Shanti Samaj Nepal Kaski

Shanti Samaj Nepal Kaski मानव अधिकार, शान्ति, अहिंसा र लोकतन्त्र ।

02/06/2026
मानव अधिकार तथा शान्ति समाज (कास्की शाखा)द्वारा पारित“आदर्श नागरिक समाजको परिकल्पनाः शान्ति समाजले अवलम्बन गरेको बाटो” स...
02/06/2026

मानव अधिकार तथा शान्ति समाज (कास्की शाखा)द्वारा पारित
“आदर्श नागरिक समाजको परिकल्पनाः शान्ति समाजले अवलम्बन गरेको बाटो” सम्बन्धी संकल्प प्रस्ताव – २०८३
१. प्रस्तावना
मानव अधिकार तथा शान्ति समाज कास्की शाखाको आयोजनामा संस्थाको ३० औं वार्षिकोत्सवका अवसरमा मिति २०८३ जेठ १९ गते पोखरामा सम्पन्न “आदर्श नागरिक समाजको परिकल्पनाः शान्ति समाजले अवलम्बन गरेको बाटो” विषयक नागरिक संवाद कार्यक्रममा उपस्थित नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी, पत्रकार, कानुन व्यवसायी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको व्यापक छलफल र सर्वसम्मत निष्कर्षका आधारमा यो संकल्प प्रस्ताव पारित गरिएको छ।
२. मुख्य संकल्पहरू
क) विधिको शासन र सामाजिक न्यायको प्रत्याभूतिः देश अध्यादेशका भरमा चल्ने परिपाटीको अन्त्य गर्दै पूर्ण रूपमा कानुनी शासन कायम गरिनुपर्नेछ। लोकतन्त्र र गणतन्त्रको सुदृढीकरणका लागि राज्यका हरेक निकायमा विधिको शासन र सामाजिक न्यायलाई व्यवहारमा अक्षरसः कार्यान्वयन गर्न यो बैठक जोडदार माग गर्दछ।
ख) मानव अधिकार प्रतिवेदनहरूको कार्यान्वयनः राष्ट्रिय मानव अधिकार आयोग तथा गौरी बहादुर कार्की आयोगको प्रतिवेदनमा औंल्याइएका सुझाव र सिफारिसहरूलाई सरकारले तत्काल कार्यान्वयनमा लैजानुपर्ने संकल्प गरिन्छ। साथै, बढ्दै गइरहेको मानव अधिकार हननका घटनाप्रति सजग रहँदै नागरिक स्तरबाट निरन्तर खबरदारी जारी राख्ने प्रतिबद्धता व्यक्त गरिन्छ।
ग) दण्डहीनताको अन्त्य र नागरिक दायित्वः समाजमा बढ्दै गइरहेको दण्डहीनताले भावी पुस्तामा नकारात्मक असर पार्ने हुँदा यसको पूर्ण अन्त्यका लागि राज्य र नागरिक दुवै जिम्मेवार हुनुपर्छ। आदर्श नागरिक समाजको निर्माणका लागि प्रत्येक नागरिकले अधिकारसँगै आफ्नो सामाजिक दायित्व र कर्तव्यको बोध आफ्नै घरपरिवारबाट सुरु गर्नुपर्ने संकल्प गरिन्छ।
घ) सहिष्णुता र संरक्षणमुखी विकासः नेपाली जनतामा रहेको सामाजिक सहिष्णुतालाई खलबलिन नदिन सरोकारवाला सबै पक्ष जिम्मेवार हुनुपर्नेछ। राज्यले अवलम्बन गर्ने विकासका योजनाहरू वातावरण र मानव अधिकारको ’संरक्षणमुखी’ हुनुपर्ने धारणालाई यो बैठक अनुमोदन गर्दछ।

ङ) व्यवस्थित सहरीकरण र सुकुम्बासी व्यवस्थापनः पोखराको फिर्के र बसपार्क संरक्षण अभियान लगायतका क्षेत्रमा सरकारी मापदण्ड मिचेर बनाइएका संरचना हटाउने (डोजर अभियान) कार्य गर्दा बिना भेदभाव, कानुनको समान प्रयोग र सुकुम्बासीहरूको उचित व्यवस्थापन सँगसँगै गरिनुपर्ने माग गर्दछ।
च) नागरिक समाजको ऐक्यबद्धताः समाजमा विद्यमान सबै खाले विभेदहरूको अन्त्य गर्दै एउटा आदर्श र सभ्य नागरिक समाज निर्माणका लागि सम्पूर्ण नागरिक संघ–संस्थाहरू एकताबद्ध भई अगाडि बढ्ने संकल्प गरिन्छ ।
३. उपसंहार
यो नागरिक संवाद कार्यक्रम शान्ति समाजले प्रस्तुत गरेको १२ बुँदे अवधारणा पत्रलाई आत्मसाथ गर्दै र प्राप्त रचनात्मक टिप्पणीहरूलाई समेट्दै आगामी दिनमा राज्यलाई उत्तरदायी बनाउन र नागरिकलाई सचेत गराउन निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दछ।
प्रस्तावकः रमेश परियार (कोषाध्यक्ष, मानव अधिकार तथा शान्ति समाज, कास्की)
समर्थकः झलक प्रसाद तिवारी (सचिव, मानव अधिकार तथा शान्ति समाज, कास्की)
अध्यक्षताः सावित्रा देवी सुवेदी (सभापति, मानव अधिकार तथा शान्ति समाज, कास्की)
मितिः २०८३ जेठ १९ गते, सोमबार
स्थानः माई होटल , पोखरा, लेकसाइड , कास्की।

