जिल्ला प्रहरी कार्यालय, रुकुम

  • Home
  • Nepal
  • Rukum
  • जिल्ला प्रहरी कार्यालय, रुकुम

जिल्ला प्रहरी कार्यालय, रुकुम Maintain Law & Order, Make Peace and Keep Harmony in Society of Rukum District of Nepal.

मिती २०७२।०९।२४ गते अंन्दाजी १६ः०० बजेको समयमा मुसिकोट न.पा.- ५ सोलबाङ बस्ने बर्ष ४० को गोबिन्द बुढाको कोठाबाट जुवा खेलि...
09/01/2016

मिती २०७२।०९।२४ गते अंन्दाजी १६ः०० बजेको समयमा मुसिकोट न.पा.- ५ सोलबाङ बस्ने बर्ष ४० को गोबिन्द बुढाको कोठाबाट जुवा खेलिरहेको अवस्थामा ऐ.ऐ. बस्ने बर्ष २८ को अनील गिरी, ऐ.ऐ. बस्ने बर्ष २८ को राजु के.सी., ऐ.ऐ. बस्ने बर्ष १७ को किरण के.सी., पिपल-४ बस्ने बर्ष ४४ को रंङग खत्री, स्यालाखदी-५ बस्ने बर्ष ३५ को प्रकास बुढा र छिवाङ-२ बस्ने बर्ष ३४ को दिपक के.सी. समेत ७ जना एक लाख अठ्सठ्ठी हाजार एक सय पैतालिस रुपैयां नगद समेत पक्राउ गरी जुवा ऐन अनुसार कारवाही भैरहेको छ । .................

लागु औषध बिरुद्ध आम रुकुमेली नागरिकमा जिल्ला प्रहरी कार्यालय रुकुमको अपिल .................................................
30/12/2015

लागु औषध बिरुद्ध आम रुकुमेली नागरिकमा जिल्ला प्रहरी कार्यालय रुकुमको अपिल ................................................................................ ।

Some Memories ..............................
26/11/2015

Some Memories ..............................

मिति २०७२।०७।१८ गते ईलाका प्रहरी कार्यालय चौरजहारीको शान्ति तथा पुनःनिर्माण मन्त्रालय शान्ति कोषबाट  नवनिर्मित भवन प्र.अ...
13/11/2015

मिति २०७२।०७।१८ गते ईलाका प्रहरी कार्यालय चौरजहारीको शान्ति तथा पुनःनिर्माण मन्त्रालय शान्ति कोषबाट नवनिर्मित भवन प्र.अ.म.नि. श्री सुरेन्द्र बहादुर शाह ज्युबाट समुद्घाटन कार्यक्रम ................................

बिभिन्न मितिमा शसस्त्र डांका चोरी, लुटपात लगयत आपराधिक घटनामा संलग्न रहेका रुकुम जिल्ला हुकाम गा.बि.स. ९ डिमुरगैरा बस्ने...
18/10/2015

बिभिन्न मितिमा शसस्त्र डांका चोरी, लुटपात लगयत आपराधिक घटनामा संलग्न रहेका रुकुम जिल्ला हुकाम गा.बि.स. ९ डिमुरगैरा बस्ने अं. बर्ष ३३ को शेर बहादुर सुनार (बि. क.) लाई ९ MM Automatic पेस्तोल थान १, ऐ. को गोली राउण्ड १२, ३८ बोर पेस्तोलको राउण्ड ४, SLR राईफलको राउण्ड ८, ३०३ राईफलको राउण्ड ८, भरुवा बन्दुक थान १, चक्कु थान १, गुलेली थान १ र साईकलको चेन थान १ सहित प्रहरी चौकी हुकामका प्र.स.नि. धर्मानन्द भट्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले मिति २०७२।०६।२७ गते अन्दाजि २३:३० बजेको समयमा निजको घरबाट पक्राउ गरिएको छ ।
निज मिति २०७०।०४।२० गते जिल्ला डोल्पा साल्दाङ गा.बि.स. १ निशाल गाउंको शोम्दो भन्ने स्थानमा डांका चोरी गरी घटनास्थलबाट फरार अभियुक्त हुनुको साथै रुकुम जिल्लाका पुर्बि ईलाकाका भएका हतियार सहित अन्य लुटपातका घटनाहरुमा समेत संलग्न हुनसक्ने हुंदा सोही बमोजिम अनुशन्धान भैरहेको छ ।
साथै निजको पक्रउ पस्चात उक्त ईलाकामा दशैंको मुखमा हुनसक्ने लुटपातका घटनाहरु कमि हुने अपेक्षा समेत गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम ।

