झिमरुक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय प्यूठान

  • Home
  • Nepal
  • Pyuthan
  • झिमरुक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय प्यूठान

झिमरुक गाउँपालिका  गाउँ कार्यपालिकाको कार्यालय प्यूठान यो झिमरुक गाँउपालिकाको आधिकारीक page हो।

हार्दिक सुभकामना ।
29/05/2026

हार्दिक सुभकामना ।

गणतन्त्र दिवस–२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै झिमरुक गाउँपालिका अध्यक्ष श्री पित बहादुर महतरा क्षेत्रीले नेपाल...
29/05/2026

गणतन्त्र दिवस–२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै झिमरुक गाउँपालिका अध्यक्ष श्री पित बहादुर महतरा क्षेत्रीले नेपाली जनताको त्याग, बलिदान र समर्पणबाट प्राप्त ऐतिहासिक उपलब्धिको संरक्षण र सुदृढीकरण आजको आवश्यकता भएको बताउनुभएको छ । गणतन्त्रको विकल्प नभएको भन्दै यही व्यवस्थालाई सुदृढीकरण गर्दै नेपाललाई सभ्य, समुन्नत, सुखी र समृद्ध राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिने बताउनुभएको छ ।
लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि सबैले आ आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गरौ भन्दै सवैलाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।

29/05/2026

गणतन्त्र दिबश को अबसरमा सुभकामना दिनुहुदै झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री ।

मिति २०८३/०२/१३ गते झिमरुक गाउँपालिका अध्यक्ष श्री पित बहादुर महतरा क्षेत्रीज्यूको अध्यक्षतामा झिमरुक गाउँपालिकाको लैङ्ग...
28/05/2026

मिति २०८३/०२/१३ गते झिमरुक गाउँपालिका अध्यक्ष श्री पित बहादुर महतरा क्षेत्रीज्यूको अध्यक्षतामा झिमरुक गाउँपालिकाको लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण (GEDSI-Audit) सम्बन्धी २ दिने अभिमुखिकरण तथा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेल , नि.प्रमुख प्रशासकीय अधिकृत विकास के.सी., वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शाखाका शाखा प्रमुखहरु लगाएत को उपस्थिति रहेको थियो । सोही कार्यक्रमको सहजिकरण पार्वता आचार्य र पम्फा पन्तले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन महिला विकास निरिक्षक शर्मिला वि.क.ले गर्नुभएको थियो ।

26/05/2026
आज मिति २०८३/०२/११ गते झिमरुक गाउँपालिका अध्यक्ष श्री पित बहादुर महतरा क्षेत्रीज्युको अध्यक्षतामा लैङ्गिक समानता:  अपाङ्...
25/05/2026

आज मिति २०८३/०२/११ गते झिमरुक गाउँपालिका अध्यक्ष श्री पित बहादुर महतरा क्षेत्रीज्युको अध्यक्षतामा लैङ्गिक समानता: अपाङ्गता तथा सामाजिक समाबेशीकरण सम्बन्धी क्षमता अभिबृद्धी तालिम कार्यक्रमको उद्घाटन भयको छ। उक्त तालिम कार्यक्रमको आयोजना झिमरुक गाउँपालिका , सहजीकरण स्कोलर नेपाल प्रा.लि र प्राबिधिक सहयोग GIZ परियोजनाले गरेको थियो । सोही कार्यक्रममा झिमरुक गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरी जि.सी. , वडा अध्यक्षहरु, महिला स्वास्थ स्वयंसेविकाहरु, शाखाका कर्मचारीहरु, लगायतको उपस्थिति रहेको थियो ।

