EDCU Sindhuli

EDCU Sindhuli Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from EDCU Sindhuli, Government Organization, Sindhuli.

Permanently closed.
28/05/2026

माध्यमिक शिक्षा परीक्षा (SEE), २०८२ को पूरक परीक्षाको आवेदन फाराम बुझाउन बाकी रहेका विधालयहरुले मिति २०८३/०२/१८ गते सोमबार बिहान ९:०० बजे देखि १२:०० बजे भित्र आवेदन फाराम अनिवार्य रुपमा राजश्व भौंचर सहित इकाईमा बुझाउनु हुन अनुरोध छ।

गणतन्त्र दिवस कार्यक्रममा सहभागिता सम्बन्धमा ।
27/05/2026

गणतन्त्र दिवस कार्यक्रममा सहभागिता सम्बन्धमा ।

⚠️ नझुक्किनुहोला: राजस्व बुझाउँदा विशेष ध्यान दिनुहोस्।राजस्व शिक्षा विकास तथा समन्वय एकाइको कार्यालय कोडमा नभई राष्ट्रि...
26/05/2026

⚠️ नझुक्किनुहोला: राजस्व बुझाउँदा विशेष ध्यान दिनुहोस्।

राजस्व शिक्षा विकास तथा समन्वय एकाइको कार्यालय कोडमा नभई राष्ट्रिय परीक्षा बोर्डको कार्यालय कोड ३५०३१३३०१ मा तथा राजस्व शीर्षक नं. १४२२३ मा बुझाउनुपर्नेछ।

एसइई पूरक/ ग्रेडवृद्धि परीक्षाका लागि बुझाउनुपर्ने राजस्व, राजस्व शीर्षक नम्बर तथा राजस्व बुझाउने कार्यालय कोडसम्बन्धी विषयमा स्पष्ट हुनुहुन अनुरोध गरिन्छ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको सूचनामा बोर्डकै कार्यालय कोड तथा राजस्व शीर्षकसम्बन्धी जानकारी उल्लेख गरिएको हुँदा विद्यालयहरूले परीक्षा आवेदन फारामको राजस्व बुझाउँदा यस्ता विषयमा विशेष ध्यान दिई आवश्यक जानकारी लिएर मात्र राजस्व बुझाउनुहुन अनुरोध छ।

अन्य केही जानकारीका लागि:9864839469 मा सम्पर्क राख्नु होला ।

25/05/2026
23/05/2026

मिति 2083/02/14गते देखी 17 गते सम्म सार्वजनिक विदा रहेकोले माध्यमिक शिक्षा परीक्षा (SEE), २०८२ को पूरक परीक्षाको आवेदन फाराम मिति २०८३/०२/१३ गते सम्म अनिवार्य रुपमा राजश्व जम्मा गरी इकाईमा बुझाउनु हुन अनुरोध छ।
राजस्व रकम जम्मा गर्दा
कार्यालय कोड: 350313301
राजस्व शिर्षक 14223
कार्यालयको नाम प.नि.का. कक्षा १०,सानोठिमी, भक्तपुर ।

22/05/2026

SEE पूरक परीक्षा २०८२ को आवेदन फाराम भर्ने परीक्षार्थीहरुको विषगत विवरण पठाउन बाकी रहेका
विद्यालयहरुले आज ५ बजे सम्म पठाइ परीक्षा केन्द्र निर्धारण कार्यमा सहयोग गरिदिनु हुन अनुरोध गर्द्छु ।

परीक्षा शाखा सिन्धुली ।

एसइइकाे नतिजा नखुलेको भए के गर्ने ?एसइइ, २०८२ मा सम्मिलित भएका तर कारण वश ग्रेडसिट प्रिन्ट गर्दा कुनै परीक्षा दिएको तर अ...
19/05/2026

एसइइकाे नतिजा नखुलेको भए के गर्ने ?
एसइइ, २०८२ मा सम्मिलित भएका तर कारण वश ग्रेडसिट प्रिन्ट गर्दा कुनै परीक्षा दिएको तर अनुपस्थित (Abs) देखिएको विषयकाे नतिजा खुलाउनका लागि तल राखिएको ढाँचा वा कम्तिमा ५/६ वटा पक्षहरू खुल्ने निवेदन जस्तै :
१.परीक्षा दिएको परीक्षा केन्द्रकाे नाम र ठेगाना साथै परीक्षा केन्द्र काेड नम्बर
२. परीक्षा दिएको तर Abs वा नतिजा नखुलेको विषयको नाम र विषय काेड नम्बर
३. विद्यार्थीको सि . नं . बुभिने गरि प्रवेश पत्रकाे फाेटाेकपी
४. परीक्षा दिएको प्रमाण खुल्ने उपस्थितिकाे फाेटाेकपी वा केन्द्राध्यक्षकाे सिफारिस वा अन्य केही प्रमाण
५. ग्रेडसिट प्रिन्ट गरेको फाेटाेकपी र
६. विद्यालय वा एकाइकाे सिफारिस पत्र सहित संस्थागतरुपमा (एकाइ, विद्यालय, परीक्षा केन्द्रले) पनिकाकाे मेल [email protected] मा पठाउन सकिनेछ । नतिजा करिव३/४ दिनमा आवश्यक प्रक्रिया पूरा गरि खुल्ने छ।

एसइइकाे उत्तरपुस्तिका पुन: परीक्षण(copy rechecked) काे लागि अवलम्बन गर्नुपर्ने प्रक्रिया ।धेरैजसाे विद्यार्थी , शिक्षक, ...
19/05/2026

