Akhil-Krantikari Library WRC

Akhil-Krantikari Library WRC A Library for Western Regional Campus students located in Lamachaur,Pokhara

१८ औँ पुस्तकालय दिवसको यस विशेष अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक, सहयोगी तथा शुभेच्छुक महानुभावहरूमा  यस अखिल (क्रान्त...
31/08/2025

१८ औँ पुस्तकालय दिवसको यस विशेष अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक, सहयोगी तथा शुभेच्छुक महानुभावहरूमा यस अखिल (क्रान्तिकारी) पुस्तकालय तथा अखिल क्रान्तिकारी पश्चिमाञ्चल क्याम्पस परिवार शुभकामना व्यक्त गर्दछौं ।

अखिल (क्रान्तिकारी) पश्चिमाञ्चल क्याम्पसले २०८० साल मंसिर महिनामा स्थापना गरेको अखिल (क्रान्तिकारी) पुस्तकालय हाल ४५० भन्दा बढी पुस्तकहरूको संग्रहसहित निरन्तर शैक्षिक यात्रामा अघि बढिरहेको छ।

यस पुस्तकालय स्थापना गर्नुको उद्देश्य विद्यार्थीलाई पुस्तक अध्ययनमार्फत अझ गहिरो ज्ञान प्राप्त गर्न , अनुसन्धानमा सक्रिय बन्न र नवीन विचारहरूको सिर्जना गर्न अवसर प्रदान गर्नु थियो। स्थापना गरेदेखि आजसम्म यस पुस्तकालयलाई समृद्ध बनाउन विभिन्न सहयोगी मनहरू, समाजसेवी व्यक्तित्वहरू तथा शुभेच्छुक महानुभावहरूले निरन्तर योगदान पुर्‍याउँदै आउनुभएकोमा हामी कृतज्ञ छौं ।

पुस्तक दान गर्नु केवल एउटा वस्तु हस्तान्तरण गर्ने कार्य मात्र होइन; यो त भविष्यमा लगानी गर्ने, ज्ञान बाँड्ने र शिक्षाको जगलाई सुदृढ बनाउन गरिएको अमूल्य योगदान हो भन्ने हाम्रो दृढ विश्वास छ। यस अवसरमा हामी सम्पूर्ण सामाजिक व्यक्तित्व, सहयोगी मन तथा शुभेच्छुक महानुभावहरूलाई पुस्तकालयलाई अझ सबल र समृद्ध बनाउन निरन्तर सहयोगका लागि अपिल गर्दछौँ।

हाम्रो यस अखिल (क्रान्तिकारी) पुस्तकालय अझ समृद्ध बनाउँदै
यस मार्फत विद्यार्थीहरू अनुसन्धान र अध्ययनमा प्रेरित भयी
नयाँ क्षितिजहरू उघार्दै शिक्षा–ज्ञानको उज्यालो बाटोबाट समाज रुपान्तरणमा टेवा पुर्याओस भन्ने कामना गर्दछौँ।
❤️✨
Krantikarilibrary.com

01/06/2025

आज मिति २०८२/०२/१८ गते अखिल क्रान्तिकारी पुस्तकालय टीमको बसेको बैठकबाट यस अखिल क्रान्तिकारी पुस्तकालय लाई थप विस्तार गर्न र सबै सहयोगी मनहरु संग सहकार्यको ढोका खोल्न " आर्थीक सहयोग र पुस्तक सहयोग को लागि सहयोगी दाता हरुलाई अपील गर्ने" निर्णय गरेको छ |

**जन्मदिनमा पुस्तक सहयोग गर्ने संस्कृतिमा निरन्तरता**अखिल (क्रान्तिकारी) को नयाँ कोसेली थरीथरीका पुस्तकहरु समबेश गरिएको ...
28/04/2025

