रोजगार सेवा केन्द्र पोखरा महानगरपालिका

  • Home
  • Nepal
  • Pokhara
  • रोजगार सेवा केन्द्र पोखरा महानगरपालिका

रोजगार सेवा केन्द्र पोखरा महानगरपालिका We provide Job Oppurtunities based on wages which are conducted by goverments according to submitted

31/03/2026

पोखरा महानगरपालिकाका अति तथा मध्यम गरिब घर परिवारलाई महानगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ । सो का लागि महानगरपालिका र स्वास्थ्य बिमा बोर्ड, गण्डकी प्रदेश बिच सम्झौता समेत भइसकेको छ ।

पोखरा महानगरपालिकाको अति तथा मध्यम गरिब घर परिवारको स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनका लागि विपन्न नागरिकहरूलाई स्वास्थ्य बिमा कार्यान्वयन कार्यविधि, २०८२, स्वास्थ्य बिमा ऐन र नियमावली बमोजिम यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो । पोखरा महानगरपालिका गरिब घर धुरी पहिचान तथा परिचय पत्र विवरण मार्फत भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्राप्त सूची बमोजिम २०८३ को जेठ मसान्तसम्म लक्षित वर्गको स्वास्थ्य बिमा गरिने छ ।

स्वास्थ्य बिमा नियमावली २०७५ अनुसार ५ जनासम्म सदस्य भएको प्रति परिवार रु.३५००।– र ५ जना भन्दा बढी सदस्य भएमा प्रति थप सदस्य रु.७००।– बिमा बापतको रकम पोखरा महानगरपालिकाले बिमा बोर्डलाई उपलब्ध गराउनेछ । महानगरपालिकाको निःशुल्क बिमा कार्यक्रममा सहभागी तथा नवीकरणका लागि सम्बन्धित वडा कार्यालयबाट अति तथा मध्यम गरिब घर परिवार पहिचानको सिफारिस र दर्ता सहयोगी मार्फत भरिएको दर्ता फारम समेत संलग्न गरी महानगरपालिकाको स्वास्थ्य महाशाखामा आवेदन दिनुपर्नेछ । यसरी पेस हुन आएका विवरण सहितका फारमहरू आवश्यक प्रक्रिया पुरा गरी स्वास्थ्य बिमा बोर्डमा बुझाइसकेपछि स्वास्थ्य बिमा सूचना प्रणालीमा प्रविष्ट गरिनेछ ।

पोखरा महानगरपालिका क्षेत्रमा रहेका गरिबिको रेखामुनिको लक्षित वर्गको स्वास्थ्य सुरक्षामा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ । नगर प्रमुख धनराज आचार्यले आर्थिक अवस्था कमजोर भएका कारण आधारभूत सेवाको पहुँचमा पुग्न नसकेको वर्गलाई निकै ठुलो राहत मिल्ने बताउनुभयो । महानगरपालिका सम्पूर्ण नगरवासीहरूको स्वास्थ्य सुरक्षा र प्रवर्द्धनका लागि प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलका अनुसार अति तथा मध्यम गरिब परिवारलाई बिमा गर्ने कार्यका लागि दर्ता सहयोगीलाई आवश्यक अभिमुखीकरण गरिनेछ भने, लक्षित वर्गलाई यस कार्यक्रम मार्फत लाभ लिन महानगरपालिकाले अनुरोध समेत गरेको छ ।

18/03/2026
11/03/2026
न्यूनतम रोजगारीमा संलग्न हुनको लागि निवेदन पेस गर्ने सम्बन्धी सूचना।
25/02/2026

न्यूनतम रोजगारीमा संलग्न हुनको लागि निवेदन पेस गर्ने सम्बन्धी सूचना।

आफ्नो भइरहेको सीप को डिग्री लिने सुवर्ण अवसर !!
10/01/2026

आफ्नो भइरहेको सीप को डिग्री लिने सुवर्ण अवसर !!

Address

Pokhara

Alerts

Be the first to know and let us send you an email when रोजगार सेवा केन्द्र पोखरा महानगरपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share