Obilal Basnet

Obilal Basnet इमान्दरिता, अनुभवी, दक्षता, बिकाश-प्रेमी, सहिषणुता, स्वच्छ छबी को पर्यायवाची श्री ओविलाल बस्नेत।

इमान्दरिता, अनुभवी, दक्षता, बिकाश-प्रेमी, सहिषणुता, स्वच्छ छबी, असल सामाजिक व्यक्तित्व को पर्यायवाची श्री ओविलाल बस्नेत।

- सुनील स्‍मृति गा।पा। वडा नं ४ अध्यक्ष उम्मेदवार

सुनिलस्मृति गाउँपालिका वडा नं ४ का नव-निर्वाचित अध्यक्ष तथा सदस्यलाई रोल्पा उद्धोग बाणिज्य संघ द्वारा एक कार्यक्रम बिच स...
25/05/2022

सुनिलस्मृति गाउँपालिका वडा नं ४ का नव-निर्वाचित अध्यक्ष तथा सदस्यलाई रोल्पा उद्धोग बाणिज्य संघ द्वारा एक कार्यक्रम बिच स्वागत तथा अभिनन्दन! हार्दिक आभार एवं धन्यवाद!! 🙏🙏

हार्दिक आभार एवं धन्यवाद! 🙏रात-दिन, टन्टलापुर घाम, वर्षा, डाँडा-काँडा, लेक-बेसि, आफ्नो-पराइ नभनी हजुरहरुको घरदैलोमा हामी...
17/05/2022

हार्दिक आभार एवं धन्यवाद! 🙏

रात-दिन, टन्टलापुर घाम, वर्षा, डाँडा-काँडा, लेक-बेसि, आफ्नो-पराइ नभनी हजुरहरुको घरदैलोमा हामी पुग्नु चुनाबको रौनकतामा मात्र पक्कै थिएन। जस्तो सुकै परिस्थितिमा पनि यहाँहरुको सेवामा तल्लिन रहनुमा हामी पहिल्यै अभ्यस्त भैसकेका थियौ। यसले थप उर्जाशिल बन्नुमा, हाम्रा योजनाहरु यहाँहरु माझ प्रस्तुत गर्दै यहाँको अमुल्य मत हासिल गर्न, हामिलाइ अझै उत्साहजनक एवं क्रीयाशिल रुपले लाग्न उत्प्रेरित बनाइराख्यो। अत: हामी प्रतिको बिश्वाश अनि भरोसा ले यहाँहरुको अमुल्य मतका साथले नै यस सुनिलस्मृति गा.पा वडा नं ४ को अध्यक्ष सहित सम्पुर्ण प्यानलै बिजयी बन्न सम्भव भयो। सम्पुर्ण आमा-बुबा, दाजुभाइ, दिदिबहिनीहरुमा एवं चुनाबी अभियानमा प्रत्यक्ष-अप्रत्यक्ष साथ-हौसला दिनुहुने प्रीयजन, पार्टी पङ्ती, कार्यकर्ता, सुभेच्छुकहरुमा आफ्नो अमुल्य मत दिइ हामिलाइ निर्वाचित गराउनुहुने यस वडावासी सबै-सबैलाइ हार्दिक-हार्दिक धन्यवाद ज्ञापन गर्दछौ।

यस संगै अबको ५ बर्षे कार्यकालको जिम्मा लिदै, वडा-कार्यसमितीको रुपमा यहाँहरुको सेवामै हर-हिसाबले तल्लिन रहनेछौ। हामिले प्रस्तुत गरेका प्रतिबद्धता पत्र अनुसार एक अद्भुत बिकाशका पहेलुहरु यहाँ माझ पस्किदिइ एक सुन्दर-समुन्नत गाउँ-समाज बनाउने अठोट गर्दछौ। अन्ततः यहाँहरुको सुझ-बुझ, धैर्यता, सहिष्णुता, अनि साथ को अपेक्षा सहित सबैलाइ संगै समेटेर लैजाने, कुनै ब्यक्ती विशेष, पार्टी, समूह.. नभनी निस्पक्ष हजुरहरुको मत प्रती इमान्दार रहि कुशल वडा-अभिभावकत्वको भुमिका निभाउदै एक नमुना वडाको रुपमा यस वडा ४ लाई बिकास गर्ने प्रण गर्दछौ। हार्दिक धन्यवाद।।🙏

स्वच्छ-शान्तिपूर्ण तवरले सुनिलस्मृति गा.पा. वडा ४ को मतदान सम्पन्न भैसकेको छ। हामी नेकपा (माओवादी केन्द्र) तर्फ को उम्मे...
14/05/2022