६० औं प्रहरी दिवस २०७२ को सु-अवसरमा जिल्ला प्रहरी कार्यालय रुकुमले निमित्त प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार राना ज्य...
17/10/2015

६० औं प्रहरी दिवस २०७२ को सु-अवसरमा जिल्ला प्रहरी कार्यालय रुकुमले निमित्त प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार राना ज्युको प्रमुख आतिथ्यमा स्थानीय बिकास अधिकारी, देवीदल गणपति लगायत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकार, अधिकार कर्मी, महिला, बुद्धिजिबि, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु र प्रहरी कर्मचारी सहित मुसिकोट बजारमा जनचेतनामुलक र्याली सम्पन्न गरी, कालिकास्थानमा सभाको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा उत्कृष्ठ प्रहरी कर्मचारीहरु प्र.ना.नि. हाकिम प्रसाद ओलि, प्र.ज. तिलक बिसि र प्रबिन चौधरीलाई उत्कृष्ठ प्रहरीको रुपमा पुरष्कृत गरिएको छ । त्यस्तै जिल्लाको शान्ति सुब्यवस्था कायम गर्न प्रहरीलाई आवश्यक स्रोतसाधन लगायत बिभीन्न क्षेत्रमा सहयोग पुर्याई अपराध अुशन्धान तथा नियन्त्रणमा सहयोग गर्नुहुने महानुभावहरु ७ जनालाई सम्मान गरिएको छ । दुई जना अनाथ बालबालिकाहरु गोतामकोट गाबिस १ रुकुम बस्ने करबिर कामीको छोरा बर्ष ११ को कर्ण कामी र बर्ष ६ को ईन्द्र कामीलाई जनही एकसरो लगाउने लुगा सहित चामल २५ केजि, दाल २ केजि, कम्बल थान २, चिउरा १० केजि, चाउचाउ २ कार्टुन समेत बितरण गरी बहिरा तथा सुस्त श्रवण भएका सरस्वति मा.बि. सल्ले रुकुमका बिद्यार्थीहरुको लागि ४ थान कम्बल, ६ कार्टुन चाउचाउ, १ बोरा चिउरा, ४ थान सल सहित उक्त कक्षाका प्र.अ. टोपराम बिकको जिम्मामा पछी बिद्यालय खुलेपछी अपांग बिद्यार्थीले पाउने गरी दिईएको छ। कर्तब्य पालनाको सिलशिलामा आफ्नो ज्यानको आहुति दिने अमर प्रहरी स्व. प्र.ज. गणेश खत्रीको छोरा सन्तिष खत्रीलाई रु ५०००/- छात्रबृत्ति नगद समेत प्रदान गरिएको छ ।
अन्तमा प्र.ना.उ. गोबिन्द थपलिया ज्यु तथा प्रमुख आतिथी नरेन्द्र कुमार राना ज्युबाट प्नागरिक र प्रहरीको सम्बन्ध र सहयोगबाट मात्र समाजमा अपराध नियन्त्रण हुनसक्छ भन्ने मन्तब्य सहित कार्यक्रम समापन भएको थियो ।

जिल्ला प्रहरी कार्यालय रुकुम ।

प्रकोप न्युनिकरण, खोज तथा उद्धार कार्यमा प्रहरीको भुमिका सम्बन्धमा स्थानिय सामाजिक परिचालक तथा प्रतिनिधिहरुसंग अन्तर्क्र...
15/10/2015

