03/09/2026
****तनाव व्यवस्थापन सम्बन्धी परामर्श कार्यक्रम***
मिति २०८३।०५।१७ र १८ गते जिल्ला प्रहरी कार्यालय सप्तरीको सभाहलमा प्रहरी कर्मचारीहरुको मनोबल बढाउन र मानसिक स्वास्थ्य सबल राख्न “तनाव व्यवस्थापन सम्बन्धी विशेष मनोपरामर्श कार्यक्रम” संचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रुपक खड्का ज्यू समेतको उपस्थितीमा सञ्चालित उक्त कार्यक्रममा यस कार्यालय तथा मातहत कार्यरत रहेका सि.प्र.अ., जु.प्र.अ. र अन्य दर्जाका प्रहरी कर्मचारीहरु गरी कुल ७१ जना प्रहरी कर्मचारीहरुको सहभागितामा परामर्श मनोविज्ञान र सामाजिक अध्ययन कलेजका मनोपरामर्शदाता लिला थापा ज्यूले तनाव पहिचान , व्यवस्थापन र सकारात्मक सोच अभिवृद्धि सम्बन्धी महत्वपूर्ण परामर्श प्रदान गर्नुभएको केही तस्विरहरु..................