स्वच्छ-शान्तिपूर्ण तवरले सुनिलस्मृति गा.पा. वडा ४ को मतदान सम्पन्न भैसकेको छ। हामी नेकपा (माओवादी केन्द्र) तर्फ को उम्मेदवार लाई आशा अनि भरोसा को साथ मत दिनुहुने सम्पुर्ण वडावासी आमा-बुबा, दाजुभाइ, दिदीबहिनीहरुमा हार्दिक धन्यवाद। साथै मतगणना को प्रारम्भ संगै सम्पुर्ण पार्टी/स्वतन्त्र तर्फका उम्मेदवार लाई हार्दिक शुभकमना।

यहाहरुको सौहार्दपुर्ण साथ अनि अमुल्य मत को साथ हामी भारी मत ले बिजयी हुनेछौ भन्नेमा पुर्ण आशावादी छौ। अन्ततः यहाँहरुकै सेवा को निम्ति हामीलाई पस्किएका हौ, यहाँहरुकै सेवामा प्रतिबद्ध रहनेछौ।।🙏

10/05/2022

२६ बैशाख २०७९, सुनिल स्‍मृति गाउपालिका, रोल्पा सुनिलस्‍मृति गाउपालिका वडा नं. ४ ने.क.पा (माओवादी केन्द्र) वाट अध्यक....

नयाँलाई प्रोत्साहन गरौ, दक्षलाई मतदान।योग्यलाई चिनौ, क्षमतावानलाई नै रोजौ।।सरल-सबल, इमानदारिता, अनुभवी, दुरदर्शी, दक्षता...
08/05/2022

नयाँलाई प्रोत्साहन गरौ, दक्षलाई मतदान।
योग्यलाई चिनौ, क्षमतावानलाई नै रोजौ।।

सरल-सबल, इमानदारिता, अनुभवी, दुरदर्शी, दक्षता, सहीष्णुता, बिकाशप्रेमी, स्वच्छ-छवी को पर्याय, सुनीलस्‍मृति गा.पा. वडा नं. ४ अध्यक्ष उम्मेदवार ओविलाल बस्नेत तथा सम्पूर्ण वडा सदस्य उम्मेदवारहरुलाई अत्यधिक मतले बिजयी गराऔ। यहाँहरु को सौहार्दपुर्ण साथ अनि अमुल्य भोट को अपेक्षा गर्दछौ।।

- सुनील स्‍मृति गा.पा. वडा नं ४ अध्यक्ष उम्मेदवार ओविलाल बस्नेत तथा सम्पूर्ण वडा सदस्य उम्मेदवारहरु।

आदरणीय वडावासी दाजुभाइ तथा दिदिबहिनी, अग्रज, आमा-बाबू हरु, हार्दिक अभिवादन। यहि बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा नेक...
03/05/2022

आदरणीय वडावासी दाजुभाइ तथा दिदिबहिनी, अग्रज, आमा-बाबू हरु, हार्दिक अभिवादन। यहि बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को तर्फवाट गा.पा. अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्य पदका लागि हामी सम्पुर्ण उम्मेदवारहरु यहाँ माझ पस्केका छौ। । यहाँहरुको सौहार्दपुर्ण साथ अनि अमुल्य भोट को अपेक्षा गर्दछौ।।

सुनिलस्‍मृति गापा वडा नं ४, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा सदस्य उम्मेदवारहरुलाई नै भोट किन?

१। सबै खाले जातीय, लैङ्गिक, बर्गीय, समुह, राजनैतीक भेदभावको निर्मुलनको निरन्तरता दिई, बिपन्न/असहाय लाई नि:शुल्क विधुत, यातायात, शिक्षा, स्वास्थ्य सेवा, स्वास्थ्य बिमाको व्यबस्था गरिने। जेष्ठ नागरिक, एकल महिला-पुरुष, गर्भवती, सुत्केरी तथा शिशुलाई पौष्टिक आहार, नि:शुल्क एम्बुलेन्स सेवा तथा स्वास्थ्य सेवा को व्यबस्था गरिने।

२। टोल-टोलमा मोटर-वाटो, घर-घरमा पानी, चोक-चोक/सार्वजनिक स्थल/घर-घरमा Wifi ईन्टरनेट, बस्ती-बस्तीमा सुरक्षा साइरन व्यवस्था गरिने। फरक क्षमताका लाई घर-घरै Online शिक्षा दिईनु साथै बिपन्नलाई सोको लागि मोबाइल समेतको व्यबस्था गरिने।

३। आधारभुत औषधीहरु तथा बिपन्नलाई सबै खाले औषधी नि:शुल्क गरिने। नागरिकलाई स्वास्थ्य बिमा मात्र नभई जीवन बिमा समेतको ब्यबस्था गरिने।