एसइइकाे उत्तरपुस्तिका पुन: परीक्षण(copy rechecked) काे लागि अवलम्बन गर्नुपर्ने प्रक्रिया ।
धेरैजसाे विद्यार्थी , शिक्षक, अभिभावकले एसइइ, २०८२ काे विषयगत नतिजामा चित्त नवुझेकाे हुनाले उत्तरपुस्तिका पुनःपरीक्षण गराउनका लागि के गर्ने भनेर फाेनवाट जिज्ञासा राखिएको सन्दर्भमा तपसिलकाे प्रक्रिया अवलम्बन गर्न गराउन थप स्पष्ट पार्ने प्रयास गरेको छु ।
१ जतिवटा विषयमा प्राप्त भएको नतिजामा चित्त नबुझेको हाे त्यतीवटा विषयमा नै तल राखिएको सूचना अनुसार अनलाइन माध्यम payment.see.gov.np बाट लगइन गरि पुनर्याेगका ( रिटाेटलिङ्ग ) लागि प्रति विषय रू५००/ अनलाइन माध्यमवाटै रकम बुझाउने ।
२. पुनर्याेगकाे अनलाइन फाराम भर्ने म्याद समाप्त भए पछि निवेदकका आवेदन गरेका विषयका उत्तरपुस्तिका खाेजेर बिषयविज्ञले प्राप्ताङ्क जाेड्ने परीक्षण गर्न छुटेका भए उक्त प्रश्नको उत्तर परीक्षण गरेर कायम भएको प्राप्ताङ्क पनिकाकाे सिस्टममा प्रविष्ट गरिसके पछि समितिको निर्णयवाट see.gov.np काे वेवसाईटमा नतिजा प्रकाशन हुनेछ । उक्त कार्य सक्दा करिबकरिब २/३ हप्ता लाग्न सक्छ ।
३. पुनर्याेगका लागि आवेदन गरेका सवै परीक्षार्थीको नतिजा प्रकाशन भैसकेपछि पनिकावाट उत्तरपुस्तिका हेर्नका लागि सूचना प्रकाशन हुनेछ । उक्त कार्यका लागि सूचनामा उल्लेख भएको विवरण र कागजात लिएर पनिका सानाेठिमी, भक्तपुर मा विद्यार्थी र अभिभावक आउनुपर्नेछ । विषय विज्ञकै राेहवरमा उत्तरपुस्तिका देखाईनेछ ।
४. उत्तरपुस्तिका हेर्दा पनि चित्त नुझाउने परीक्षार्थीको लागि वल्ल उत्तरपुस्तिका पुन: परीक्षणका लागि पनिकावाट सूचना निस्कने छ । त्यसपछि मात्रै सूचनामा ताेकिए अनुसारको प्रक्रिया पूरा गरि आवेदन दिनुपर्नेछ ।
पुनश्च: थप स्पष्ट हुनुपर्ने याे छ कि पुनर्येगका लागि आवेदन नदिएको विषयकाे उत्तरपुस्तिका हेर्ने र उत्तरपुस्तिका नहेरी उत्तरपुस्तिका पुनः परीक्षण गराउने अवसर प्राप्त हुनेछैन । पनिकाकाे वेवसाइटमा पुनर्याेगकाे तल उल्लेखित सूचना जस्तै उत्तरपुस्तिका हेर्ने र उत्तरपुस्तिका पुनः परीक्षण गर्ने प्रक्रिया र विधि उल्लेख भएको सूचना प्रकाशन हुनेछ र ततप्श्चात नै आवेदन दिनुहुन सम्वद्द सवैलाई अनुरोध छ । ३ वटा चरण र प्रक्रिया वाेमा स्पष्ट भई यीनै सन्देशमा फाेन वा म्यासेज गरेर समय र रकम खर्च नगर्नु हुन अनुराेध गर्दै अडियो भिडियोवाट पनि थप स्पष्ट हुनचाहेमा मैले नेपाल टेल

SEE पूरक परीक्षा २०८२ को आवेदन फाराम वापतको राजस्व रकम जम्मा गर्दा कार्यालय कोड संशोधन गरेको प. नि. का. को  सूचना । यसै ...
19/05/2026

SEE पूरक परीक्षा २०८२ को आवेदन फाराम वापतको राजस्व रकम जम्मा गर्दा कार्यालय कोड संशोधन गरेको प. नि. का. को सूचना । यसै कार्यालय कोड र राजस्व शिर्षकमा रकम दाखिला गर्न अनुरोध गर्दछु ।

SEE पूरक परीक्षा २०८२ को आवेदन फाराम भर्ने भराउने सम्बन्धी सूचना । आवेदन फाराम र समष्टिगत विवरणको ढाँचा विद्यालयको इमेलम...
15/05/2026

SEE पूरक परीक्षा २०८२ को आवेदन फाराम भर्ने भराउने सम्बन्धी सूचना ।

आवेदन फाराम र समष्टिगत विवरणको ढाँचा विद्यालयको इमेलमा पठाईसकेको व्यहोरा जानकारीको लागि अनुरोध छ ।

विवरण उपलब्ध गराइदिने सम्बन्धमा
15/05/2026

विवरण उपलब्ध गराइदिने सम्बन्धमा

Address

Sindhuli

Telephone

+97747520175

Website

Alerts

Be the first to know and let us send you an email when EDCU Sindhuli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to EDCU Sindhuli:

Share