YESS Nepal

YESS Nepal यो संस्था सामाजिक विकासको कार्यमा सहयोग गर्ने उद्देश्यले खोलिएको हो ।

📢 महत्वपूर्ण सूचना 📢यसैद्वारा सम्पूर्ण सदस्यज्यू, अतिथिज्यू तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ कि मिति २०८२ साल...
25/02/2026

📢 महत्वपूर्ण सूचना 📢
यसैद्वारा सम्पूर्ण सदस्यज्यू, अतिथिज्यू तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ कि मिति २०८२ साल फाल्गुण १८ गते आयोजना गर्ने तय गरिएको
🎉 “रंग, संस्कृति र एकता महोत्सव २०८२” 🎉
(होली समारोह तथा प्रथम गाउँ भेला तथा सांस्कृतिक कार्यक्रम)
आगामी प्रतिनिधि सभा निर्वाचन २०८२ फाल्गुण २१ गते सम्पन्न हुने क्रममा सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै सम्बन्धित निकाय (प्रहरी प्रशासन) बाट कार्यक्रम सञ्चालनका लागि अनुमति प्राप्त हुन नसकेको कारणले हाललाई उक्त कार्यक्रम स्थगित गरिएको व्यहोरा जानकारी गराइन्छ।
यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं। कार्यक्रमको नयाँ मिति यथाशीघ्र सार्वजनिक गरिनेछ।
सबैमा सहयोग र समझदारीका लागि हार्दिक धन्यवाद।

🌈✨ २०८२ फाल्गुण १७ गते ✨🌈रंगहरूको महान पर्व होली को पावन अवसरमा हाम्रो संस्थाद्वारा🎉 होली समारोह तथा प्रथम गाउँ भेला 🎉आय...
20/02/2026

🌈✨ २०८२ फाल्गुण १७ गते ✨🌈
रंगहरूको महान पर्व होली को पावन अवसरमा हाम्रो संस्थाद्वारा
🎉 होली समारोह तथा प्रथम गाउँ भेला 🎉
आयोजना गरिएको छ।
आउनुहोस्,
रंगमा रमाऔँ 🎨
मनमा सद्भाव बढाऔँ 🤝
र होलीलाई शान्तिपूर्ण, सभ्य र भयमुक्त वातावरणमा
पूर्ण उत्साहका साथ मनाऔँ ❤️
हाम्रो एकता नै हाम्रो शक्ति हो।
सबैको उपस्थितिको हार्दिक अपेक्षा गर्दछौं।

07/12/2025

हाम्रो संस्था YESS Nepalका अध्यक्ष श्री रत्नेश कुमार पाण्डेज्यूद्वारा उठाइएको विषयको हार्दिक प्रशंसा:

सार्वजनिक जमिन व्यक्तिले हडपेर राखेको अवस्थालाई सम्बन्धित निकायसँग समन्वय गर्दै जनताको प्रयोगका लागि मुक्त गराउने पहल अत्यन्तै सराहनीय र प्रेरणादायी छ।
यस्तो साहसिक कदमले समाजमा पारदर्शिता, उत्तरदायित्व र जनहितप्रति समर्पण झल्काउँछ।

YESS Nepal
सदैव जनताको हकहित, न्याय, र सकारात्मक परिवर्तनका पक्षमा उभिइ आएको छ र आगामी दिनमा पनि यसैगरी अध्यक्षज्यूको नेतृत्वमा निरन्तर साथ र सहकार्य गर्दै अघि बढ्नेछ।

जनताको लागि—जनताकै आवाज।
धन्यवाद ✨
Ram Sarraf
FOUNDER AND CHIEF PATRON
#संस्था_को_गौरव #संस्थाकोशक्ति #युवाएकताकोआवाज
YESS Nepal Ratnesh Kumar Pandey Ram Sarraf

सूचना!      सूचना!!        सूचना !!!       #संस्था_को_गौरव    #संस्थाकोशक्ति  #युवाएकताकोआवाज  #कामलेबोल्छ     YESS Nepa...
01/12/2025

सूचना! सूचना!! सूचना !!!
#संस्था_को_गौरव #संस्थाकोशक्ति #युवाएकताकोआवाज #कामलेबोल्छ
YESS Nepal Ratnesh Kumar Pandey Ram Sarraf Brijkishor Raut Kurmi

22/11/2025

संस्थाको संरचनालाई फेर बदल गर्नु पर्ने देखियो ।

: Chief Patron

📢 सूचना !!!हाम्रो संस्था YESS Nepal को अन्तिम संविधान (बिधान) तयार भएको जानकारी सबै सदस्य तथा शुभेच्छुकहरूलाई गराइन्छ । ...
10/11/2025

📢 सूचना !!!