**जन्मदिनमा पुस्तक सहयोग गर्ने संस्कृतिमा निरन्तरता**

अखिल (क्रान्तिकारी) को नयाँ कोसेली
थरीथरीका पुस्तकहरु समबेश गरिएको
LIBRARY
भन्ने मुल नाराका साथ अखिल (क्रान्तिकारी) पश्चिमाञ्चल इकाई कमिटीले स्थापना गरेको पुस्तकालय लाई एक दिशा तर्फ उन्मुख गराउने प्रयास र एउटा संस्कार को विकास लाई निरन्तरता दिँदै यस पुस्तकालयका सञ्चालक -ई.अ.स पश्चिमाञ्चल क्याम्पसमा चोथो बर्षमा अध्ययनरत Sujan Rai ले आज पर्न गएको जन्म दिनको अवसरमा निम्न बहु चर्चित प्रेरणादायी एवं ज्ञानवर्धक पुस्तकहरु अखिल(क्रान्तिकारी ) को पुस्तकालयलाई हस्तान्तरण गर्नु भएको छ।
१. Karnali Blues -Buddhisagar
२. 48 Laws of Power -Robert Greenel

तपाईं प्रति यस पुस्तकालय परिवार सदैव आभारी रहनेछ साथै आगामी दिनमा पनि साथ , सहयाेग, सहकार्यको को अपेक्षा राख्दछ र यस सदाशयताका लागि अखिल (क्रान्तिकारी) पुस्तकालय परिवार हार्दिक धन्यबाद ब्यक्त गर्दछ ,, साथै जन्म दिनको असिमित शुभकामना छ sujan rai दाई ❤️✨

अखिल (क्रान्तिकारी) पुस्तकालय "WRC" का सञ्चालक
Sujan Rai लाई जन्म दिनको शुभकामना छ
तपाईंले गर्दै आउनु भएको निस्वार्थ सेवा लाई निरन्तरता दिदै
सदैव समाज र सामाजिक कार्यमा अग्रपंतिमा रहनु होला शुभकामना छ ❤️🎉

अखिल (क्रान्तिकारी) पुस्तकालय "WRC" का सञ्चालक Sujan Rai लाई जन्म दिनको शुभकामना छ तपाईंले गर्दै आउनु भएको निस्वार्थ सेव...
28/04/2025

अखिल (क्रान्तिकारी) पुस्तकालय "WRC" का सञ्चालक
Sujan Rai लाई जन्म दिनको शुभकामना छ
तपाईंले गर्दै आउनु भएको निस्वार्थ सेवा लाई निरन्तरता दिदै
सदैव समाज र सामाजिक कार्यमा अग्रपंतिमा रहनु होला शुभकामना छ ❤️🎉

07/03/2025

स्वतन्त्र विद्यार्थी युनियन (𝙵𝚂𝚄) बारे जानौं, मतदान गरौं!

✨तपाईंको भोट एकदमै महत्वपूर्ण छ!!
मतदान तपाईंको अधिकार हो!
नेपालको संविधानले सबै विद्यार्थीलाई स्वतन्त्र विद्यार्थी युनियनमा भाग लिन र मतदान गर्न अधिकार दिएको छ। आफ्नो भविष्यको नेतृत्व आफैं छान्ने जिम्मेवारी हामी सबैको हो।

📅 मिति: चैत ५

🔶 सजग विद्यार्थी, सशक्त नेतृत्व!!!!

❤️✨

02/03/2025

???😱

*"I Fell in Love with Hope: प्रेम, मित्रता र आशाको कथा" ***"I Fell in Love with Hope" अमेरिकी लेखक Lancali द्वारा लिखित ...
07/02/2025

*"I Fell in Love with Hope: प्रेम, मित्रता र आशाको कथा" ***

"I Fell in Love with Hope" अमेरिकी लेखक Lancali द्वारा लिखित एक भावनात्मक उपन्यास हो । यो पुस्तक मुख्यतः पाँचजना किशोरहरू— साम, सोनी, नियो, कोएर, र हिकारी— को कथा हो, जो गम्भीर रोगबाट पीडित छन् र अस्पतालमा बस्दै आएका छन्। उनीहरूको जीवन अन्य सामान्य किशोरहरूको जस्तो छैन; तैपनि, उनीहरूले खुसी र स्वतन्त्रताको खोजी गर्न कहिल्यै छोड्दैनन्।
पुस्तकका मुख्य विषयवस्तु ---
१. जीवन र मृत्युको सीमारेखा
२. मित्रताको शक्ति
३. मनोवैज्ञानिक र भावनात्मक संघर्ष
४. प्रेम र आशाको खोजी