मानव अधिकार तथा शान्ति समाज कास्कीको आयोजनामा १७औँ गणतन्त्र दिवसको अवसरमा पोखराको पृथ्वीचोकमा प्रदर्शन कार्यक्रम सम्पन्न...
29/05/2026

मानव अधिकार तथा शान्ति समाज कास्कीको आयोजनामा १७औँ गणतन्त्र दिवसको अवसरमा पोखराको पृथ्वीचोकमा प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागीहरूले लोकतन्त्र, संसदको सर्वोच्चता, सुशासन तथा लोकतान्त्रिक गणतन्त्रको पक्षमा विभिन्न प्लेकार्ड प्रदर्शन गरेका थिए।
प्रदर्शनका क्रममा “लोकतन्त्र विरोधीको लौरो बन्द गर”, “संसदीय सर्वोच्चता जोगाऔँ”, “लोकतान्त्रिक गणतन्त्र जिन्दावाद” लगायतका नारासहित जनचेतनामूलक सन्देश प्रवाह गरिएको थियो। मानव अधिकार तथा शान्ति समाज कास्कीले लोकतन्त्रको रक्षा, संविधानको कार्यान्वयन, शान्ति र सुशासनको पक्षमा नागरिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियाे ।

हार्दिक निमन्त्रणा ।१९ औँ गणतन्त्र दिवसका सन्दर्भमा , लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ महत्वपूर्ण योगदान गरेको स्वयंसेवी...
27/05/2026

हार्दिक निमन्त्रणा ।
१९ औँ गणतन्त्र दिवसका सन्दर्भमा , लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ महत्वपूर्ण योगदान गरेको स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाज कास्की शाखाले
निम्न नारा सहित आयोजना हुन गैरहेको प्रदर्शनमा उपस्थितिको लागि सादर अनुरोध गर्दछौं ।
“सरकार : लोकतन्त्र विरोधीको लौरो नबन, संसद् : संसदीय सर्वोच्चता जोगाउ, न्यायालय : पहिले दलको अहिले सरकारको छायाबाट मुक्त गराऊ” ।
मिति : २०८३ जेठ १५ गते शुक्रबार
समय : बिहान ८ बजे (आधा घण्टा)
स्थान :पृथ्वीचोक
मानव अधिकार तथा शान्ति समाज कास्की

मानव अधिकार तथा शान्ति समाज, कास्की शाखाद्वारा “युद्ध निषेध, शान्ति विशेष अभियान” सफलतापूर्वक सम्पन्न गरिएको छ। अमेरिका,...
17/03/2026

मानव अधिकार तथा शान्ति समाज, कास्की शाखाद्वारा “युद्ध निषेध, शान्ति विशेष अभियान” सफलतापूर्वक सम्पन्न गरिएको छ।
अमेरिका, इजरायल र इरान जस्ता देशहरूबीच बढ्दो तनाव र द्वन्द्वका सन्दर्भमा विश्व शान्तिको पक्षमा आवाज उठाउँदै “Stop War, Promote Peace” सन्देश प्रवाह गरिएको हो।

आज मानव अधिकार तथा शान्ति समाज कास्की शाखामा केन्द्रिय सभापति रेनुका पाैडेलज्यू संग आत्मीय भेटघाट तथा समसामयिक विषयमा छल...
03/03/2026

आज मानव अधिकार तथा शान्ति समाज कास्की शाखामा केन्द्रिय सभापति रेनुका पाैडेलज्यू संग आत्मीय भेटघाट तथा समसामयिक विषयमा छलफल सम्पन्न भयो।
शाखा सुदृढीकरण, मानव अधिकार संरक्षण र शान्ति प्रवर्द्धनका विषयमा महत्वपूर्ण सुझाव तथा मार्गदर्शन प्राप्त भयो।
यस अवसरमा उपस्थित सम्पूर्ण अग्रज तथा
सबैमा हार्दिक धन्यवाद। 🙏

शान्ति र सद्भावका लागि ऐक्यबद्धता ​मानव अधिकार तथा शान्ति समाज (HURPES) कास्की शाखाद्वारा आज एक विशेष प्रदर्शन सम्पन्न भ...
17/01/2026

शान्ति र सद्भावका लागि ऐक्यबद्धता
​मानव अधिकार तथा शान्ति समाज (HURPES) कास्की शाखाद्वारा आज एक विशेष प्रदर्शन सम्पन्न भएको छ। "शान्ति हाम्रो अधिकार, अहिंसा हाम्रो पहिचान; सद्भाव हाम्रो जीवनधारा, सहिष्णुता हाम्रो स्वाभिमान" भन्ने मूल नाराका साथ समाजमा बढ्दै गएको हिंसा र घृणा विरुद्ध आवाज बुलन्द गरेका छौँ।
​कार्यक्रममा मूल ब्यानरका साथै विभिन्न १९ वटा समसामयिक नाराहरू लेखिएका प्लेकार्डसहित सहित शान्तिकर्मिहरुकाे सहभागिता रहेकाे थियाे ।

मानव अधिकार तथा शान्ति समाजको २८औं राष्ट्रिय परिषद बैठक तानसेन पाल्पामा कास्की शाखा बाट सहभागिताकाे केही झलकहरु । राम्रा...
04/01/2026

मानव अधिकार तथा शान्ति समाजको २८औं राष्ट्रिय परिषद बैठक तानसेन पाल्पामा कास्की शाखा बाट सहभागिताकाे केही झलकहरु । राम्राे आतिथ्यता र कार्यक्रम सफल बनाउने पाल्पा शाखालाई हार्दिक बधाई सहित धन्यबाद ।

Address

Kaski
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Shanti Samaj Nepal Kaski posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category