12/06/2026
विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा बालबालिकाको अधिकार संरक्षण, उनीहरूको सर्वाङ्गीण विकास, सिर्जनात्मक क्षमता अभिवृद्धि तथा सामाजिक चेतनाको विस्तार गर्दै उनीहरूलाई आफ्ना विचार, भावना र दृष्टिकोण अभिव्यक्त गर्ने उपयुक्त मञ्च प्रदान गर्ने उद्देश्यका साथ बलेफी गाउँपालिका वडा नं. ७ को आयोजनामा वडा स्तरीय निबन्ध लेखन प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
वडाका अध्यक्ष श्री गृविन्द्र कुमार चौलागाईज्यूको सभाध्यक्षता तथा बलेफी गाउँपालिका अध्यक्ष श्री गंगा बहादुर तामाङज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा वडा भित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा विद्यार्थीहरूले निम्न विषयहरूमा आधारित
निबन्धमार्फत आफ्ना सिर्जनात्मक विचारहरू प्रस्तुत गरेका थिए:
✍️“बालमैत्री स्थानीय शासन आजको आवश्यकता” (कक्षा ६–८)
✍️“बाल श्रम मुक्त समाज : समृद्ध भविष्यको आधार” (कक्षा ९–१०)
विद्यार्थीहरूले बालअधिकारको संरक्षण, गुणस्तरीय शिक्षा प्राप्तिको आवश्यकता, बालश्रम अन्त्यको महत्व, स्थानीय सरकारको भूमिकासम्बन्धी दायित्व तथा सुरक्षित र समृद्ध भविष्य निर्माणका उपायहरूबारे आफ्ना विचार प्रभावशाली रूपमा प्रस्तुत गरेका थिए।
प्रतियोगिताको नतिजा:--
कक्षा ६–८ (जम्मा सहभागी : १६ जना)
🥇 प्रथम : नित्या नेपाल (बाल शिक्षा माध्यमिक विद्यालय)
🥈 द्वितीय : शिवम् कुमार यादव (बाल शिक्षा माध्यमिक विद्यालय)
🥉 तृतीय : विकास तामाङ (बाल शिक्षा माध्यमिक विद्यालय)
🏅 चौथो : सबिना तामाङ (सरस्वती माध्यमिक विद्यालय)
कक्षा ९–१० (जम्मा सहभागी : २० जना)
🥇 प्रथम : सदिक्षा ढुङ्गाना (बाल शिक्षा माध्यमिक विद्यालय)
🥈 द्वितीय : मेरिना तामाङ (बाल शिक्षा माध्यमिक विद्यालय)
🥉 तृतीय : कृष्टिना थापामगर (बाल शिक्षा माध्यमिक विद्यालय)
🏅 चौथो : मनिसा तामाङ (सरस्वती माध्यमिक विद्यालय)
प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्नुहुने र सहभागी हुनुहुने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा आगामी दिनहरूमा अझ उत्कृष्ट सफलता हासिल गर्न शुभकामना व्यक्त गर्दछौ।🙏
साथै, CWiSH संस्थाको समन्वयमा “बालबालिकासँग जनप्रतिनिधि” कार्यक्रम समेत सोही अवसरमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा बालबालिकाहरूले स्थानीय सरकार, शिक्षा, स्वास्थ्य, बालअधिकार, बाल संरक्षण तथा बालमैत्री स्थानीय शासनसम्बन्धी आफ्ना विचार, जिज्ञासा तथा सुझावहरू प्रत्यक्ष रूपमा जनप्रतिनिधिहरूसमक्ष राख्ने अवसर प्राप्त गरेका थिए। बालबालिकाको सक्रिय सहभागिता सुनिश्चित गर्दै उनीहरूको आवाजलाई नीति तथा निर्णय प्रक्रियासम्म पुर्याउने उद्देश्यले कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न भएको हो।
कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण विद्यालय परिवार, शिक्षकवर्ग, CWiSH संस्था, अभिभावक तथा सरोकारवालाहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौ।।🙏
७ नं. वडा कार्यालय खाडिंचौर सिन्धुपाल्चोक।।