29/02/2016
तपार्इंको यो साता सबै कुराको
सिद्धिको लागि उपयुक्त रहेको छ ।
मित्रको उचित सहयोगले कठिन काम
पनि सम्भव हुनेछ । बोलीको कारण
विवादमा परिने भय रहेको छ । बैदेसिक
काम सम्पन्न हुनेछ । कृषि कार्यमा
सोचेको प्रतिफल आउन कठिन छ ।
सिमित कामनाको लागि यात्रा
सम्भव रहेको छ । सामाजिक काममा
प्रतिष्ठा बढ्ने छ । धेरै खोज्ने कोसिस
गर्दा थोरै पनि नपाइने खतरा छ ।
साताको सुरुमा शुभ कामको लागि खर्च
हुनेछ । यात्रा फलदायी रहने छ ।
परिवारमा असमझदारी घट्ने छ । आर्थिक
कार्यको लागि गरिने प्रयास सफल
हुनेछन् । मान हानी हुने वा अरुद्वारा
तिरस्कृत भइने समेत खतरा रहेको छ ।
साताको मध्यतिर बैदेशिक काम सफल
हुनेछ । परदेशको बास हुनेछ । मितेरी
सम्बन्ध अरु प्रगाढ हुने देखिएको छ ।
परिवारमा पनि केही नयाँ वातावरणमा
राम्रो काम सम्पन्न हुनेछ । साताको
अन्त्य भने मध्यम रहेको छ । वादविवादमा
समय व्यतित हुनेछ । सानो हेलचेक्र्याईले
ठूलो प्रतिफल गुम्ने खतरा रहेको छ ।
समग्रमा साताको १६, १७ र १९ गते विशेष
रहेका छन् । राशि स्वामी – मंगल, शुभ
रंग – रातो, शुभ दिशा– पूर्व, शुभ रत्न –
मुँगा ।
वृष राशि
वृष राशिको लागि यो साता मध्यम
फलि रहेको छ । कार्य क्षेत्र विशेष रहने छ
। इमान्दार प्रयासले गरेका अधिकतम
काम सम्पन्न हुनेछ । विचार र व्यवहारले
अरुलाई प्रभावित बनाइने छ । इमान्दार
कार्यको लागि यो साता शुभ रहेको छ
। परीक्षा, प्रतियोगिताको परिणाम
आफ्नो पक्षमा हुनेछ । जिम्मेवार कामको
लागि तपार्इंको रुची बढ्ने छ ।
सैद्धान्तिक र ब्यवहारिक पक्षको लागि
तपार्इंको आज विशेष रहने छ । खेलकुद र
कला क्षेत्र पनि उत्तम रहेको छ ।
प्रगतिको मार्गमा आएका बाधा दुरा
हुनेछन् । भोलिको लागि केही नयाँ
सोच पुरा हुनेछ । साताको सुरुमा सोच,
विचारमा विचलन आए पनि साताको
मध्यबाट धेरै प्रगति हुनेछ । कार्य क्षेत्र
सामान्य विवादित रहने छ तर साताको
अन्त्य सम्पूर्ण रुपमा उपयोगी रहला ।
राजकाज र सामाजिक न्यायको
अनुभूति हुनेछ । कार्य क्षेत्रमा नयाँ जोस
र जाँगर बढ्ने छ । साताको १७, १८ र २१ गते
विशेष दिन रहने छन् । राशि स्वामी –
शुक्र, शुभ रंग – सेतो, शुभ रत्न – हिरा, शुभ
दिशा – दक्षिण ।
मिथुन राशि
समय र परिवेशअनुसार चल्न सक्ने खुबीले
सफल बनाउने छ । मानवताको पक्षमा
केही गर्ने सोच प्रवल हुनेछ । भेटघाट र
भलाकुसारीमा यो साता बित्ने छ ।
यात्राको लागि पनि उपयुक्त रहेको छ ।
साताको सुरुमा भएका काम दिगा रहने
छन् । व्यक्तिगत प्रयोजनका लागि गरिने
प्रयास सफल रहने छन् । अचानक धन
प्राप्ति हुनेछ । कार्य क्षेत्र सुखद
परिणाम दिने वाला रहेको छ । शैक्षिक
कार्यमा लगानीको योग रहेको छ ।
पढाइ लेखाइमा ध्यान जानेछ ।
