Ruru PHC Ridi Gulmi

Ruru PHC Ridi Gulmi Notices, Health information, Updates

18/09/2024

सेवाग्राहीलाई अनुरोध तथा जानकारी
अस्पताल बिरामी भएर जाँदा मुख्यत: OPD मा जांच गराउन जाँदा, हामीहरु होटेलमा नास्ता खान गए जसरी जाने ,आंफुलाई जे गर्न मन छ गर्ने अनि फर्किने हाम्रो बानी त्यति उपलब्धिमुलक हुँदैन ।
तसर्थ अस्पतालमा स्वास्थ्य अवस्था जाँच गर्न जाँदा निम्न कुराहरुलाई मध्यनजर गरेर जाँदा उत्तम हुन्छ:

१. अस्पताल जाँदा आफ्ना पुराना स्वास्थ्य सम्बन्धी कागजात छन भने लिएर जाने साथै नियमित खाने तथा हाल सेवन गरिरहेका औषधिसमेत लिएर जाने बानी बसाल्नु पर्छ। यसले गर्दा बिरामीको पुरानो स्वास्थ्य अवस्था र हालको स्वास्थ्य अवस्था बिच दाँज्न सजिलो हुन्छ। औषधिसमेत लगेको अवस्थामा आंफुले खाईरहेको औषधि सहि छ या खाने तरीका सहि भैराखेको छ छैन भन्ने थाहा हुन्छ।

२. अस्पताल नितान्त आफ्नो समस्या तथा सहि सरसल्लाह लिने हेतुले जानुहोस न कि मेरो यो जाँच गर्ने मन लागेर आएको , मेरो Video X Ray गर्दिनुस, X - ray गर्दिनुस, मेरो यो रगत जाँच गर्दिनुस भनेर भन्दा आंफुलाई आवश्यक पर्ने जाँच भने छुटिरहेको हुन्छ। त्यसले आंफैलाई सम्म्स्या निम्त्याउने हो। त्यसैले यो गर्दिनुस भन्नू भन्दापनी मेरो समस्या यो छ भनेर सुनाउनुहोस अनि सल्लाह सुन्नुहोस पनि।

३. "Whole Body Checkup" भन्ने भ्रम बाट टाढा रहनुहोस। समस्या अनुसार आवश्यक पर्न्ने जाँच गर्नु आवश्यक हो। Whole Body Checkup एक अर्थमा असान्दर्भिक र असम्भव जाँच हो। समस्या नभएतापनी गरिने जाँच हरु विशेषगरी ३५ बर्ष उमेरसमुह काटिसकेपछी र कतिपय अवस्थामा वङ्साणुगत रोगहरुलाई अलिक पहिले नै screening गर्नु पर्न्ने हुन्छ। त्यस्तो जाँचलाई Routine Checkup भनिन्छ र आवश्यक रोगहरुको screening भने गर्नुपर्न्ने हुन्छ।

४. अस्पताल OPD चेक अप गर्न जानेहरु अलिक समयमै पुग्नु जस्ले गर्दा आवश्यक जाँच तथा report हरु पनि समय दिएर मुल्यांकन गर्न्न सकियोस र हतार हतारमा कुनै निर्णय नहोस।

५. सकेसम्म अस्पताल जाँदा एक जना साथी लिएर जानुहोस। अझ विशेषगरी वृद्ध आमाबुबा लाई एक्लै अस्पताल नपठाउनुहोस। वहाँहरुमा कान नसुन्ने, राम्रो सङ्ग देख्न नसक्ने, अस्पतालमा अलमलिने समस्याले वहाँहरुलाई एक सारथि आवश्यक हुन्छ। साथै वहाँ हरुको समस्या बुझ्न तथा बुझाउन मात्र नभै उपचारका सरसल्लाहको लागि पनि पारिवारिक सदस्यको महत्वपूर्ण भुमिका हुन्छ।

