बैंक वडा कार्यालय र जनप्रतिनिधिको समन्वयमा लाभग्राहीकै घरमा पुगेर वितरण गर्ने व्यवस्था मिलाइएको हुदा सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि परिवारका सदस्यको नाममा वडा कार्यालयबाट सिफारिस प्रदान नगरिने हुदा थप जानकारीका लागि वडा कार्यालयकाे सम्पर्क न ०११-४९५१०३ मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।धन्यवाद🙏

08/07/2026

सूचना ! सूचना !! सूचना !!!
प्रस्तुत बिषयमा वलेफि गाउपालिका वडा न ८ काे जेष्ठ नागरिक,जेष्ठ नागरिक दलित,जेष्ठ नागरिक एकल महिला,विधवा महिला,पुर्ण अपाङ्ग ,अति अशक्त अपांग ,र दलित वालवालिकाहरुकाे ०८२/०८३ काे चाैथाे त्रैमासिक( बैसाख,जेठ र असार) महिनाकाे सामाजिक सुरक्षा भत्ता मिति २०८३/०३/२४ गतेबाट लामाेसाघुमा रहेको सिन्धु बिकास बैकबाट बितरण हुने हुदा सम्पूर्ण लाभग्राहिहरुको लागि यो सुचना जारि गरिन्छ ।
नोटः हिड्न नसक्ने जेष्ठ नागरिक अति अशक्त अपाङ्गहरुको लागि बैंकका कर्मचारी घरघरमा गएर वितरण गरिने समेत जानकारि गराईन्छ । धन्यबाद 🙏

🌾 ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण 🌾वडा नं. ८ को आ.व. ०८२/०८३ काे कृषि विकास कार्यक्रम अन्तर्गत विनियोजित बजेट तथा ब्...
04/07/2026

🌾 ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण 🌾
वडा नं. ८ को आ.व. ०८२/०८३ काे कृषि विकास कार्यक्रम अन्तर्गत विनियोजित बजेट तथा ब्रह्मायणी साना किसान कृषि सहकारी संस्था लिमिटेडको समन्वयमा सञ्चालित कृषि विकास कार्यक्रमअन्तर्गत बलेफी गाउँपालिकाका अध्यक्ष आदरणीय गंगाबहादुर तामाङ ज्युको प्रमुख आतिथ्यमा वडा नं. ८ का किसानहरूलाई ५० प्रतिशत अनुदानमा मिनिटिलर, इलेक्ट्रिक स्प्रे, हजारी तथा अन्य कृषि औजार वितरण गरिएको छ। कृषि उत्पादनमा वृद्धि, तथा व्यवसायिक खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले किसानको आयआर्जन र कृषि क्षेत्रको दिगो विकासमा टेवा पुर्‍याउने विश्वासका साथ गाउँपालिका निरन्तर किसानमुखी कार्यक्रम सञ्चालन गर्न प्रतिबद्ध रहेको अध्यक्ष गंगाबहादुर तामाङले बताउनुभएको छ।

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुको पालिकास्तरीय अभिमूखीकरण तथा भेलामा सहभागी हुने सम्बन्धी सूचना !!!
15/06/2026

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुको पालिकास्तरीय अभिमूखीकरण तथा भेलामा सहभागी हुने सम्बन्धी सूचना !!!

वलेफी गाउपालिका ८ न वडा कार्यालयको आयोजना तथा लामाेसाघु योग साधना केन्द्रको समन्वयमा प्रहरी प्रशासन (ससस्त्र प्रहरी बल न...
13/06/2026

वलेफी गाउपालिका ८ न वडा कार्यालयको आयोजना तथा लामाेसाघु योग साधना केन्द्रको समन्वयमा प्रहरी प्रशासन (ससस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लामाेसाघु ,प्रहरी चाैकी लामाेसाघु),ग्रीनल्याण्ड बोर्डिङ स्कुल र स्थानीयवासीहरूको सक्रिय सहभागितामा सम्पन्न लामाेसाघु बजार सरसफाई अभियानले स्वच्छ, सुन्दर र सभ्य समाज निर्माणमा महत्वपूर्ण सन्देश दिनेछ भन्ने आशा सहित सरसफाइ अभियानलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक आभार। 🙏🌿"सरसफाई केवल अभियान होइन, सभ्य समाजको परिचय हो। लामाेसाघु बजारलाई सफा, सुन्दर र व्यवस्थित बनाउन साथ दिनुहुने सबैप्रति हार्दिक कृतज्ञता। 🌼🙏

🐝🌼 कृषकमैत्री कार्यक्रम, आत्मनिर्भर कृषितर्फको अर्को कदम 🌼🐝वलेफी गाउँपालिका वडा नं. ८ काे आर्थिक वर्ष ०८२/०८३ विनियाेजित...
07/06/2026

🐝🌼 कृषकमैत्री कार्यक्रम, आत्मनिर्भर कृषितर्फको अर्को कदम 🌼🐝
वलेफी गाउँपालिका वडा नं. ८ काे आर्थिक वर्ष ०८२/०८३ विनियाेजित वजेटमा वलेफी गाउपालिकाकाे ९०% लागत साझेदारीमा मौरीपालन प्रवर्द्धनका लागि लामाेसाघु गृहिणी महिला समुहलाई आधुनिक मौरीघार सहित माैरी वितरण गरिएको छ।कृषकको समृद्धि नै गाउँको समृद्धि हो। सबै सहभागी कृषकहरूलाई हार्दिक शुभकामना। 🙏🌿🐝
#मौरीपालन #कृषकसमृद्धि #वलेफीगाउँपालिका #वडा८ #आत्मनिर्भरकृषि 🌻🐝

दलित लक्षित कार्यक्रम संचालन सम्बन्धी सूचना !!!
02/06/2026

दलित लक्षित कार्यक्रम संचालन सम्बन्धी सूचना !!!

सूचना । सूचना ।। सूचना।।।वलेफी गाउँपालिका वडा नं. ८ अन्तर्गत लामोसाँघु–टोप्का सडकखण्डमा सडक मर्मत तथा स्तरोन्नति कार्य स...
30/05/2026

सूचना । सूचना ।। सूचना।।।

वलेफी गाउँपालिका वडा नं. ८ अन्तर्गत लामोसाँघु–टोप्का सडकखण्डमा सडक मर्मत तथा स्तरोन्नति कार्य सञ्चालन हुने भएकाले तपशिलकाे मितिदेखि उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने व्यहोरा सम्बन्धित सबै वडावासीहरुमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
उक्त अवधिभर वैकल्पिक मार्ग प्रयोग गरी सहयोग गरिदिनुहुन अनुरोध छ। यसबाट पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौं।धन्यवाद🙏🙏

Address

Lamosanghu, Balephi Rural Municipality, Sindhupalchok
Sindhupalchok
45314

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when ८ नं वडा कार्यालय - बलेफी गाउँपालिका, सिन्धुपाल्चोक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category