साताको मध्यबाट केही नयाँ कामको
थालनी होला । विवादले मानसिक
अशान्ति हुनेछ । सिमित कार्यको
लागि अधिक प्रयास गर्नुपर्ने छ । झुठा
आरोप आदिको पनि उत्तिनै भय रहने
देखिएको छ । साताको अन्त्यमा
सरकारी र सामाजिक दुवै काम सम्पन्न
हुनेछन् । परिवामा शुभ समाचार सुन्न
पाइने छ । दीर्घकालिन सोचका काम
सम्पन्न हुनेछन् । आर्थिक क्षेत्रमा लाभ हुनेछ
। समग्रमा यो साता शुभ रहने छ ।
साताको १७, १८, र २१ गते विशेष रहने छन् ।
राशि स्वामी ( बुध, शुभ रंग – हरियो,
शुभ रत्न – पन्ना, शुभ दिशा – पश्चिम ।
कर्कट राशि
कर्कट राशिको लागि यो साता विशेष
रहने छ । अधुरा काम बन्ने छन् । साथी,
मित्रमा विश्वासको वातावरण अरु
प्रगाढ हुनेछ । मानवीय काममा
तपार्इंको साथ रहने छ । खेलकुद क्षेत्रप्रति
लगाव हुनेछ । बोलीको कारण हुने सबैजसो
काम सफल हुनेछन् । कार्य क्षेत्र अरु सहज हुँदै
जानेछ । विवाद अन्त्यको लागि आफै
अग्रसरता लिनु पर्ने देखिएको छ ।
साताको पूर्वार्धमा नयाँ समाचारले
उत्साहित बनाउने छ । कला क्षेत्रको
लागि ठूलो धन राशी तय गरिने छ ।
परिवारको हितको लागि व्यक्तिगत
कुरा त्याग्न तयार भइने छ । सानो कुराले
ठूलो अर्थ राख्ने हुँदा सोचेर काम गर्नु
होला । साताको मध्यतिर यात्राको
योग रहेको छ । सिमित खर्चमा अधिक
काम सिद्धि हुने देखिएको छ । मन पर्ने
परिकारको सेवनमा खर्च होला ।
विवादबाट भने टाढा रहेको बेस हुनेछ ।
साताको अन्त्य भने केही उतार चढावका
बीच काम बन्ने योग छ । सृजनसिल
कामको लागि तपार्इंको ध्यान जानेछ
। साताको १६, १८, २१, र २२ गते शुभ रहने
छन् । राशि स्वामी – चन्द्रमा, शुभ रंग –
सेतो, शुभ रत्न – मोती, शुभ दिशा –
उत्तर ।
सिंह राशि
सिंह राशिको लागि यो साता मध्यम
रहे पनि केही महत्वपूर्ण काम पनि सिद्ध
हुनेछ । मौकामा चौका हान्ने अवसर
मिल्ने छ । न्यायिक कामको लागि यो
साता विशेष रहने छ । तपार्इंको
विचारसँग असहमत हुनेहरुको मन राख्ने
अधिकतम प्रयास सफल हुनेछ । राजनीति र
सामाजिक कामको लागि यो साता
शुभ रहेको छ । विवादित कुराको लागि
भने अघि नबढेको राम्रो होला । मितेरी
सम्बन्ध प्रगाढ हुने देखिएको छ ।
साताको सुरुमा गरेका अधिकतम काम
पुरा हुनेछन् । परिवारको साथले गर्दा
काम गर्न सहज हुनेछ । मित्रता अरु दरो
भएर जाने देखिएको छ । सामाजिक
कामको लागि राम्रा अवसर हात पर्ने
छन् । साताको मध्यतिर विश्वासमा
समस्या आउने छ । बितेको समयले गर्दा
निराशा मात्र हात लाग्नेछ । आफूलाई
मनपर्ने साथीको सहयोग पाइने छ ।
साताको अन्त्य भ्रमणको लागि उपयुक्त
रहेको छ । व्यक्तिगत जीवनमा
खुसियाली छाउने देखिएको छ ।
समग्रमा साताको १७, १८, २१ र २२ गते शुभ
रहने छन् । राशि स्वामी – सूर्य, शुभ रंग –
सेतो, शुभ रत्न – माणिक्य, शुभ दिशा –
