लहरेपाैवा स्वास्थ्य चाैकी, रसुवा

  • Home
  • Nepal
  • Rasuwa
  • लहरेपाैवा स्वास्थ्य चाैकी, रसुवा

लहरेपाैवा स्वास्थ्य चाैकी, रसुवा स्वास्थ्य सम्बन्धी जानकारी, सूचनाहरूकाे लागि हामीसँग जाेडिनुहाेला ।

आज मिति २०८२/१०/२८ गतेका दिन यस स्वास्थ्य चौकी द्धारा श्री नव विजयी महेन्द्र माध्यामिक विद्यालय, भलायडाँडा, रसुवाका कक्ष...
11/02/2026

आज मिति २०८२/१०/२८ गतेका दिन यस स्वास्थ्य चौकी द्धारा श्री नव विजयी महेन्द्र माध्यामिक विद्यालय, भलायडाँडा, रसुवाका कक्षा ६ मा अध्ययनरत छात्राहरु लाई लक्षित गरी पाठेघरको मुखको क्यान्सर विरुद्ध एच.पि.भी. खोप सेवा प्रदान गरियो।
🔰आवश्यक सहयोग तथा सहजीकरणका लागि श्री नव विजयी महेन्द्र माध्यमिक विद्यालय परिवारलाई हार्दिक धन्यवाद। 🙏

यस आ.व २०८२/०८३ मा यस स्वास्थ्य चौकीको प्रसूति सेवा अन्तर्गत दोश्रो सेवा दिएका छौँ ।====================================...
23/01/2026

यस आ.व २०८२/०८३ मा यस स्वास्थ्य चौकीको प्रसूति सेवा अन्तर्गत दोश्रो सेवा दिएका छौँ ।
======================================
यस स्वास्थ्य चौकीको प्रसूति सेवा अन्तर्गत आ.व. २०८२/०८३ मा माघ ०९ गते दोश्रो सेवा दिएका छौँ । आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
उत्तरगया गाउँपालिका, वडा नं. ४ निवासी राधिका तामाङ (आमा) र जितमान थिङ्ग तामाङ (बाबा) एवं सम्पूर्ण परिवारमा हार्दिक बधाई तथा आमा र बच्चाको सु-स्वास्थ्यको कामना । साथै,
यस सेवामा प्रत्यक्ष रुपमा खटिनुहुने दक्ष प्रसुति स्वास्थ्यकर्मी (@नविना न्यौपाने
र कल्पना श्रेष्ठ ( shreshtha) सिस्टर लगायत सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई धेरै-धेरै धन्यवाद ।

जनहितका लागि जारी सन्देश: 👇
✅️आमाले आराम र पौष्टिक आहारमा विशेष ध्यान दिन,
✅️बच्चा जन्मिए देखि ६ महिना सम्म शिशुलाई आमाको दूध मात्र खुवाउन (६ महिना सम्म पानी पनि खुवाउनु हुँदैन),
✅️बच्चालाई दिन र रात गरी कम्तिमा १० देखि १२ पटक सम्म स्तनपान गराउन,
✅️बच्चा ६ महिना को हुने बितिकै आमाको दूध सँगै थप खाना खुवाउन शुरु गर्न र,
✅️स्वास्थ्यकर्मी र म.सा.स्वा.स्व. सेवीकाहरुको सल्लाह बमोजिम राष्ट्रिय खोप तालिका अनुसार खोप लगाउन अनुरोध गर्दछौँ ।
-लहरेपौवा स्वास्थ्य चौकी परिवार 🙏

मासिक सेवा प्रवाहको विवरण सार्वजनिक गरिएको सम्बन्धमा ।====================================
21/01/2026

मासिक सेवा प्रवाहको विवरण सार्वजनिक गरिएको सम्बन्धमा ।
====================================

महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुको नामावली====================================यस स्वास्थ्य चौकी अन्तर्गतका महिल...
14/09/2025

महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुको नामावली
====================================
यस स्वास्थ्य चौकी अन्तर्गतका महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुको नामावली

१. स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका पदाधिकारीहरु२. स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरु३. स्वास्थ्य चौकी अन...
14/09/2025

१. स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका पदाधिकारीहरु
२. स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरु
३. स्वास्थ्य चौकी अन्तर्गतका म.सा.स्वा.स्व.सेविकाहरु

वर्षाजन्य (मुख्यगरी वर्षायाममा हुने) फोहोरमैला व्यवस्थापन तथा सरसफाई कार्यक्रम : 😊======================================...
08/09/2025

वर्षाजन्य (मुख्यगरी वर्षायाममा हुने) फोहोरमैला व्यवस्थापन तथा सरसफाई कार्यक्रम : 😊
======================================
कार्यालय परिसर आजको सरसफाई कार्यक्रम सम्पन्न गरियो । सम्पूर्णलाई धेरै धेरै धन्यवाद ।🙏

आ.व. २०८२०/८३ को वार्षिक कार्यतालिका ====================================यस स्वास्थ्य चौकीको २०८२/०८३ को वार्षिक कार्यता...
24/08/2025

आ.व. २०८२०/८३ को वार्षिक कार्यतालिका
====================================
यस स्वास्थ्य चौकीको २०८२/०८३ को वार्षिक कार्यतालिका तपसिल बमोजिम सार्वजनिक गरिएको छ ।
अबका हाम्रा कार्यक्रम तथा सेवाहरु देहाय बमोजिम संचालन हुनेछन् ।
सौजन्य तथा सहयोगका लागि Medical and Health Hub लाई धेरै धेरै धन्यवाद । 🙏

Address

Uttargaya RM/4, Karmidanda
Rasuwa
45003

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when लहरेपाैवा स्वास्थ्य चाैकी, रसुवा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share