"I Fell in Love with Hope" केवल एउटा प्रेमकथा होइन; यो जीवन, मृत्यु, मित्रता, र मानसिक स्वास्थ्यको गहिरो अध्ययन हो। यदि तपाईंले यस्ता कथा मन पराउनुहुन्छ जसले तपाईंलाई हृदयदेखि नै छुन्छ, तपाईंलाई हँसाउँछ, र कहिलेकाहीँ आँसु झार्न बाध्य बनाउँछ, भने यो पुस्तक तपाईंका लागि उपयुक्त छ।

तर, यस पुस्तकमा गम्भीर मानसिक स्वास्थ्यका मुद्दाहरू उठाइएका छन्, त्यसैले पढ्नु अघि trigger warnings (संवेदनशील विषयवस्तुहरू) लाई ध्यान दिनु आवश्यक छ।
❤️✨

***Read People Like a Book: मानिसहरूको मन बुझ्ने कला***                                    Patrick King द्वारा लिखिएको R...
31/01/2025

***Read People Like a Book: मानिसहरूको मन बुझ्ने कला***

Patrick King द्वारा लिखिएको Read People Like a Book एक मनोवैज्ञानिक पुस्तक हो, जसले मानिसहरूको व्यवहार, हावभाव, र बोलाइको आधारमा उनीहरूको मनस्थिति बुझ्ने कला सिकाउँछ। हामीले दिनहुँ सामना गर्ने व्यक्तिहरूको वास्तविक सोच, भावना, र नियत बुझ्न सक्नु भनेको एउटा शक्ति जस्तै हो। यही शक्तिलाई विकसित गर्ने तरिका यो पुस्तकले सिकाउँछ।

हामीमध्ये धेरैले मान्छेहरूलाई बुझ्न गाह्रो महसुस गर्छौं। कोही झूट बोल्दैछ कि सत्य, कोही वास्तवमै रमाइरहेको छ कि केवल देखावटी हाँसो हो, वा कोही आफ्नो वास्तविक विचार लुकाइरहेको छ कि छैन यस्ता कुराहरू पहिचान गर्न गाह्रो हुन सक्छ। तर यदि हामीले मानिसहरूको बोली, शारीरिक संकेत, आँखाको हेराइ, सानो-तिनो हाउभाउ बुझ्न सिक्न सकेमा, उनीहरूको सोच, नियत, र भावना प्रस्टै देख्न सक्छौँ। पुस्तकले मानिसहरूका संकेतहरू पढ्ने, उनीहरूको सोचाइ बुझ्ने, र उनीहरूसँग प्रभावकारी रूपमा कुराकानी गर्ने तरिकाहरू सिकाउँछ|

Read People Like a Book केवल मनोवैज्ञानिक ज्ञान मात्र होइन, यो हाम्रो दैनिक जीवनमा उपयोग गर्न सकिने व्यावहारिक सीप हो। मानिसहरूको व्यवहार बुझ्न सक्दा, हामीले सही निर्णय लिन सक्छौँ, स्वस्थ सम्बन्धहरू बनाउन सक्छौँ, र झन् प्रभावकारी र आत्मविश्वासी बन्न सक्छौँ।
❤️✨

**साया: प्रेम, बिछोड र पुनर्मिलनको कथा ***सुविन भट्टराईद्वारा लिखित साया उपन्यास समर लभको दोस्रो भाग हो, जसले पाठकलाई अय...
28/01/2025