पूर्व ।
कन्या राशि
यो साता कन्या राशिको लागि
माध्यम, उत्तम रहेको छ । विशेष सोचहरु
कार्य रुपमा परिणत हुनेछ । आफ्नै कारण
परिवारमा हुन लागेको गलत काम
रोक्किने छ । बुद्धिमत्ता निर्णयले गर्दा
अरुको मन जित्न सफल भइने छ । आर्थिक र
सामाजिक कामको लागि राम्रो समय
रहेको छ । तपार्इंको प्रगतिलाई देखेर
खुसी हुनेहरुको संख्या बढ्ने छ । मानवीय
कामको लागि सहयोगी हात अघि
बढाइने छ । साताको सुरुमा केही
रमाइला यात्राहरु सम्भावित रहेका छन्
। विचार र व्यवहारमा एकरुपता आउने छ ।
परिवारमा शुभ काम सम्पन्न हुनेछन् ।
व्यक्तिगत काम सफल हुनेछन् । आफ्नो
गल्ती भएपनि अरुको सहानुभूतिमा कमि
आउने छैन । सामाजिक काममा लगाव
बढ्ने छ । साताको मध्यतिर स्वास्थ्य
सम्बन्धी केही बाधा देखा पर्लान् ।
आफ्नो सरोकार नभएका मान्छेको
काममा लाग्नु पर्ने बाध्यता आउला ।
बोलीको कारण विवादमा परिने भय
रहेको छ । कार्य क्षेत्र ब्यस्त बनिरहने छ ।
शिक्षामा भने रुची हुने देखिएको छ ।
साताको अन्त्यमा शुभ काम सम्पन्न हुनेछन्
। कार्य क्षेत्र फराकिलो भएर जानेछ ।
आर्थिक सम्वृद्धिका बाटाहरु पत्ता
लाग्ने छन् । सौखिन काममा खर्च होला
। साताको १७, १८, २१ र २२ गते सुखद दिन
रहेका छन् । राशि स्वामी – बुध, शुभ रंग
– हरियो, शुभ रत्न – पन्ना, शुभ दिशा –
दक्षिण ।
तुला राशि
यो साता केही उतारचढावयुक्त रहने
देखिएको छ । कार्यक्षेत्र विवादित बन्न
सक्नेछ । साताको सुरुमा स्वस्थ्य
सम्बन्धी प्रतिकुलताको सामना गर्नु पर्ने
हुनेछ । कार्य क्षेत्र विवादित रहने र
लेनदेनको व्यवहार विवादित बन्न सक्ने
देखिएको छ । सामाजिक प्रतिष्ठा
वृद्धि हुने योग छ । ब्यापार भने कमजोर
रहला । परिवारमा अनावश्यक विवादले
मानसिक चिन्ता हुनेछ । व्यक्तिगत कार्य
सिद्धिको लागि भने यो साता सुखद
रहला । शरीरमा चोट पटकको भय
बनिरहने छ । साताको मध्यतिर
परीक्षा, प्रतियोगितामा सफल
नतिजा हात पर्नेछ । विवादित कुराको
थोरै भएपनि समाधानको स्थिति बन्नेछ
। तपार्इंको मार्गदर्शन गर्नेहरु बढ्ने छन् ।
कृषि कार्यमा लगानीको योग छ ।
इमान्दार कोसिसले गर्दा तपार्इंको
प्रतिष्ठा बढ्ने छ । साताको अन्त्यमा
मिश्रीत काम सम्पन्न हुनेछन् । यात्रा
सफल हुने देखिएको छ । कार्य व्यस्तताको
बीच पनि धार्मिक काममा लागिने छ ।
आफ्नाहरुको असहयोग हुनेछ । समग्रमा
साताको १८, १९ र २० गते शुभ रहेका छन् ।
राशि स्वामी – शुक्र, शुभ रंग – सेतो, शुभ
रत्न – हिरा, शुभ दिशा – पश्चिम ।
वृश्चिक राशि
नसोचेको काममा खर्च होला । आय
भन्दा व्ययको स्थिति उँचा रहने छ ।
बोलीको कारण विवादमा परिएला ।
ब्यापार लाभ हुनेछ तर नियमित हुने छैन ।
मित्रतामा विश्वासको खडेरी लाग्नेछ
। सोच, विचार र व्यवहारमा