प्रकोप न्युनिकरण, खोज तथा उद्धार कार्यमा प्रहरीको भुमिका सम्बन्धमा स्थानिय सामाजिक परिचालक तथा प्रतिनिधिहरुसंग अन्तर्क्रिया गर्दै जिल्ला प्रहरी कार्याालय प्रमुख प्रनाउ गोबिन्द थपलिया ...................... उक्त कार्यमा स्थानिय सबलिकरण गरी सुरक्षा निकाय तथा स्थानिय सरोकारवाल समेतको समन्वयात्कमक कार्यबाट बढी प्रभावकारीता आउने देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय रुकुमको आयोजना र प्रमुख जिल्ला अधिकारी श्री अन्तर बहादुर सिलवालको प्रमुख आतिथ्यमा स्थानिय बिकास अ...
11/10/2015

जिल्ला प्रहरी कार्यालय रुकुमको आयोजना र प्रमुख जिल्ला अधिकारी श्री अन्तर बहादुर सिलवालको प्रमुख आतिथ्यमा स्थानिय बिकास अधिकारी, देविदल गणपति समेत जिल्लाका सराकरी कार्यालय प्रमुखहरू, जिल्लाका राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकार महासंघ, उद्योग बाणिज्य संघ, यातायात ब्यबसायी, महिला अधिकारकर्मीहरु लगायत बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु समेत सरोकारवालाको उपस्थितिमा नजिकिदै गएको चाडपर्वहरु बिजया दशमी -२०७२, दिपावली तथा छटपर्वको सन्दर्भमा जिल्लाका सम्भावित सुरक्षा चुनौतीहरु; चोरी, लुटपात, गुण्डागर्दी, मादक पदार्थ सेवन गरी झै-झगडा, बिभिन्न प्रकारका ठगी, कृत्रिम अभाव, कालो बजारी, अबैध चन्दा असुली, जुवातास, हातहतियार, पटका लगायत बिष्फोटक पदार्थ जन्य चिजबस्तुको प्रयोग तथा ओसारपसार लाई नियन्त्रण गरी यातायात तथा राजमार्ग सुरक्षा ब्यवस्थालाई सुदृढ बनाउन सरोकारवाला निकायसंग समन्वयात्मक अन्तर्क्रिया कार्यक्रम संचालन गरीएको छ ।
देशको बर्तमान परिस्थितिलाई मध्यनजर गरी चाडबाडको समयमा यात्रुहरुको आवागमनलाई सहज र थप ब्यवस्थित गर्न आवश्यक पहल गरी राजमार्ग तथा ग्रमिण सुरक्षालाई मजबुत बनाउन बिशेष सुरक्षा योजना तयार गरी कार्यान्वयन गरिएको जस अन्तर्गत प्रहरी परिचालन तथा जिल्लाका बिभिन्न ईलाकहरुमा सचेतना कार्यक्रम समेत गर्ने गरिएको छ ।
उल्लेखित बिषय वा अन्य कुनै बिषयमा कुनै समश्या परेमा जिल्ला प्रहरी कार्यालय रुकुमको शुल्क नलाग्ने फोन नं. १०० वा ०८८-५३०१८७, वा कार्यलय प्रमुखको नं. ९८५७८३५५५५ मा सुचना गरी सहयोग गर्न हुन समेत अनुरोध छ ।

श्री जिल्ला प्रहरी कार्यालय रुकुम ।
मिति २०७२।०६।२४ गते ।

आज मिति २०७२ असोज २० गते रुकुम जिल्ला पुर्तिमकांडा गा.बि.स. चियान बगरमा प्रमुख जिल्ला अधिकारी अन्तर बहादुर सिलवालको प्रम...
07/10/2015

