08/08/2026
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना
प्रवासी नेपाली मञ्च, कतारको ८औँ राष्ट्रिय अधिवेशनबाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएका श्री अफसर अली खानज्यू, उपाध्यक्ष शेषराज तिमिल्सिनाज्यू, सचिव रघुनाथ शर्माज्यू, उपसचिव निराजन गौतमज्यू लगायत नवनिर्वाचित सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
नयाँ नेतृत्वले सप्तरी सेवा समाज कतारको हक, हित, एकता तथा सामाजिक सेवाका क्षेत्रमा थप प्रभावकारी भूमिका निर्वाह गर्दै संगठनलाई अझ सुदृढ, व्यवस्थित र गतिशील बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएका छौँ।
नवनिर्वाचित सम्पूर्ण कार्यसमितिको सफल, उपलब्धिमूलक तथा गौरवपूर्ण कार्यकालको हार्दिक शुभकामना!
हार्दिक धन्यवादसहित,
अन्वारूल हक
अध्यक्ष
सप्तरी सेवा समाज कतार