24/05/2026

हाम्रो झिमरुक गाउँपालिकामा Mandala Theatre-Nepal तथा GIZ S2GESI को सहकार्यमा “फोरम थिएटर (कचहरी नाटक) कार्यशाला तथा स्थानीय थिएटर क्लब गठन कार्यक्रम” सञ्चालन हुन लागेकोमा हामी अत्यन्त खुशी व्यक्त गर्दछौं।
यस कार्यक्रममार्फत स्थानीय युवा, विद्यार्थी, महिला, दलित तथा सीमान्तकृत समुदायका सहभागीहरूलाई नाटकमार्फत समुदायका सामाजिक मुद्दामा संवाद गर्ने, सिक्ने र नेतृत्व विकास गर्ने अवसर प्राप्त हुनेछ। हाम्रो पालिका स्थानीय थिएटर क्लबहरूको विकास तथा प्रशिक्षित युवाहरूलाई भविष्यमा समेत अवसर र सहकार्य प्रदान गर्न प्रतिबद्ध रहेको जानकारी गराउन चाहन्छौं।
स्थानीय युवाहरूलाई यस सिर्जनात्मक तथा सामाजिक अभियानमा सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौं।
📝 सहभागिताका लागि Google Form भर्नुहोस्:
[Google Form Link] https://forms.gle/7yygzdTsaSG1bexU6

📅 कार्यशाला अवधि: जेठ १४–२८
🎭 प्रदर्शन अवधि: जेठ २९ – असार ५

आज मिति २०८३/०२/०९ गतेका दिन यस झिमरुक गाउँपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत मा.वि.का प्र.अ. तथा शिक्षक प्रति...
23/05/2026

आज मिति २०८३/०२/०९ गतेका दिन यस झिमरुक गाउँपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत मा.वि.का प्र.अ. तथा शिक्षक प्रतिनिधिहरुको उपस्थितिमा SEE परिक्षा २०८२ को नतिजा सम्बन्धी समीक्षात्मक बैठक झिमरुक गाउँपालिकाका अध्यक्ष श्री पित वहादुर महतरा क्षेत्री ज्यूको अध्यक्षतामा वसी सम्पन्न गरियो । उक्त बैठकमा See परिक्षा सञ्चालन र सञ्चालनका क्रममा भएका कमि कमजोरी र see result को बारेमा व्यापक रुपमा छलफल गरी आगामी दिनमा कसरी सुधार गर्न सकिन्छ भन्ने बारेमा छलफल गरियो ।

निर्णयको जानकारी सम्बन्धमा।
22/05/2026

निर्णयको जानकारी सम्बन्धमा।

विद्यालय व्यवस्थापन समिति पुनर्गठन गर्ने सम्बन्धमा ।
22/05/2026

विद्यालय व्यवस्थापन समिति पुनर्गठन गर्ने सम्बन्धमा ।

आज मिति २०८३/०१/०७ गते स्थानीय सरकारको सहभागीतामा कफी बगैचा सुधार तथा व्यवस्थापन सम्बन्धी प्रयोगात्मक जनचेतना मुलक १ दिन...
21/05/2026

आज मिति २०८३/०१/०७ गते स्थानीय सरकारको सहभागीतामा कफी बगैचा सुधार तथा व्यवस्थापन सम्बन्धी प्रयोगात्मक जनचेतना मुलक १ दिने तालिम झिमरुक गाउँपालिका अध्यक्ष श्री पितबहादुर महतरा क्षेत्रीज्यूको प्रमुख आतित्थता र राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चिया तथा कफी विकास कार्यालय प्यूठानको आयोनामा सम्पन्न भएको छ । उक्त तालीम कार्यक्रमले कृषकहरुलाई कफी खेती गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ । सोही कार्यक्रममा झिमरुक गाउँपालिकाका कर्मचारीहरु, विभन्न वडामा कफी खेती गर्ने कृषकहरुको सहभागीता रहेको थियो भने कार्यक्रमको सहजिकरण राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चिया तथा कफी विकास कार्यालय प्यूठानका निमित्त कार्यालय प्रमुख एकराज सन्ज्यालले गर्नुभएको थियो। कार्यक्रम संचालन दामोदर उपाध्याले गर्नुभएको थियो ।

Address

Jhimruk Rural Municipality
Pyuthan
22300

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+9779843844037

Alerts

Be the first to know and let us send you an email when झिमरुक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय प्यूठान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to झिमरुक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय प्यूठान:

Share