Pbp

Pbp Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pbp, Public & Government Service, Birauta, Pokhara.

09/11/2022

एक्लोपन हानिकारक हुनसक्छ ।

एक्लोपन हाम्रो जीवनको लागि हानिकारक हुनसक्छ। मानिसहरू जसले आफू एक्लो महसुस गर्नुहुन्छ उहाँहरू डिप्रेसन, एङ्जाइटी र निद्रा सम्बन्धी समस्याहरूबाट ग्रसित हुने सम्भावना धेरै हुन्छ।

एक्लोपना महसुस गर्ने मानिसहरूमा स्ट्रोक, हृदयघात, मोटोपन र दीर्घ र तीब्र दुखाई जस्ता रोगहरूलाग्ने सम्भावना बढ़ी हुन्छ।

एक्लोपन महसुस हुनु र एक्लै बस्नुमा भिन्नता रहन सक्छ। विदेशमा या टाढा रहँदा पनि आफ्ना आफन्तसँसको साथ महसुस हुने र परिवारको बिचमा रहँदा पनि एक्लो महसुस हुने कुराले पनि यसलाई स्पष्ट पार्छ।

प्राय मानिसहरूलाई केही समयको एकान्त मनपर्न सक्छ - तर यो तबसम्म मात्र सुखद रहन्छ जबसम्म तपाईँको सामाजिक स्थिती स्थिर छ र साथीहरूसँग र पारिवारिक सम्बन्धमा तपाईँ ढुक्क हुनुहुन्छ।

जसलाई यस्तो निश्चिन्तता छैन उनीहरूको लागि आफ्नो एकान्त समय सकारात्मक नहुन सक्छ। यस्तो अवस्थामा भिडमा बस्दा पनि एक्लोपनको महसुस गराउँछ।

मानिसले किन एक्लोपनको महसुस गर्छ भन्ने कुरा धेरै कुरामा भर पर्छ। केही कारणहरू अन्य भन्दा बढी स्पष्ट छन् जस्तै सामाजिक सञ्जाल जसले मानिसको व्यक्ति-व्यक्ति सम्बन्धहरूलाई प्राय विस्थापित गरिसक्यो। कोभिड -19 महामारी पनि यसमा पछि थपियो।

अन्य व्यक्तिलाई मानिसहरूसँग जोडिन गाह्रो हुनसक्छ किनभने उनीहरू मध्ये कोहीसँग समय नहुन सक्छ, कसैलाई मानिसहरूले वेवास्ता गर्लान् भन्ने कुराको डर या अन्तरमुखी स्वभावले प्रभाव पारेको हुनसक्छ।

हारवार्ड विश्वविद्यालय, स्ट्यान्डफोर्ड विश्वविद्यालय, कुर्टिन विश्वविद्यालय र युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियाले नयाँ कारक तत्त्वहरू पत्ता लगाएका छन् जसले एक्लोपन महसुस हुने गराउँछ।

नकारात्मक भावनाहरूसँग कसरी प्रस्तुत हुने भन्ने पनि महत्त्वपूर्ण हुन्छ।
केही बानीहरूले एक्लोपनाको आभास बढाउने कुरा पनि भेटिएको थियो।
१. कुनै कुराको बारेमा एकदमै धेरै विचार गर्ने
२. दोषारोपण गर्ने बानी - पत्येक्ष आफूलाई या अन्य मानिसलाई
३. भताभुङ्ग स्थितीको मात्र परिकल्पना गर्ने
४. नकारात्मक भावनाहरूलाई दबाउने या लुकाउने
५. सामाजिक सङ्गत या अन्य व्यक्तिबाट टाढारहने प्रयास गर्ने
६. भावनात्मक - मनोपरामर्श सहायतालाई अस्वीकार गर्ने

अध्ययनले एक्लोपनाको महसुस गर्ने मानिसहरूमा "कग्निटिभ रिअप्राइजल" गर्ने सम्भावना न्युन हुने देखिएको छ, "कग्निटिभ रिअप्राइजल" तनावपूर्ण स्थितीलाई पनि सकारात्मक मोड दिन प्रयोग हुन्छ।

साइकोलोजी टुडे नामक रिपोर्टले भने अनुसार "कग्निटिभ रिअप्राइजल” को उदाहरण भनेको जीवनका अप्रिय अनुभवहरूलाई महत्त्वपूर्ण सिकाइको रूपमा हेर्नेु हो।

आफ्ना भावनाहरूमा नजर राख्नु नै एक्लोपनको निरोपण हो।

अध्ययनले एक्लोपनबाट ग्रसित मानिसहरूको लागि केही राम्रा कुराहरू भने उजागर गरेको छ: गाह्रो भए पनि नकारात्मक सोचहरूलाई कम गर्न र नकारात्मक सोचाइलाई कम गर्न सिक्न सकिन्छ।

यसको पहिलो कदम भनेको आफ्ना भावनाहरूमा नजर राख्नु नै हो।

यदि तपाईँ एक्लोपन महसुस गर्नुहुन्छ भने पनि समस्याले दुःख दिँदा तपाईँले एक्लोपनको के प्रतिक्रिया दिनुहुन्छ भन्ने कुरामा ध्यान दिनुहोस्।
उदाहरण, कुनै महत्त्वपूर्ण मानिससँग झगडा पर्‍यो या कुनै प्रोजेक्ट बिग्रियो भने तपाईँले आफ्ना भावनालाई दबाएर बस्नुहुन्छ या घन्टौँ चिन्तागरेर बस्नुहुन्छ या कुनै समाधान निकाल्नुहुन्छ।त्यसपछि आफैले आफैलाई कुनै पनि समस्याको स्वस्थकर उपायहरू हुन्छन् भन्ने स्मरण गराउनुहोस्।

राम्रो साथीसँग चिया पिउन निस्कनु पनि एउटा उपाय हुनसक्छ जसमा तपाईँको मनमा भएका कुरा साथीसँग खोल्न सक्नुहुन्छ र कुरैकुरामा समाधान निस्कनसक्छ।

Address

Birauta
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Pbp posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Pbp:

Share