29/03/2026
प्यारा मेरा साथी–भाइहरू,
राजनीतिक आन्दोलनले मानिसलाई उक्साउँछ, उत्तेजित बनाउँछ। क्यामेराको अगाडि भाइरल हुन मन लाग्छ, ढुंगा हान्न र आगो बाल्न ठूलो जोश आउँछ। दाइका लागि, बा का लागि लडियो भने भोलि लाभ पाइन्छ भन्ने स्वार्थ पनि हुन्छ।
हिजो गृह मन्त्रालयमा हाम्रा दाइ, नत्र तिम्रा बा नै हुन्थे , उनीहरुकै चल्थ्यो। पुलिस चौकी पुगेको केही घण्टामै सम्मानका साथ छुट्ने थियौँ। तर आज न मेरा दाइको चल्छ, न तिम्रा बा , अझ तिम्रा बा त समातिइसके!
गृह, रक्षा र सरकार एकैसाथ छन्, र आजको सरकार हिजो जस्तो छैन, एउटा घुर्कीले ढल्ने।
पूरा ५ वर्ष कसैले केही गर्न सक्दैन। त्यसैले, यदि कुनै हालतमा तिमी प्रहरीको हातमा पर्यौ भने, तिम्रा बा का लागि केही फरक पर्दैन, न देशकै लागि , तर तिमी त आफ्ना परिवारका लागि सबै थोक हौ।
भोलि राज्यले चाहे धरौटी राख्न पनि पैसा नपुग्ने अवस्था आउन सक्छ। त्यसैले “आन्दोलन” भनेर उक्साउने कामले जन्म दिएका बा–आमा र तिमीबाट जन्मिएका सन्तानलाई सधैँ पीडा हुने काम नगर।
नेपाल बन्छ, काम गर्न देऊ।
✍️