**साया: प्रेम, बिछोड र पुनर्मिलनको कथा ***

सुविन भट्टराईद्वारा लिखित साया उपन्यास समर लभको दोस्रो भाग हो, जसले पाठकलाई अयांश र सायाको अपूर्ण प्रेमकथाको अर्को अध्यायमा डोर्याउँछ। यो पुस्तक प्रेम, पीडा, र पुनर्मिलनको गहिरो चित्रण हो, जहाँ सम्बन्धका चुनौतीहरू र तिनले छोडेको प्रभावलाई गहन रूपमा प्रस्तुत गरिएको छ।

समर लभको अन्त्यले अयांश र सायाको सम्बन्ध टुंगिएको जस्तो देखिन्छ। तर, सायाले उनीहरूको बिछोडपछिको जीवन र मनोदशालाई मार्मिक रूपमा चित्रण गर्दछ। अयांशले सायालाई भुल्न खोजे पनि उसका सम्झनाहरूले उसलाई निरन्तर पछ्याइरहन्छन्।

सायाको अस्तित्वको प्रश्न र अयांशको एकोहोरो प्रेमले पाठकलाई गहिरोसँग छोइदिन्छ। कथाले बिछोडको पीडा, सम्झनाको मिठास, र पुनर्मिलनको आशालाई सुन्दर तरिकाले समेटेको छ।

👉 यदि तपाईंले कहिल्यै कसैलाई गहिरो रूपमा माया गर्नुभएको छ भने, सायाले तपाईंको मनमा बिछोड र प्रेमका सबै सम्झनाहरू ताजा गराउनेछ।
❤️✨

***समर लभ: प्रेम, सपना र जीवनको यात्राको कथा***     सुविन भट्टराईद्वारा लिखित समर लभ नेपाली साहित्यको एउटा अत्यन्त लोकप्...
22/01/2025

***समर लभ: प्रेम, सपना र जीवनको यात्राको कथा***

सुविन भट्टराईद्वारा लिखित समर लभ नेपाली साहित्यको एउटा अत्यन्त लोकप्रिय र चर्चित उपन्यास हो। यो पुस्तकले प्रेम, दोस्ती, र जीवनका सपना र चुनौतीहरूलाई युवापुस्ताको दृष्टिकोणबाट प्रस्तुत गर्छ। कथाको मुख्य पात्रहरू अयांश र साया हुन्। अयांश, इमानदार र सन्तुलित युवक, र साया, सुन्दर र सजीव युवती, जो अध्ययनका क्रममा भेट्छन्। साथीको रूपमा सुरु भएको सम्बन्ध प्रेममा बदलिन्छ। तर, उनीहरूको प्रेमले समय, परिस्थितिहरू, र दूरीको कठोर परीक्षा दिनुपर्छ।

यो कथा केवल प्रेमकथा मात्र होइन; यसले युवा उमेरका सपना, महत्वाकांक्षा, र आफ्नो भविष्यप्रति रहेको अनिश्चिततालाई पनि उजागर गर्छ।
पुस्तकका विशेषताहरू:
✅पुस्तकले प्रेमलाई आदर्श भन्दा पर, जीवनको वास्तविकतासँग जोडेर देखाउँछ।
✅यो कथा प्रत्येक युवाको सपना, संघर्ष, र आफ्नो स्थान खोज्ने यात्रासँग मेल खान्छ।
✅सुविन भट्टराईको सरल, तर भावनाले भरिएको लेखनले पाठकलाई कथा भित्र गहिरोसँग डुबाउँछ।

समर लभले पाठकलाई प्रेम, सपना, र आफ्नो पहिचानको खोजबारे सोच्न बाध्य बनाउँछ। यो पुस्तकले केवल कथा मात्र सुनाउँदैन; यो हरेक पाठकको मनमा एक अमिट छाप छोड्छ।
❤️✨

**अल्केमिस्ट: एउटा प्रेरणादायी कथा****"सपना पछ्याउने साहस गरौँ, किनभने जब तिमी कुनै चिजलाई साँचै चाहन्छौ, सारा ब्रमाण्ड ...
12/01/2025