सामन्जस्यता नमिल्दा काम गर्न अलि
गाह्रो पर्नेछ । सिमित साधनको उपयोग
गरेर काम गर्नु पर्दा प्रतिफल पनि कमजोर
नै आउने देखिएको छ । तपार्इंको
प्रगतिलाई देखेर बेखुसी हुनेहरु भेटिने छन् ।
मानवीय काममा चुकिने छ । साताको
सुरुमा केही राम्रा काममा लगानी हुने
योग छ । यात्रा र भेटघाट बन्ने छन् ।
आफूलाई गलत सोच्नेहरुलाई पनि
प्रभावित बनाएर काम लिन सकिने छ तर
साताको मध्यतिर धन मान र सम्मानमा
दाग लाग्ने देखिएको छ । आफ्नो कमजोर
पक्षबाट फाइदा लिनेहरुका कारण बनेको
पनि बिग्रने भय बन्ने छ । साताको अन्त्य
भने फलदायी रहने छ । नसोचेको
प्रतिफलले अरु हौसला मिल्ने छ । माया,
पिरतीमा पनि प्रगति हुनेछ ।
सामाजिक काममा लगाव हुनेछ ।
समग्रमा साताको १६, १७, २१ र २२ गते
विशेष रहलान् । राशि स्वामी – मंगल,
शुभ रंग – रातो, शुभ दिशा – उत्तर, शुभ
रत्न – मुँगा ।
धनु राशि
धनु राशिको लागि साता निकै
प्रगतियुक्त रहला । नसोचेका कतिपय
काम बन्ने छन् । विरोधिजनको साथ
पाइने छ । लामो दुरीको यात्रा उपयुक्त
फलि रहने छ । ब्यापार, व्यवसायमा
प्रगति हुने समय रहेको छ । कार्य व्यस्तता
बनिरहने छ । शुभ कामको थालनी हुनेछ ।
सिमित जिम्मेवारी पुरा गरिने छ ।
भोलिको लागि राम्रो सोच राखेर
खुसी भइने छ । घरमा विद्वानजनको साथ
पाइने छ । इमान्दार प्रयासले तपार्इंलाई
सफालता दिलाउने छ । साताको सुरु
केही भागदौडयुक्त रहने छ । अलि बढी
श्रम पश्चात मात्र कार्य सिद्धि हुनेछ ।
विवादित अभिव्यक्तिबाट पनि सजग
रहनु पर्ला । साताको मध्यतिर पुराना
मित्रसँग भलाकुसारी गर्न पाइने छ ।
माया, पिरतीमा राम्रो समाचार सुन्न
पाइने छ । ब्यापार, व्यवसायबाट ठूलो
प्रतिफल पाइने समय रहेको छ । साताको
अन्त्य केही कमजोर रहने छ केही बहुमुल्य
बस्तु गुमाउनु पर्ने स्थिति आउन सक्छ ।
सम्मान, प्रतिष्ठा गुम्ने भय रहने छ ।
समग्रमा साताको १७, १८, १९ र २० गते
विशेष दिन रहलान् । राशि स्वामी –
बृहस्पति, शुभ रंग – पहेँलो, शुभ रत्न –
पुस्पराज, शुभ दिशा – पूर्व ।
मकर राशि
मकर राशिको स्वामी शनिको प्रभाव
केही कमजोर रहन गएकोले शरीरमा
आलस्यता, कार्यमा जाँगर कम हुने लगायत
हुनसक्छ । आफूले विश्वास गरेको
व्यक्तिको सहयोग लिनबाट बन्चित हुनु
पर्ने हुनेछ । भोलिको लागि सोचेका
सपना बीचैमा तुहिन सक्ने छन् । आर्थिक
क्रियाकलापमा पनि घाटा होला ।
साताको सुरुमा राम्रो व्यक्तिको
साथ पाइने छ । सौखिन बस्तुमा खर्च
हुनेछ । जग्गा, जमिन सम्बन्धी कारोवार
त्यति सहज नहुने देखिएको छ । परिवारमा
बेमेल होला तर साताको मध्यतिर
ब्यर्थका कुरामा भागदौड होला ।
हातमा आइसकेको अवसर खुस्कने भय पनि
बनिरहने छ । आफूले राम्रो सोचेर गरेको
काममा अपजस आउने देखिएको छ । साना