६. चिकित्सक लाई अत्याउने तथा हतोत्साहित बनाउने काम नगर्नुहोस। यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा बिरामीलाई नै असर पर्ने हुन्छ। चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी अस्पतालका एक कर्मचारी मात्रै हुन। सबैथोक उनिहरुको हातमा हुँदैन भन्ने बुझ्नुहोस। उनिहरुले तपाईजस्तै सयौंलाई आफ्नै मानेर उपचार गर्नु पर्ने हुन्छ। मुख्य कुरा: चिकित्सक भगवान हैनन, केवल आफ्नो ज्ञान प्रयोग गरेर तपाईंहरुलाई सहयोग गर्ने कोशिश मात्रै गर्ने हुन, ज्यानको जिम्मा लिने होइनन।

७. "यस्सो देखाएर गैहाल्ने हो !" भन्ने मानसिकताबाट टाढा रहनुहोस। सानो समस्या भएतापनी त्यसलाई चिकित्सकले राम्ररी नियाल्नु पर्छ। त्यसलाई नजरअन्दाज नगर्नुहोस।

८. "सुखमा न आत्त्तिने दुखमा नमात्तिने !" गाह्रो भएर आएको बेला सेकेन्ड भित्रै हतारहतारमा उपचार चाहिने, नभए अत्याउने गाली गलौज गर्ने , अनि अलिकती ठिक भएको महसुस हुनासाथ घरै जान हतार हुने। कुनै पनि उपचारको पद्धति हुन्छ, त्यसलाई आत्मसात गर्न कोशिस गर्नुहोस। "धान रोप्ने बित्तिकै फल्दैन", समय लिन्छ। यसैगरी औषधिलाई पनि काम गर्न अलिकती समय लाग्छ कुनैलाई छिटै, कुनैलाई अलिक बढी। यो कुरामा ज्ञात रहनुहोस।

९. आंफू पनि अनुशासनमा रहनुहोस र अरुलाई पनि अनुशासित रहन प्रेरित गर्नुहोस।

धन्यवाद !!

20/08/2024
14/08/2024

स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत रिफर लाने बारे केही बुझौ ।

१. रिफर लैजानको लागि बिरामी स्वयम् उपस्थित हुन पर्ने स्वास्थ्य बिमा कार्यक्रम ले परिकल्पना गरेको छ ।
२. ठुला अस्पताल मा अनावस्यक रुपमा भिड नहोस भनेर चाहिने सेवा ग्राही मात्र रिफर हुन भन्ने हिसाब मा चिक्त्सक ले आवस्यक लागेको बिरामीलाई मात्र रिफर गर्नु गराउनु भनियेको छ ।
३. रिफर गर्दा NMC no भयेको चिकित्सक को अनिवार्य रुपमा दस्तखत चाहिने प्राब्धान राखियेको छ ।
४. रोग अनुसार को जाँच र रोग को प्रकृति अनुरुप को रिफर कागज नबनायेको खन्डमा रिफर मान्य नहुने ब्यवस्था बिमा कार्यक्रमले लागू गरेको छ ।

रुरू प्राथमिक स्वास्थ्य केन्द्र मातहत खोप केन्द्रहरूमा यही मिति 2080 फाल्गुन 21 ,22 र 23 गते ९ महिना देखि ५ बर्ष सम्मका ...
26/02/2024

रुरू प्राथमिक स्वास्थ्य केन्द्र मातहत खोप केन्द्रहरूमा यही मिति 2080 फाल्गुन 21 ,22 र 23 गते ९ महिना देखि ५ बर्ष सम्मका बालबालिकाहरूलाई दादुरा-रुबेला खोप लगाउन नछुटाउनुहोला ।

खोप निशुल्क छ ।
खोप सुरक्षित छ ।
खोपले जीवन रक्षा गर्छ ।
अनुरोधक
रुरू प्राथमिक स्वास्थ्य केन्द्र

जरूरी सूचना !!
25/07/2023

जरूरी सूचना !!

रुरु प्राथमिक स्वास्थ्य केन्द्रका संस्थापक अध्यक्ष तथा समाजसेवी केशरमान श्रेष्ठलाई गुमाउदा रुरु प्राथमिक स्वास्थ्य केन्द...
16/10/2022

रुरु प्राथमिक स्वास्थ्य केन्द्रका संस्थापक अध्यक्ष तथा समाजसेवी केशरमान श्रेष्ठलाई गुमाउदा रुरु प्राथमिक स्वास्थ्य केन्द्र परिवार शिकाकुल भएका छौ । यश घडीमा चिर शान्तिको कामना गर्दै परिवारजन तथा आफन्तजनमा समबेदना प्रकट गर्दछौ ।

रुरू प्रा. स्वा. के. परिवार ।

के तपाईंको  स्वास्थ्य बीमाको म्याद कार्तिक मसान्तमा समाप्त हुँदैछ ? यदि यसो हो  भने मङ्सिर १ बाट सेवा लिन असोज मसान्तसम्...
27/09/2022

के तपाईंको स्वास्थ्य बीमाको म्याद कार्तिक मसान्तमा समाप्त हुँदैछ ? यदि यसो हो भने मङ्सिर १ बाट सेवा लिन असोज मसान्तसम्म नविकरण गरिसक्नुपर्ने हुन्छ । नविकरण गर्न कार्तिक नै कुर्नुभयो भने थप तीन महिना स्वास्थ्य बीमाबाट सेवा पाउनुहुन्न त्यसैले असोज मसान्तसम्म नविकरण गरिसक्नुहोस है । सदस्यता चक्र उल्लेख गरिए बमोजिमको हुन्छ ।

डेङ्गु ।।
12/09/2022

डेङ्गु ।।

07/08/2022

चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गर्न माग गरेका छन्। डा. केसीले शनिबार धरानबाट वक्तव्य जारी गर्दै चिकित्सा शिक्षातर्फ आफूले राखेका माग सम्बोधन नभए भदौ १२ देखि सत्याग्रह रु गर्ने घोषणा गरेका हुन् । उनले भने, ‘हामीले शेरबहादुर देउवा सरकार बने यता नै यी विषय निरन्तर उठाइरहँदा पनि कुनै सुनुवाइ नगरेका कारण हामी अब धैर्य गर्ने अवस्थामा छैनौं। हाम्रा मागहरु आगामी तीन साताको अवधिमा पूरा नभएमा भदौ १२ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गर्दर्छौं।’

तोकिएको दरबन्दीअनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरुको दरबन्दी तत्काल हालको बेड संख्याअनुसार बढाउन माग गरेका छन्। त्यस्तै जनसंख्याको वृद्धिअनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गर्नुपर्ने डा. केसीको माग छ।

संविधानले सबैका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरेलगायत आधारभुत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गरिनुपर्ने माग गरेका छन्।

सरकारले तोकेको सूचीअनुसारका सबै निःशुल्क औषधिहरु आवश्यक मात्रामा सबै स्वास्थ्य संस्थामा भएको सुनिश्चित गरिनुपर्ने, स्थानीय निकायको बजेटको कम्तीमा आधा हिस्सा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने व्यवस्था माग गरिएको छ।

देशभरि दीगो स्वास्थ्य सेवा पुर्याउनका लागि ठूलो संख्यामा स्थायी चिकित्सक र स्वास्थ्यकर्मीहरुको नियुक्ति गरिनुपर्ने डा. केसीको माग छ। डा. केसीले भने, ‘सरकारी स्वास्थ्य संस्थाहरुका वरिपरि च्याउझैँ खुलेका तर मापदण्ड नपुर्‍याई जथाभाबी जोखिमपूर्ण सेवा दिइरहेका निजी संस्थाहरु बन्द गरेर दोषीहरुलाई दण्डित गरिनुपर्छ। प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला स्वास्थ्य सेवा कार्यालय र अस्पतालहरुलाई गैरचिकित्सक नभई चिकित्सकहरुको मात्र नेतृत्व दिने व्यवस्था गर्न सरकारसँग माग गर्छु।’
Annapurna post

आज रुरु प्राथमिक स्वास्थ केन्द्रमा स्तनपान सप्ताह 2022 August (1-7) सम्पन्न गरियो ।
05/08/2022

आज रुरु प्राथमिक स्वास्थ केन्द्रमा स्तनपान सप्ताह 2022 August (1-7) सम्पन्न गरियो ।

Address

Ridi Bazaar
Ridi

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

079400011

Website

Alerts

Be the first to know and let us send you an email when Ruru PHC Ridi Gulmi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share