४। बाग्मा स्थित विद्यालयलाई मा.बि. तहसम्म स्तरोन्नती गर्ने, साथै प्रत्यक विद्यालयको शिक्षक, शैक्षिक स्तर, कम्प्युटर ल्यब सुधार एवं आधारभुत प्रयोगआत्मक शिक्षामा जोड दिने। एक गाउ एक विशेष अध्ययन केन्द्रको स्थापना गररिने।

५। कक्षा १२ सम्म सम्पूर्ण विद्धार्थी को पठन-पाठन नि:शुल्क गरिने। साथै बिपन्न/टाढावाट आउने विद्धार्थी लाई नि:शुल्क होस्टलको व्यबस्था सेमत गरिने।

६। गा.पा. केन्द्र सम्म जोड्ने बाग्मा, कोइरालखर्क लगायत वडा भित्रका मोटरवाटोको स्तरोन्नती गर्दै, कार्यकालभित्रै कालोपत्रे गर्ने पहल गर्ने। साथै सबै भेगमा बिहान-बेलुकी नियमीत यातायात रुटको व्यबस्था गर्ने, साथै विद्धार्थी, जेष्ठ नागरिक, गर्भवती, सुत्केरी, अपाङ्ग, द्वन्द-पीडित, फरक क्षमता का लागि बिशेष सहुलियत कार्डको ब्यबस्था गरिने।

७। वडाका नि:शुल्क/सहुलियत सेवाहरु संगै नागरिकको आर्थिक स्तर वृद्धी गर्न, वाध्यत्मक बिदेश पलायन रोक्न कृषि तथा पशुपालनमा आमुल क्रान्ति ल्याउदै स्थानीय स्वरोजगार, उद्धमशीलताको बिकाश गरिने। साथै बिदेशवाट शिप आर्जेर फर्किएका युवालाई, श्रमिक, किसान लाई सम्बन्धित ब्यबसायीक तालिम दिन र सम्पूर्ण ब्यबस्थापन को जिम्मा लिई वडालाई कृषि, पशु उपजमा सम्पन्न बनाउने।

८। बिपन्न/असहाय को गास-वास-कपास को साथ शिक्षा, स्वास्थ्य, रोजगार, यातायात, सिप-बिकास साथै समान-अवसर, समावेशिता को ग्यारेन्टी। भुमिहिनलाई भुमी, बेघरलाई घरको ब्यबस्था, नि:शुल्क गरिने।

९। हरेक गाउमा स्थानीय क्लव, समुह, टोल-बिकास, बचत-कृषि सहकारीको बिकास, खेल-मैदान, खेल-सामग्री, उत्कृष्ट खेलाडी छात्रवृत्ति लगायत स्थानीय कला, संस्कृति, पहिचान को प्रबर्धन एवं बिकास गरिने। साथै बाग्मालाई पर्यटन डाँडाको रुपमा स्थापित गर्न, पद्मार्ग, बजार-नदी दृष्यावलोकन, श्री भुमिस्थान देवको प्रबर्धन-बिकास, होमस्टेको स्थापना एवं प्रबर्धन, कृत्रिम झरना को मनोरम दृष्य, पर्यटनमैत्री बस्तुको उत्पादन, होर्डिङ बोर्ड मार्फत उद्योग प्रबर्धन का साथ वडा ४ लाई पर्यटनको हव बनाउने।

१०। कोइरालखर्क, जैरे डाँडालाई Wind (पवन) उर्जाको सम्भाव्यता अध्ययन गरी-गराइ स्थानीय प्रसारण लाइनमा जडान गरिने। साथै चोक-चोकमा, अध्यारा पदमार्ग समेतमा सोलार प्यानल जडान गरी रातको समय उज्यालो बत्तीको ब्यबस्था गरिने।

११। वडाका हरेक बैठक हुँ-बहु लाईभ खिची वडाको website मा अनिवार्य प्रसारण गरिनेछ। यसले आम-वडावासीमा वडाको काम-कार्यवाही, योजना तर्जुमा, प्रगती, योजना स्थिती, बिरोधी/बाधक तत्व आदी सम्पूर्ण यहाँहरुमाझ पारदर्शी एवं स्पष्ट रुपले प्रष्ट पार्नेछ।

१२। वडाको सम्पूर्ण सेवा चुस्त-दुरुस्त, सहज पार्न, घर-घर सेवा प्रवाह गरिने। आपतकालिन ४ वटा टोल-फ्री फोनको ब्यबस्था गरिने। साथै चाहे जस्तो सुकै परिस्थिती होस् "हाम्रो वडा हाम्रो लागि" भन्ने मुल नाराका साथ वडालाई यहाँको माता-पिता पछीको दोश्रो अभिभावकको रुपमा स्थापित गर्न, पारस्परिक मित्व्ययीता कायम गर्दै हरेक नागरिकका समस्या वडाको पहिलो प्राथमिकता ठानीलिई एक असल सारथीको रुपमा बिकासका पहेलुहरु संगै स्थापित गर्दै यस वडालाई एक उत्कृष्ट-नमुना वडाको रुपमा पारीचित गराउने।