हाम्रो संस्था YESS Nepal को अन्तिम संविधान (बिधान) तयार भएको जानकारी सबै सदस्य तथा शुभेच्छुकहरूलाई गराइन्छ । संस्थाको दीर्घकालीन लक्ष्य, संरचना, अधिकार र जिम्मेवारी स्पष्ट पार्ने उद्देश्यका साथ तयार गरिएको यो बिधानले संस्थाको आगामी क्रियाकलापलाई अझ पारदर्शी र प्रभावकारी बनाउनेछ ।

✍️
YESS Nepal — Youth For Education and Social Services Nepal

YESS Nepal Ratnesh Kumar Pandey Ram Sarraf Brijkishor Raut Kurmi

09/11/2025

📰 प्रेस विज्ञप्ति

विषय: संस्थागत नवीकरण (दर्ता) सम्बन्धी जानकारी

विभिन्न आन्तरिक कारणहरूका कारण हाम्रो संस्था Youth for Education and Social Services nepal (YESS Nepal) को नियमित प्रशासनिक तथा कानुनी प्रक्रिया केही समयदेखि स्थगित रहँदै आएकोमा सबै सरोकारवालाहरूसमक्ष जानकारी गराउन चाहन्छौँ ।

अब ती आन्तरिक व्यवस्थापकीय कारणहरू समाधान हुँदै गएकाले हाम्रो संस्था आउँदो चैत मसान्तभित्र सम्बन्धित निकायमा दर्ता (registration) प्रक्रिया पूरा गर्ने निर्णयमा पुगेको छ।

हामी संस्था प्रति देखाइएको भरोसा, साथ र सहयोगका लागि सबै सदस्य, शुभेच्छुक र साझेदारहरू प्रति हार्दिक आभार प्रकट गर्दछौं। आगामी दिनहरूमा अझ प्रभावकारी र पारदर्शी ढङ्गले संस्था सञ्चालन गर्ने हाम्रो प्रतिबद्धता दोहोर्‍याउँछौं ।

---

जारी मिति: २०८२/०८/२३
जारी निकाय: YESS Nepal
कार्यालय: छिपहरमाई गा पा -०४, तुल्सी बार्वा, पर्सा नेपाल
📞 सम्पर्क: ९७४६८२४१४९, ९८४४४३४८७०
YESS Nepal Ratnesh Kumar Pandey Ram Sarraf Brijkishor Raut Kurmi

🌞🙏 छठ पर्वको पावन अवसरमाहाम्रो संस्था द्वारा आयोजना गरिएको ‘प्रसाद तथा पानी वितरण कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भयो। 💧🍎...
27/10/2025

🌞🙏 छठ पर्वको पावन अवसरमा
हाम्रो संस्था द्वारा आयोजना गरिएको ‘प्रसाद तथा पानी वितरण कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भयो। 💧🍎
सहभागी सबैलाई हार्दिक धन्यवाद 🙏
सबैमा छठ मैयाको असीम कृपा रहोस् 🌅🌼

#छठपर्व #समाजसेवा #संस्था_को_गौरव

आज हाम्रो संस्थाको YESS Nepal काे तर्फ बाट आयोजित छठ घाट सरसफाई कार्यक्रममा युवाहरुले संस्थाको 🦺 लगाएर आफ्नो सक्रिय सहभा...
26/10/2025

आज हाम्रो संस्थाको YESS Nepal काे तर्फ बाट आयोजित छठ घाट सरसफाई कार्यक्रममा युवाहरुले संस्थाको 🦺 लगाएर आफ्नो सक्रिय सहभागिता रहियो । संस्था विकासको पक्षमा सधैं रहने छ । र हरेक सामाजिक कार्यमा सहभागिता जनाउँदै सहयोग गर्ने छ ।
#संस्थाकोशक्ति #युवाएकताकोआवाज #कामलेबोल्छ #सत्यसधैंबलियो

17/10/2025

🌸 शुभ दीपावली तथा छठ पर्व 2082 को हार्दिक मंगलमय शुभकामना 🌸

प्रिय साथीहरू,

आफ्नो संस्कृति, परम्परा र श्रद्धाको प्रतीक दीपावली र छठ पर्वको पावन अवसरमा हाम्रो सम्पूर्ण YESS Nepal परिवारको तर्फबाट
देश–विदेशमा रहनु भएका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमाहार्दिक शुभकामना व्यक्त गर्दछौं।

यस उज्यालो पर्वले
👉 अन्धकारलाई हटाई ज्ञान र सत्यको प्रकाश फैलाओस्,
👉 प्रत्येक घरपरिवारमा शान्ति, समृद्धि र एकताको उज्यालो चम्काओस्,
👉 सम्पूर्ण नेपालीहरूको हृदयमा आशा, विश्वास र आत्मबलको ज्योति प्रज्वलित गरोस्।

दीपावलीको दीपले जीवन उज्यालो बनाओस्,
छठी माईको आशीर्वादले स्वास्थ्य, सुख र समृद्धि प्रदान गरोस्।

जय छठी माई !
शुभ दीपावली !!

सादर,
YESS Nepal परिवार

सुचना !! सुचना !! सुचना !! #संस्थाकोशक्ति  #युवाएकताकोआवाज  #कामलेबोल्छ  #सत्यसधैंबलियो     Ratnesh Kumar Pandey Ram Sar...
17/10/2025

सुचना !! सुचना !! सुचना !!
#संस्थाकोशक्ति #युवाएकताकोआवाज #कामलेबोल्छ #सत्यसधैंबलियो
Ratnesh Kumar Pandey Ram Sarraf Brijkishor Raut Kurmi YESS Nepal

Address

Chhipaharmai R. M./04, Tulsibarwa

Website

Alerts

Be the first to know and let us send you an email when YESS Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your organization to be the top-listed Government Service?

Share