04/07/2026
बालेफी गाउँपालिका वडा नं. ५ को आयोजनामा सम्पन्न "बालमैत्री स्थानीय शासन वडा घोषणा वार्षिकोत्सव कार्यक्रम" वडा अध्यक्ष श्री यादव ठकुरी ज्यू को अध्यक्षता तथा बलेफी गाउँपालिकाका अध्यक्ष श्री गंगा बहादुर तामाङ ज्यू को प्रमुख आतिथ्यतामा भव्य एवं सभ्य रूपमा सम्पन्न भयो।
उक्त कार्यक्रममा जनप्रतिनिधिहरू, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, शिक्षक-शिक्षिका, विद्यार्थीहरू, कर्मचारी, तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं।