GEN Z Rasuwa जेनजी, रसुवा

GEN Z Rasuwa जेनजी, रसुवा नितान्त रुपमा रसुवालाई कसरी विकास गराउन सकिन्छ भनेर छलफल गर्नका लागि तयार पारिएको पेज

🔥✊ के तपाईँ तयार हुनुहुन्छ? ✊🔥यदि साँच्चै जिल्लाको माया छ ❤️ र "जिल्लाको लागि केही गर्छु" भन्ने सोच छ 💡 👉 आउनुहोस्,फरक य...
27/09/2025

🔥✊ के तपाईँ तयार हुनुहुन्छ? ✊🔥

यदि साँच्चै जिल्लाको माया छ ❤️ र "जिल्लाको लागि केही गर्छु" भन्ने सोच छ 💡 👉 आउनुहोस्,
फरक यात्रामा हातेमालो गरौँ! 🚀

👉 गर्ने के?
🏛️ प्रतिनिधिसभा, प्रदेशसभा र पालिकासम्म नेतृत्व गरेका व्यक्तिहरुको सम्पत्ति विवरण खोज्ने
📑 गाउँगाउँमा उपभोक्ता समितिसम्म पुगेका योजना/परियोजनाको अध्ययन गर्ने
🚫🪓 तोडफोड बिना
🚫🔥 आगजनी बिना
🚫🔪 हत्याहिंसा बिना
🚫💥 क्षति बिना
⚖️ कानुनी बाटोबाटै भ्रष्टाचारीलाई 🚫 पाखा लगाउने!

🌄✨ यो मात्र समाधान हैन – विकास पनि सँगै! ✨🌄

👉 भ्रष्टाचारविरुद्ध कानुनी बाटोबाट लड्ने मात्र होइन, जिल्लाको विकास सम्भावना खोज्नु पनि आवश्यक छ।🚀

👨‍👩‍👧 एक परिवार = एक रोजगारी
🎒 सबै बालबालिकालाई विद्यालयसम्म
🍚🏠👕 गास, बास, कपास, शिक्षा र स्वास्थ्यको व्यवस्था गर्ने
🌍 विकसित देशहरूले रसुवाजस्तो ठाउँलाई कसरी विकास गरे? अध्ययन गर्ने र रसुवामा लागू गर्ने सम्भावना खोज्ने

📑 यी सबै अध्ययनको नतिजा एकै ठाउँमा जम्मा गरेर विकासको मोडल तयार गर्ने 🏗️

👉 यो यात्रा हो न्यायसहितको विकासको 💪
👉 यो सपना हो समृद्ध रसुवाको 🌄

👉 विभिन्न विषयमा ज्ञान र अनुभव भएका व्यक्ति यस अभियानमा जोडिनु भयो भने, हाम्रो यात्रा झनै सहज, सबल र परिणाममुखी हुनेछ 🚀

✊ आउनुहोस्,
ज्ञान, अनुभव र प्रतिबद्धताको संगमबाट
भ्रष्टाचारमुक्त र समृद्ध जिल्ला बनाऔँ! 🌟

🏏 युनिटी कप टी-२०आई सिरिज (नेपाल 🇳🇵 vs वेस्ट इन्डिज 🌴) खेल तालिका 👉 नेपालको टोली (कप्तान: रोहित पौडेल)दीपेन्द्र सिंह ऐरी...
26/09/2025

🏏 युनिटी कप टी-२०आई सिरिज (नेपाल 🇳🇵 vs वेस्ट इन्डिज 🌴) खेल तालिका

👉 नेपालको टोली (कप्तान: रोहित पौडेल)
दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम

👉 वेस्ट इन्डिजको टोली (कप्तान: अकिल होसेन)
फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकीम अगस्ट, नविन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे, जेसन होल्डर, अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिङ्गर

👉 यो सिरिजपछि नेपालले टी-२० विश्वकप एसिया तथा इस्ट एसिया–पेसिफिक क्षेत्रीय फाइनल खेल्नेछ, त्यसकारण यो सिरिज नेपालका लागि अन्तिम तयारीको मौका हुनेछ।

🌦️ जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायु कमजोर छ भने स्थानीय वायुको आंशिक प्रभाव छ।👉 दिउँसोपहाडी भू–भ...
26/09/2025

🌦️ जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायु कमजोर छ भने स्थानीय वायुको आंशिक प्रभाव छ।

👉 दिउँसो
पहाडी भू–भागमा साधारण बदली
बाँकी क्षेत्रमा आंशिक बदली
कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भू–भागमा मध्यम वर्षाको सम्भावना
अन्य केही स्थानमा हल्का वर्षा 🌧️

👉 राति
कोशीसहित पहाडी भू–भागमा आंशिक बदली
बाँकी भू–भागमा मौसम मुख्यतः सफा 🌌
पहाडी क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना

🔥 भ्रष्टाचारविरुद्धको फाइलहरु सुरक्षितनागरिकमा खुसी, भ्रष्टाचारीमा चिन्ता 🔥जेन जी आन्दोलनको क्रममा भ्रष्टाचार हेर्ने विश...
26/09/2025

🔥 भ्रष्टाचारविरुद्धको फाइलहरु सुरक्षित
नागरिकमा खुसी, भ्रष्टाचारीमा चिन्ता 🔥

जेन जी आन्दोलनको क्रममा भ्रष्टाचार हेर्ने विशेष अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोग दुवै कार्यालयमा आगलागी भयो

दुवै कार्यालयका भौतिक संरचना प्रभावित 🏢
नियमित काममा फर्किन केही समय लाग्ने
तर,
केन्द्रीय कार्यालयका केही कोठा जले पनि फाइल भएको कोठा सुरक्षित 📂

भ्रष्टाचारका प्रमाण मेटाउन गरिएको प्रयास असफल🕵️‍♂️

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले भने,
“फाइल भएको कोठा नजलेकोले प्रभाव कम परेको छ।”

🗳️ तपाईँको मत अमूल्य छ 🙏 कृपया समयमै मतदाता नामावलीमा दर्ता गर्नुहोस्🗳️ मतदाता नामावली दर्ता प्रक्रिया सुरुनिर्वाचन आयोग...
26/09/2025

🗳️ तपाईँको मत अमूल्य छ 🙏 कृपया समयमै मतदाता नामावलीमा दर्ता गर्नुहोस्

🗳️ मतदाता नामावली दर्ता प्रक्रिया सुरु

निर्वाचन आयोगले पुनः मतदाता नामावली दर्ता प्रक्रिया सुरु भएको जनाएको छ।
🔹 दर्ता मिति: कात्तिक ३० गतेसम्म
🔹 योग्यता: १६ वर्ष पुगेका नेपाली नागरिकले नागरिकतासहित नामावलीमा दर्ता गर्न सक्ने
🔹 स्थान/समय: सातै प्रदेशका निर्वाचन कार्यालयमा बिहान ८ बजे देखि बेलुकी ६ बजेसम्म (बिदा बाहेक)
तर मतदान गर्न १८ वर्ष पुगेको हुनुपर्छ

यसअघि सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ का लागि निर्वाचन मिति तोकेसँगै प्रक्रिया रोकिएको थियो। अध्यादेशमार्फत मिति घोषणा भएपछि दर्ता फेरि खुलाइएको हो।

👉 तपाईँले आफ्नो नाम दर्ता गर्नुभएको छ?

🚨 प्रधानमन्त्री सुशीला कार्कीको पहिलो राष्ट्र सम्बोधन 🚨नेपालको मौजुदा शासकीय स्वरूप पुनर्संरचना (प्रत्यक्ष निर्वाचित प्र...
26/09/2025

🚨 प्रधानमन्त्री सुशीला कार्कीको पहिलो राष्ट्र सम्बोधन 🚨

नेपालको मौजुदा शासकीय स्वरूप पुनर्संरचना (प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री/राष्ट्रपति सहितको व्यवस्था) वर्तमान अन्तरिम सरकारको कार्यक्षेत्रभन्दा बाहिर

प्रधानमन्त्री कार्कीले सिंहदरबारबाट देशवासीलाई सम्बोधन गर्दै त्याग, बलिदान र संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै मिलेर अघि बढ्न आग्रह गरिन्। 🙏

मुख्य बुँदाहरू👇
1️⃣ फागुन २१ भित्र स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन 🗳️
2️⃣ विदेशमा रहेका नेपालीलाई मतदान अधिकारबारे छलफल 🌏
3️⃣ राजनीतिक दललाई निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन आह्वान 🤝
4️⃣ सेवाग्राहीसँग अपमान, ढिलासुस्ती वा घूस भए तत्काल कारबाही 🚫
5️⃣ संवैधानिक संशोधन जेनजी आन्दोलनको मुख्य मुद्दा, प्रक्रिया संविधानमै 📝
6️⃣ उद्योग–व्यवसाय पुनरुत्थान योजना लागू 🏭
7️⃣ अनुत्पादक खर्च कटौती र टुक्रे बजेट खारेज 💰
8️⃣ विगतका भ्रष्टाचार छानबिन गरी दोषीलाई कारबाही ⚖️
9️⃣ चाडपर्वमा आपूर्ति, यातायात र सुरक्षामा राज्य संयन्त्र सक्रिय 🎉

📰 सैनिक ब्यारेकबाट फर्किए ओलीनेकपा एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट बाहिर आएका ...
18/09/2025

📰 सैनिक ब्यारेकबाट फर्किए ओली

नेकपा एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट बाहिर आएका छन्।

📌 जेनजी प्रदर्शनका क्रममा सेनाले सुरक्षाका लागि ओलीलाई नियन्त्रणमा लिएको थियो।
प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि २४ भदौदेखि सैनिक ब्यारेकमा बस्दै आएका उनी आज बाहिरिएका हुन्।

🏠 प्रदर्शनकारीले बालकोटस्थित घर जलाएपछि ओलीलाई भक्तपुरको गुण्डुमा भाडाको घरमा सारिएको छ।
एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको पहलमा बसोबासको व्यवस्था गरिएको हो।

🎤 बस्नेतका अनुसार, छिट्टै ओलीलाई भव्य कार्यक्रममार्फत् सार्वजनिक गरिने तयारी छ।

📉 तीन पटकको सर्किट ब्रेकसँगै सेयर कारोबार स्थगितभदौ २३ र २४ काे ध्वंसात्मक घटनापछि खुलेको सेयर बजार आज तीन पटक नेगेटिभ स...
18/09/2025

📉 तीन पटकको सर्किट ब्रेकसँगै सेयर कारोबार स्थगित

भदौ २३ र २४ काे ध्वंसात्मक घटनापछि खुलेको सेयर बजार आज तीन पटक नेगेटिभ सर्किट ब्रेक लागेपछि स्थगित भएको छ ।

🔻 दिनभर बजार ६% घट्यो

कारोबार खुलेको २ मिनेटमै ४% गिरावट → २० मिनेट रोक
पुनः खुलेर ५% गिरावट → ११:२३ बजे दोस्रो सर्किट ब्रेक, ४० मिनेट रोक
१२:०४ बजे खुलेर फेरि थप ६% गिरावट → तेस्रो सर्किट ब्रेकपछि आजका लागि कारोबार पूर्ण रोक

📊 परिणाम

नेप्से परिसूचक १६० अंकले घटेर २५११ मा कायम
कुल कारोबार समय: करिब ४ मिनेट
कारोबार रकम: ७२ करोड ८७ लाख रुपैयाँ

👉 बजारमा निरन्तर अनिश्चितता, लगानीकर्तामा बेचैनी।

🚨 रसुवाका सबै जेनजीले पढ्नैपर्ने कुरा 💥⚖️ देशले नयाँ बाटो समाएको छ भनेर अपेच्छा त गर्नै पर्‍योतर, कहाँ कहाँ चुक्यो ? भन्...
18/09/2025

🚨 रसुवाका सबै जेनजीले पढ्नैपर्ने कुरा 💥

⚖️ देशले नयाँ बाटो समाएको छ भनेर अपेच्छा त गर्नै पर्‍यो
तर, कहाँ कहाँ चुक्यो ? भन्ने चर्चा आज जरुरी छ ।

🔥 जेनजी आन्दोलनले ल्याएको उपलब्धि
✅ सरकार ढल्यो
✅ संसद ढल्यो
✅ नयाँ (राजनीतिक दलमा नजोडिएका) व्यक्तिहरुको सरकार निर्माण भयो

तर, आन्दोलनको जगमा यी सहमति हुनुपर्ने थियो —
❌ बिक्रम सम्बत २०४६ सालदेखि आजसम्म नेतृत्व गरेका र जनप्रतिनिधि बनेका नेता, कार्यकर्ता, सरकारी कर्मचारी र उनका परिवारको सम्पत्तीको छानविन गर्ने सहमति भएन।
❌ संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्ने सहमति भएन।
❌ प्रदेशसभा र प्रदेश संरचना हटाउने सहमति भएन।

📌 अब प्रश्न : अहिले तयार गरिएको नयाँ सरकारले गर्ने भनिएको प्रतिनिधिसभा निर्वाचनबाट के सम्भावना देखिन्छ ?

🔹 पुराना राजनीतिक दल र दलका कार्यकर्ता तथा राज्यको सम्पत्तीबाट लाभ लिएका व्यक्तिहरुले फेरि यिनै दललाई भोट हाल्ने सम्भावना बढी।

👉 रसुवा जिल्लामा अनुमान
कसले बाजी मार्ला ?

एमाले
काँग्रेस
माओवादी
अन्य साना दल
स्वतन्त्र (अहिलेको आन्दोलनको प्रतिनिधित्व गर्ने)

📊 संविधान संशोधनका लागि संसदमा २/३ मत चाहिन्छ।
तर रसुवाको अनुमानित नतिजाले त्यो सम्भावना देखाउँछ त ? 🤔

📊 नयाँ सरकार बनाउन ५०% सिट चाहिन्छ।
तर के स्वतन्त्र उम्मेदवारहरूले ५०% जित्छन् ?

⚠️ अनि प्रश्न अझै उस्तै छ —
पुराना राजनीतिक दल फेरि सरकारमा पुगेपछि:

नेता, कार्यकर्ता, कर्मचारी र उनका परिवारको सम्पत्तीको छानविन गर्छन् ?

आफ्नो कार्यकर्तालाई पाल्न खोलेका प्रदेश संरचना भत्काउँछन् ?

👉 सिधा भन्नुपर्दा — आफैं पुरिने खाल्टो आफैंले खन्ने सम्भावना छ र ?

⚖️🔥 त्यसैले आन्दोलनले पूर्णता पाएन ।
👶 ति साना साना स्कुले बालबालिको मृत्यूले न्याय पाएन ।

📚अब कुरा गरौँ रसुवाको । के गर्ने ? कसरी गर्ने ✍️
विषयको अध्ययन गर्ने र कानुनी बाटोबाट भ्रष्टाचारीहरुलाई 🚫 पाखा लगाउनुपर्छ ।

🚫🪓 बिना तोडफोड,
🚫🔥 बिना आगजनी,
🚫🔪 बिना हत्याहिंसा,
🚫💥 बिना केही क्षति,

🏛️ विभिन्न निकायमा गएर आजसम्म नेतृत्व गरेका व्यक्तिहरुको सम्पत्तीको विवरण माग्ने,
📑 सम्पन्न भएका र हुन नसकेका योजना तथा परियोजनाहरुमा भएको भ्रष्टाचारको अध्ययन गर्ने,
⚖️ कानुनी कारबाहीको लागि लड्ने,
🔒 कानुनी बाटोबाट जेलसम्म पुर्याउने ।

🌄✨ यसो गर्न सकियो भने रसुवालाई देशैभरको नमुना जिल्ला बनाउन कसैले रोक्न सक्दैन ।

⚠️🌀 यदी जेनजी भनिने पुस्ताले त्यति गर्न सकिएन भने फेरि भविष्य भड्खालामा पर्ने निश्चित छ ।

🌧️ आजको मौसम अपडेट – बिहीबार 🌧️रसुवामा पनि वर्षा हुने संभावना🔹 दिउँसो:👉 कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका प...
18/09/2025

🌧️ आजको मौसम अपडेट – बिहीबार 🌧️

रसुवामा पनि वर्षा हुने संभावना

🔹 दिउँसो:
👉 कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी भू–भागमा मध्यम वर्षाको सम्भावना
👉 कोशी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिमका पहाडी/तराईका केही स्थानमा भारी वर्षाको सम्भावना।

🔹 राति:
👉 देशभर सामान्य बदली।
👉 कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा।
👉 बाँकी भू–भागका एक–दुई स्थानमा वर्षा हुने सम्भावना।

📌 भारी वर्षाको सम्भावना रहेका स्थानहरूमा सतर्क रहनुहोस्

⚽🚫 एन्फामाथि एएफसीको कारबाही👉 एएफसीले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई🔹 १०,००० अमेरिकी डलर जरिवाना🔹 फुटसल एसियन कप छनोटम...
18/09/2025

⚽🚫 एन्फामाथि एएफसीको कारबाही

👉 एएफसीले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई
🔹 १०,००० अमेरिकी डलर जरिवाना
🔹 फुटसल एसियन कप छनोटमा सहभागी हुन नपाउने
निर्णय गरेको छ।

📌 कारण:
एन्फाले इन्डोनेसियामा हुने २०२६ को छनोटबाट नाम फिर्ता गर्ने नियम तोडेको — खेल सुरु हुनुभन्दा १०६ दिनअघि मात्र नाम फिर्ता लिन पाइने तर एन्फाले ढिलो गरेको।

👉 यसका कारण नेपालले आगामी संस्करणको AFC Futsal Asian Cup Qualifiers मा समेत भाग लिन नपाउने भएको छ।

💥 जेन-जी आन्दोलन: अहिलेसम्मकै उच्च बीमा दाबी 💥भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका कारण निजी सम्पत्तिमा ३० अर्ब रुपैयाँ...
17/09/2025

💥 जेन-जी आन्दोलन: अहिलेसम्मकै उच्च बीमा दाबी 💥

भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका कारण निजी सम्पत्तिमा ३० अर्ब रुपैयाँभन्दा बढीको बीमा दाबी दर्ता भएको छ 🚨।

👉 २०७२ को गोरखा भूकम्प (१८ अर्ब) भन्दा धेरै दायित्व बीमा कम्पनीहरूलाई पर्ने देखिएको छ।
👉 थप मूल्यांकन भइरहेकाले दाबी रकम ४० अर्ब नाघ्ने अनुमान छ।

सबैभन्दा बढी क्षति भएका ठूला प्रतिष्ठानहरू:
🏢 चन्द्रागिरि केबलकार
🏬 भाटभटेनी सुपरमार्केट
🚗 गाडी शोरुमहरू
🏦 बैंकका शाखा कार्यालय
🏨 होटल हिल्टन, ह्यात रिजेन्सी
📡 एनसेल, सीजी डिजिटल
🏠 व्यक्तिगत घर र व्यवसाय

सरकारी सम्पत्तिको बीमा नभएकाले त्यसतर्फ दायित्व नपर्ने भए पनि, निजी तथा औद्योगिक क्षेत्रमा बीमा कम्पनीहरूको दायित्व इतिहासमै ठूलो देखिएको छ।

Address

Kalika/2
Rasuwa
45000

Alerts

Be the first to know and let us send you an email when GEN Z Rasuwa जेनजी, रसुवा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category