14/07/2026
अत्यन्त जरुरी सूचना !!!
आदरणिय उपभोक्ता महानुभावहरू,
हिजो मिति २०८३ असार २९ गते साँझ रामपुर ७ फेदियामा खेत रोपाईं गर्ने क्रममा यस संस्थाको पाईप काटिएको रहेछ, काटिएको जानकारी संस्थाका समिति तथा कर्मचारी कसैलाई पनि नभएको कारणले स्किम २ अन्तर्गतको वडा नं. ६ र ७ का केहि धाराहरुमा आज बिहान धमिलो पानी गएको रहेछ । उक्त काटिएको पाइपलाईन मर्मत कार्य भईरहेको जानकारी गराउँछौँ ।
हाल वर्षायाम सुरु भइसकेको र जताततै पानी जम्ने भएकाले जमिनमुनि रहेका खानेपानीका पाइपहरू फुटेको सजिलै पहिचान गर्न कठिन भइरहेको छ। यस्तो अवस्थामा बाटो तथा नाली निर्माणका क्रममा र खेतबारीमा रोपाइँ गर्ने क्रममा अन्जानमै पाइपहरू फुट्ने गरेका छन्। पाइप फुट्दा एकातिर पानी खेर गइरहेको छ भने अर्कोतिर दूषित पानी पाइपभित्र पसी महामारीको रूपमा रोगहरू फैलने उच्च जोखिम रहन्छ। खानेपानी हाम्रो साझा सम्पत्ति हो, यसलाई जोगाउनु हामी सबैको कर्तव्य हो। तसर्थ, सम्पूर्ण उपभोक्ता महानुभावहरूमा निम्न कुराहरू पालना गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ:
सावधानी अपनाऔँ: आफ्नो क्षेत्रमा बाटो, नाली निर्माण गर्दा वा रोपाइँ गर्दा जमिनभित्रको पाइपलाइन जोगिने गरी विशेष ध्यान दिनुहोला।
तत्काल सूचना दिऔँ: कतै पाइप फुटेको देखेमा, शंका लागेमा वा आफ्नो धारामा धमिलो/दूषित पानी आएमा ढिला नगरी तत्काल संस्थाका कर्मचारी वा कार्यसमितिका पदाधिकारीहरूलाई जानकारी गराउनुहोला।
सम्पत्तिको सुरक्षा गरौँ: खानेपानीको संरचनालाई आफ्नै सम्पत्ति सम्झी संरक्षणमा सहयोग गरौँ र सम्भावित जनस्वास्थ्य संकटबाट जोगिऔँ।
जानकारीको लागि सम्पर्क नम्बरहरुः
कार्यालय फोन नं. ०७५४००१५९
ब्यवस्थापक, सन्त बहादुर सारु मगर ९७५७०६००८१
कार्यालय सहायक, अनिल सिग्देल ९८५७०८२३९८
रामपुर साना शहरी खानेपानी तथा सरसफाई
उपभोक्ता संस्था परिवार
"सफा र सुरक्षित पानी पिऔँ, स्वस्थ रहौँ।"