साहित्यको सुरुवात

साहित्यको सुरुवात Like,Comment & Share This Page Status & Photos

Buddha jayentiko subhakaamana
21/05/2016

Buddha jayentiko subhakaamana

26/12/2015

चाहान्न भन्दा पनि आयात भएको छ,
न त सडेर जाने म्याद भएको छ,
यी यादहरु पनि खै किन हो निर्यात नै नहुने,
यादको ब्यापारमा दिमाग पर्ख्यात भएको छ!!

26/12/2015

#
अटुट नाता जोड्ने पुल लिएर आउनु,
अनि प्रेम प्रचार गर्न बिगुल लिएर आउनु,
बिश्वास हुनेछ र त बल्ल राजी हुनेछु,,
हातमा फुल शिरमा शिरफुल लिएर आउनु!!...........T-Luck kshetri

13/12/2015
11/12/2015
08/09/2015

कैले काँही जिन्दगी यो दुखाएर हाँस्नु पर्छ
फेरि कैले स्वाभिमान यो झुकाएर हाँस्नु पर्छ

आँसुले त पिरोल्छ रे तिमी हामी सबैलाई
अनमोल आँसु परेलीमै सुकाएर हाँस्नु पर्छ

झरी पर्छ कैले काँही कैले लाग्छ घाम पनि
झरिलो रात हृदयमै लुकाएर हाँस्नु पर्छ

मायालु त्यो प्रतिविम्व मनैबाट मेटाउन
जिन्दगीको ठुलो मूल्य चुकाएर हाँस्नु पर्छ

घरिघरि अँधेरीमा एक्लै लुकी रुन्छौ कति
जीवन बाँच्ने दिगो आँट जुटाएर हाँस्नु पर्छ

27/04/2015

२० रुप्पेको पानी लाई १२०
१५ रुप्पे को चाउचाउ लाई ५० रुप्पेमा बेच्ने ब्यापारी लाई कहिले पनि भलो नहोस !!
मानबता भन्नि चिज पनि छैन !!
एकदिन तपाईहरू सँग रहेको stock बाट मूल्य बृद्दी गरेर कति कमाउनु हुन्छ?
मानवियता कमाउनुस् जिन्दगी भरलाई हुन्छ !!

Happy deepawali
23/10/2014

Happy deepawali

03/07/2014

कोई आउँछ अनि नजिकैबाट छोएर जान्छ...
तिम्रो मायामा तड्पेछु भन्दै रोएर जान्छ...

सधैं जसो सपनीमा यस्तैमात्र देखिरहन्छु...
बिपनीमा त तिम्रै यादमा एकोहोरिएर जान्छ...

छबि पान्डेय (प्रकाश)
देवदह नगरपालिका ९, रुपन्देही

27/05/2014

तीन जना श्रमिकहरू
गिट्टी कुटिरहेका थिए ती मध्ये
पहिलो व्यक्तिलाई सोधियो "दाई
तपाई किन
गिट्टी कुट्दै हुनुहुन्छ ?" उसले
आफ्नो पेटतिर
देखाउँदै
भन्यो -" मैले गिट्टी नकुटेर के गर्नु ?
यो पापी पेट तिम्ले
पाल्दिन्छौ र ?" उसले आफ्नो पेटलाई
दोष दियो ।
त्यसपछि यहि प्रश्न
दोस्रो श्रमिकलाई
सोधियो -"दाई तपाइले गिट्टी किन
कुट्दै हुनुहुन्छ ?"
उसले आफ्नो निधार देखाउँदै जवाफ
दियो "मेरो भाग्यमै
गिट्टी कुट्न लेखेको छ त के म
कुर्ची घुमाएर बसौँ त ?"
उसले भाग्यलाई दोष दियो ।
अन्त्यमा त्यहि प्रश्न
तेस्रो श्रमिकलाई सोधियो, ऊ भने खुबै
हँसिलो र
उत्साहित देखिन्थ्यो, त्यतिमात्र हैन
उसको अगाडि गिट्टीको थुप्रो पनि अरुको भन्दा ठूलो थियो ।
"दाई तपाई गिट्टी किन कुट्दै
हुनुहुन्छ ?" उसले
जवाफ
दियो- "बाबू, जीवनभर मैले
कुटेका गिट्टीबाटै आजसम्म
सयौँ घरहरू बने, विधालय र
अस्पतालहरू बने,
यो उमेरमा पनि म गिट्टी कुट्दैछु
किनकि यसपाली यो नदीमा पुल बन्दैछ


Moral: "दुःख
जसले पनि गर्छ तर मुख्य बात
यो हो कि तिमी केका लागि दुःख
गर्दैछौ ।

28/04/2014

माया गर्छु तिम्लाई प्राप्ति गर्नै पर्छ भन्दिन म ।
तिम्रो सिउँदोमा सिँदुर भर्नै पर्छ भन्दिन म ।

तिमी कसैको हुनेछौ म पनी कसैको हुनेछु ।
तिमी सगै आशुँको खोली तर्नै पर्छ भन्दिन म ।

चरी सरी खुला आकाशमा उडिरहनु तिमी ।
मेरै दिलमा आज बसाई सर्नै पर्छ भन्दिन म ।

तिमी छोडी गएपनी कहाँ बिर्सन्छुती यादहरु ।
मेरो आँशुमा तिम्रो आँशु झर्नै पर्छ भन्दिन म ।

म मर्दा मेरी प्रिया तिम्ले आशु नखसाल्नु है ।
तिम्ले धोका दियौ भन्दैमा मर्नै पर्छ भन्दिन म ।

Admin: C.P

21/01/2014

यो पेज लाईक गरेर यहाँको पोस्टहरु पढिदिने सम्पूर्ण मित्रहरुलाई यो c.p मनैदेखि धन्यबाद दिन चाहान्छ।

Address

Devdaha
Rupandehi
071

Website

Alerts

Be the first to know and let us send you an email when साहित्यको सुरुवात posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category