यसर्थ; सरल-सबल, इमानदारिता, अनुभवी, दुरदर्शी, दक्षता, सहीष्णुता, बिकाशप्रेमी, स्वच्छ-छवी को पर्याय, सुनीलस्‍मृति गा.पा. वडा नं. ४ अध्यक्ष उम्मेदवार ओविलाल बस्नेत तथा सम्पूर्ण वडा सदस्य उम्मेदवारहरुलाई अत्यधिक मतले बिजयी गराऔ। यहाँहरु को सौहार्दपुर्ण साथ अनि अमुल्य भोट को अपेक्षा गर्दछौ।।

- सुनील स्‍मृति गा.पा. वडा नं ४ अध्यक्ष उम्मेदवार ओविलाल बस्नेत तथा सम्पूर्ण वडा सदस्य उम्मेदवारहरु।

यहाँहरु को सौहार्दपुर्ण साथ अनि अमुल्य भोट को अपेक्षा गर्दछौ। - सुनील स्‍मृति गा.पा. वडा नं ४ अध्यक्ष उम्मेदवार ओविलाल ब...
02/05/2022

यहाँहरु को सौहार्दपुर्ण साथ अनि अमुल्य भोट को अपेक्षा गर्दछौ।
- सुनील स्‍मृति गा.पा. वडा नं ४ अध्यक्ष उम्मेदवार ओविलाल बस्नेत तथा सम्पूर्ण वडा सदस्य उम्मेदवारहरु।

१७ बैशाख २०७९ सुनिलस्‍मृति गाउपालिका वडा नं. ४ ने.क.पा (माओवादी केन्द्र) वाट अध्यक्ष पदका उम्मेदवार ओबिलाल बस्नेत .....

सरल-सबल, इमानदारिता, अनुभवी, दुरदर्शी, दक्षता, सहीष्णुता, बिकाशप्रेमी, स्वच्छ-छवी को पर्याय, सुनीलस्‍मृति गा.पा. वडा नं....
01/05/2022

सरल-सबल, इमानदारिता, अनुभवी, दुरदर्शी, दक्षता, सहीष्णुता, बिकाशप्रेमी, स्वच्छ-छवी को पर्याय, सुनीलस्‍मृति गा.पा. वडा नं. ४ अध्यक्ष उम्मेदवार ओविलाल बस्नेत तथा सम्पूर्ण वडा सदस्य उम्मेदवारहरुलाई अत्यधिक मतले बिजयी गराऔ।

यहाँहरु को सौहार्दपुर्ण साथ अनि अमुल्य भोट को अपेक्षा गर्दछौ।।

चिन्ता के लिन्छौ, तिम्रा ती दु:खका चाङ्ग। ओबिलाल बस्नेत आइसके, लेउ सुखका छलाङ्ग।।यहाँहरु को सौहार्दपुर्ण साथ अनि अमुल्य ...
01/05/2022

चिन्ता के लिन्छौ, तिम्रा ती दु:खका चाङ्ग।
ओबिलाल बस्नेत आइसके, लेउ सुखका छलाङ्ग।।

यहाँहरु को सौहार्दपुर्ण साथ अनि अमुल्य भोट को अपेक्षा गर्दछौ।
- सुनील स्‍मृति गा.पा. वडा नं ४ अध्यक्ष उम्मेदवार ओविलाल बस्नेत तथा सम्पूर्ण वडा सदस्य उम्मेदवारहरु।

१६ बैशाख २०७९ सुनिलस्‍मृति गाउपालिका वडा नं. ४ ने.क.पा (माओवादी केन्द्र) वाट अध्यक्ष पदका उम्मेदवार ओबिलाल बस्नेत .....

यहाँहरु को सौहार्दपुर्ण साथ अनि अमुल्य भोट को अपेक्षा गर्दछौ। - सुनील स्‍मृति गा.पा. वडा नं ४ अध्यक्ष उम्मेदवार ओविलाल ब...
29/04/2022

यहाँहरु को सौहार्दपुर्ण साथ अनि अमुल्य भोट को अपेक्षा गर्दछौ।
- सुनील स्‍मृति गा.पा. वडा नं ४ अध्यक्ष उम्मेदवार ओविलाल बस्नेत तथा सम्पूर्ण वडा सदस्य उम्मेदवारहरु।

Address

Sunil Smriti RM, Sulichaur
Rolpa
22112

Website

Alerts

Be the first to know and let us send you an email when Obilal Basnet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category