**अल्केमिस्ट: एउटा प्रेरणादायी कथा****

"सपना पछ्याउने साहस गरौँ, किनभने जब तिमी कुनै चिजलाई साँचै चाहन्छौ, सारा ब्रमाण्ड तिम्रो सहायता गर्न लागिपर्छ।"

"The Alchemist" पाउलो कोएल्होद्वारा लिखित विश्वप्रसिद्ध पुस्तक हो, जसले मानिसको जीवनका सपना, उद्देश्य, र आत्म-खोजको महत्त्वलाई अत्यन्तै गहिरो तरिकाले चित्रण गर्छ। यो पुस्तक एक सरल तर गहिरो कथा हो, जसले संसारभरका पाठकहरूलाई जीवनप्रति नयाँ दृष्टिकोण दिन सफल भएको छ।

यो एउटा साधारण गोठालो स्यान्टियागोको कथा हो, जसले खजाना खोज्दै गर्दा जीवनका गहिरा अर्थहरू बुझ्छ।

कथाले हामीलाई सिकाउँछ:
✅सपना पछ्याउने साहस गर: हरेक व्यक्तिको जीवनमा एक उद्देश्य हुन्छ। त्यो सपना पूरा गर्न आत्मविश्वास र दृढता आवश्यक छ।
✅संकेतलाई बुझ: जीवनले सधैं संकेत दिन्छ। ती संकेतलाई विश्वास गर र तिनले देखाएको बाटोमा हिँड।
✅साँचो खजाना भित्रै हुन्छ: बाह्य उपलब्धिले भन्दा पनि आत्मा र मनको शान्तिले वास्तविक खुशी दिन्छ।

याे पुस्तकले हरेक पाठकलाई सपना पछ्याउन हिम्मत र प्रेरणा दिन्छ। यो केवल पुस्तक होइन, आत्म-खोज र जीवनको गहिराइ बुझ्ने मार्गदर्शन हो।
❤️✨

**प्रिय सुफी: प्रेम, आत्मखोज, र जीवनको गहिरो कथा 💌***                            सुविन भट्टराईद्वारा लिखित प्रिय सुफी ने...
05/01/2025

**प्रिय सुफी: प्रेम, आत्मखोज, र जीवनको गहिरो कथा 💌***

सुविन भट्टराईद्वारा लिखित प्रिय सुफी नेपाली साहित्यमा गहिरो प्रभाव पार्ने उपन्यास हो। यो पुस्तक प्रेम, बिछोड, र आत्मखोजको सुन्दर यात्रा हो, जसले पाठकलाई जीवनका यथार्थ पक्षहरूसँग जोड्छ।

प्रिय सुफी मुख्य पात्र सुफी र उसको जीवनको कथा हो। सुफीको प्रेम, त्यसको पीडा, र जीवनप्रतिको उसको दृष्टिकोणले पुस्तकलाई भावनात्मक र गहिरो बनाएको छ। यो कथा केवल प्रेमको बयान मात्र होइन, यो आत्मबोध, क्षमा, र मानिसले आफैंलाई बुझ्न गर्नुपर्ने यात्राको कथा पनि हो।

सुविनले प्रेमलाई केवल भावनाको रूपमा नभई एउटा अनुभवको रूपमा प्रस्तुत गरेका छन्, जसले पाठकलाई आफ्नो सम्बन्ध र जीवनप्रति पुनर्विचार गर्न बाध्य बनाउँछ।

पुस्तकका विशेष पक्षहरू:
✔️प्रेमको खुशी र बिछोडको पीडाको चित्रण
✔️सुफीको भोगाइ र उसको भावनाको गहनता
✔️आत्मखोजको यात्रा

प्रिय सुफीले प्रेम र जीवनप्रति पाठकलाई नयाँ दृष्टिकोण दिन्छ। यो उपन्यासले केवल कथा भन्नु मात्र होइन, पाठकलाई गहिरो भावनात्मक अनुभव प्रदान गर्नु यसको मुख्य विशेषता हो|
❤️‍🩹✨

Address

Lamachaur
Pokhara

Alerts

Be the first to know and let us send you an email when Akhil-Krantikari Library WRC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category