कुराले विवाद बढाउन सक्नेछ । साताको
अन्त्य सबै कुराको लागि सिद्धि
दिनेवाला छ । आपसी कलहको अन्त्य र
सरकारी काममा लाभ हुने योग छ ।
सृजनसिल काममा प्रगति हुने देखिएको छ
। नसोचेको प्रतिफल हात आउने ग्रह योग
रहेको छ । कार्य क्षेत्र सन्तोषजनक रहने छ
। साताको १६, १७, २१ र २२ गते विशेष रहने
छन् । राशि स्वामी – शनि, शुभ रत्न –
निलम, शुभ रंग – कालो, शुभ दिशा –
दक्षिण ।
कुम्भ राशि
साता मध्यम रहेको छ । साना केही
बाधा आइपरे पनि ठूला काम बन्ने छन् ।
आफन्तको साथ पाइने छ । विध्यमान
समस्याको समाधानको लागि अरुलाई
मिलाएर लान सक्ने खुबीले सफल भइने छ ।
बेरोजगारीको अन्त्य हुने र आत्मनिर्भर
भइने समय छ । साताको सुरुको चरण केही
कमजोर रहला । परिवारको साथ र
सहयोगले तपार्इंको सोच पुरा त हुनेछ तर
उपलब्धि रक्षामा भने चुकिने ग्रह योग
रहेको छ । सामाजिक कामको लागि
गरिने प्रयास असफल होला । साताको
मध्यतिर सिर्जनसिल कुरामा तपार्इंको
लगाव बनिरहने छ । सोचेको कुरा पुरा
हुनेछ । ब्यापार लाभ हुनेछ । स्वास्थ्य
सम्बन्धी बाधा दुर हुनेछ । अपरिचितको
सहयोग पाइने छ । साताको अन्त्य पनि
मध्यम फलि रहने देखिएको छ । विशेष गरी
सरकारी र सामाजिक कामको लागि
उत्तम रहने छ । भेटघाटबाट राम्रो
प्रतिफल पाइने देखिएको छ । सिमित
कामनाले सफल बनाउने छ । समग्रमा
साताको १६, १७, १९ र २१ गते शुभ रहेका
छन् । राशि स्वामी – शनि, शुभ रंग –
निलो, शुभ रत्न – निलम, शुभ दिशा –
पश्चिम ।
मिन राशि
तपार्इंको यो साता प्रगतियुक्त रहने छ ।
बोलीको कारण हुने ब्यापार फस्टाउने छ
। सिमित कामनाको पूर्ति हुनेछ ।
यात्रा फलिभूत हुनेछन् । अरुलाई दोष
दिएर आफू राम्रो बन्न खोजे हानी
होला । विवादको अन्त्यको लागि
तपाईंले खेलेको भूमिका भने सहज हुनेछ ।
कार्य क्षेत्र विशेष रहने छ । साताको
सुरुमा भेटघाट र भलाकुसारीमा बित्ने छ
। सरकारी काम बन्ने छन् । शैक्षिक
क्षेत्रको लागि लगानी हुने देखिएको छ ।
सिमित स्रोतको प्रयोगबाट अधिक
लाभ प्राप्त गरिने छ । लामो दुरीको
यात्रा सम्भव रहने देखिएको छ । लामो
समयबाट रोक्किएका काम बन्ने छन् ।
साताको मध्यतिर झुठा आरोपको
सामना गरिए पनि अन्त्यतिर दुर हुनेछन् ।
आफ्नो रक्षाको लागि मित्रको उचित
साथ पाइने छ । आर्थिक कार्यको लागि
यो साता विशेष रहने छ । उतार,
चढावका बीच पनि कार्य सिद्धिमा
भने हानी हुने छैन । कृषि कार्यको लागि
लगानी हुनेछ । भाग्यवल उँचा रहँदा
सोचेका काम गर्न सफल भइने छ ।
भोलिको लागि सोच राखेर गरिने काम
बन्ने छन् । राज सम्मान प्राप्त गरिने योग
रहेको छ । समग्रमा साताको १६, १७ १९ र
२२ गते शुभ रहने छन् । राशि स्वामी –
बृहस्पति, शुभ रंग – पहेँलो, शुभ रत्न –
पुष्पराज, शुभ दिशा –उत्तर