आज मिति २०७२ असोज २० गते रुकुम जिल्ला पुर्तिमकांडा गा.बि.स. चियान बगरमा प्रमुख जिल्ला अधिकारी अन्तर बहादुर सिलवालको प्रमुख आतिथ्यमा देविदल गणपति प्रमुख सेनानी डम्बर बहादुर दर्लामी, जिल्ला प्रहरी कार्यालय प्रमुख प्र.ना.उ. गोबिन्द थपलिया, जि.बि.स. लगायत जिल्लका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्तिथिमा बृहत घुम्ति शिबिर तथा नागरिक सुनुवाई कार्यक्रम गरिएको छ । उक्त कार्यक्रममा जिल्लाका बिभिन्न सरकारी कार्यालयहरूबाट आ-आफ्नो कार्यालयको सेवा प्रदान गरेका थिए भने जिल्ला प्रहरीको तर्फबाट ईलाकाको शान्ति सुब्यवस्था तथा बिकास निर्माण सम्बन्धमा नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा बिजयस्वरी, कोटजहारी, सिम्ली, खोलागाउं, पुर्तिमकांडा, गरयला, घेत्मा, आठबिसकोट र आठबिसड‌ांडागाउं गरी ९ गा.बि.स.का आन्दाजी ४०० ब्यक्तिहरुको भब्य उपस्थिति रहि लाभान्बित भएका थिय ।
उक्त घुम्ति शिबिरबाट पर्सी शुक्रबार सम्म निशुल्क स्वास्थ्य सेवा, कृषि सेवा, पशु सेवा, नागरिकता बितरण, अपांग परिचय पत्र बितरण, खानेपानि सेवा लगायतका सेवा स्थानिय स्तरमै उपलब्थ गारई संचालन हुने हुंदा बढी भन्दा बढी लाभान्बित हुन उक्त ईलाकाका सम्पुर्ण नागरिकहरुमा हार्दिक अनुरोध समेत गर्दछौं ।

18/08/2015

बिगत केही दिन देखिको अविरल बर्षातका कारण मिति २०७२ श्रावण ३२ गते अंन्दाजी १९:०० बजेको समयमा रुकुम घेत्मा गाबिस वडा नं १ बांके जिउला भन्ने स्थानमा नन्दराम पुनको घर माथिबाट आएको पहिरोले बागाई उक्त स्थानमा घांस काट्न गएकी निजकी श्रीमति बर्ष ४२ की रिता पुन र दिदि बर्ष ४० की मोति पुन हाल सम्म हराएकी छन्, तत्काल प्रहरी चौकी पुर्तिमकांडा र ईलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी टोली खटि गई खोजतलास तथा उद्धारको कार्य भैरहेको छ ।
थप सहयोग तथा उद्धार कार्यका लागि जिल्ला दैबिक प्रकोप समितिबाट पहल भैरहेको छ ।

संबिधानको पहिलो मसौदाको जनताबाट राय सुझाव संकलनको क्रममा माननिय सभासद् द्धय गणेशमान पुन र् मिठु मल्लका साथमा रुकुमकोट सम...
27/07/2015

संबिधानको पहिलो मसौदाको जनताबाट राय सुझाव संकलनको क्रममा माननिय सभासद् द्धय गणेशमान पुन र् मिठु मल्लका साथमा रुकुमकोट सम्म जांदा र आउंदा सम्मका स्मरणिय क्षणहरु ..............................................

रुकुम जिल्ला हुकाम गाबिस ९ डिमुरगैरा बस्ने आकार भन्ने बलमान रोका बिगत बिभिन्न हत्या लुटपातका घटनामा संलग्न भई प्रहरीको स...
27/07/2015

रुकुम जिल्ला हुकाम गाबिस ९ डिमुरगैरा बस्ने आकार भन्ने बलमान रोका बिगत बिभिन्न हत्या लुटपातका घटनामा संलग्न भई प्रहरीको सर्बाधिक खोजिमा रहेकोमा मिति २०७२।०४।०५ गते हुकाम गाबिस ९ मयाङबाट ९ mm स्वचालित पेस्तोल थान १, ऐको गोली ५ राउण्ड, नगद रु २५ हजार सहित प्रहरीले पक्राउ गरेको छ । निजको घरमा तलासी गर्दा भरुवा बन्दुक थान १ समेत फेला परेको छ । हाल हातहतियार तथा खरखजाना मुद्धामा कारवाही भैरहेको छ ।

Address

Musikot Khalanga Rukum
Rukum

Alerts

Be the first to know and let us send you an email when जिल्ला प्रहरी कार्यालय, रुकुम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to जिल्ला प्रहरी कार्यालय, रुकुम:

Share