08/11/2016
गजल
बन्दुक मादल भएपछि मादल तरवार भएपछि।।
यहाँ पुतलिको काँडा
सँग प्यार भएपछि।।
मालिकहरु न्याय माग्न यसरि जाँदैथिए ।।
आफै ले पालेका कुकुरहरु गद्वार भएपछि।।
भ्यागुतो मध्यस्त भएर त्यसपछि मात्र आएको हो।।
नदिमा पानि र माछा बिच काटमार भएपछि।।
छोरि चुप लागेर नबस्नुको कारण यो थियो।।
आफ्ने बाउबाट हर प्रहर बलात्कार भएपछि।।
-सहयात्रि सुरेन्द्र भण्डारी कैलालि रामसिखर झाला फारम(ख)