Rampur Transformation Team

Website

Rampur Transformation Team Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rampur Transformation Team, Government Organization, Rampur-5, Palpa.

14/10/2026
30/09/2026

गुणस्तरहीन निर्माणप्रति सम्बन्धित निकायको ध्यानाकर्षण!

नमस्कार सम्पूर्णमा!

आज हामी रामपुर नगरपालिका वडा नम्बर ६, तातोपानीस्थित दाम पैदलमार्गमा आइपुगेका छौँ। पैदलमार्गको अवस्था र निर्माण गुणस्तरको अवलोकन गर्ने क्रममा यसको आधार (बेस) तथा निर्माणको अवस्था हेर्दा निकै कमजोर देखिएको छ।

निर्माण सम्पन्न भएको केही समयमै पैदलमार्गको अवस्था यस्तो देखिनु चिन्ताको विषय हो। विकास निर्माणका काममा गुणस्तर र दिगोपनलाई प्राथमिकता दिनु अत्यन्त आवश्यक छ।

त्यसैले, यस निर्माण कार्यसँग सम्बन्धित सम्पूर्ण निकायको गम्भीर ध्यानाकर्षण गराउन हामीले यो भिडियो सार्वजनिक गरेका छौँ।

कृपया यस विषयलाई गम्भीरतापूर्वक लिई स्थलगत अनुगमन तथा गुणस्तर परीक्षण गरियोस्। यदि निर्माणमा कमजोरी भएको पाइएमा आवश्यक सुधार गरी पैदलमार्गलाई थप मजबुत, सुरक्षित र दिगो हुने गरी पुनः निर्माण गरियोस् भन्ने हाम्रो जोडदार माग छ।

हामी आशावादी छौँ कि सम्बन्धित निकायले यस विषयलाई प्राथमिकतामा राख्दै यथाशीघ्र आवश्यक कदम चाल्नेछ।

विकास देखाउनका लागि मात्र होइन, पुस्तौँसम्म टिकाउनका लागि हुनुपर्छ।

धन्यवाद!

28/09/2026

समस्या देखेर पन्छिने होइन, समाधानका लागि अघि बढ्ने हो। 💪

आज वडा नम्बर ५ स्थित रामघाट जाने बाटोमा करिब एक फिट जति पानीको भल बगेर बाटोमा ठूलो खाल्डो परेको थियो। त्यसलाई त्यसै छोड्दा भोलिका दिनमा अझ ठूलो क्षति हुनसक्ने अवस्था देखिएपछि हामीले समयमै पहल गर्‍यौँ।

त्यसैअनुसार रामपुर ट्रान्सफर्मेसन टिमको युवा टोली आज प्रत्यक्ष रूपमा खटिएर उक्त खाल्डो पुर्ने तथा बाटोलाई पुनः सहज आवतजावत गर्न मिल्ने बनाउने काम सफलतापूर्वक सम्पन्न गरेको छ।

हामी ठूलो कुरा गर्नुभन्दा आवश्यक ठाउँमा आफैँ उभिएर काम गर्नुपर्छ भन्ने मान्यता राख्छौँ।
आजको यो काम त्यसैको एउटा सानो उदाहरण हो।

काममा प्रत्यक्ष रूपमा खटिनुहुने सम्पूर्ण साथीहरूलाई हृदयदेखि नै धन्यवाद। ❤️

युवाको श्रम, युवाको जिम्मेवारी रामपुरको परिवर्तन हाम्रो अभियान।
🇳🇵 रामपुर ट्रान्सफर्मेसन टिम 🇳🇵

26/09/2026

“बोल्दैन, बोल्दैन बालेन बोल्दै बोल्दैन” भन्नेहरूलाई अब बुझ्न सजिलो भयो होला… 😃

सम्माननीय प्रधानमन्त्रीज्यू बोल्नुहुन्न भन्ने होइन रहेछ,
कहाँ बोल्ने, कतिखेर बोल्ने र के बोल्ने कुरा त्यहाँ रहेछ! 🤗😃

बोली कम, अर्थ गहिरो!🇳🇵

21/09/2026

📍 रामपुर नगरपालिका–५, भम्बक आर्मी ब्यारेक हुँदै तिलपुर जाने बाटो

व्यक्तिगत स्वार्थका कारण पानी सडकबाटै बग्ने अवस्था सिर्जना भएको देखिन्छ। करिब दुई दिनदेखि सडकमा पानी बगिरहेको अवस्था छ।

अहिले नै आवतजावतमा ठूलो समस्या नभए पनि यसरी नै पानी सडकबाट बगिरहने हो भने सडकको ग्रेभल बिग्रिँदै गएर सडक क्षति हुने र भविष्यमा आवतजावत गर्नसमेत कठिन हुन सक्ने अवस्था देखिन्छ।

आफ्नो व्यक्तिगत स्वार्थका लागि सार्वजनिक तथा साझा सम्पत्ति बिगार्ने काम कसैले पनि गर्नु हुँदैन। यो सडक कुनै एक व्यक्तिको मात्र होइन, हामी सबैको साझा सम्पत्ति हो।

🎥 तलको भिडियोमा सडकबाट पानी बगिरहेको वास्तविक अवस्था स्पष्ट रूपमा देख्न सक्नुहुन्छ।

सम्बन्धित निकाय तथा सरोकारवालाको ध्यान जाओस्।
व्यक्तिगत स्वार्थभन्दा माथि उठौँ, सार्वजनिक सम्पत्तिको संरक्षण गरौँ।

जनताको आवाज कहिल्यै खेर जाँदैन।रामपुर नगरपालिका वडा नं. ४ अन्तर्गत हातेमालो चोकदेखि इस्लामपुरसम्मको सडक को दयनीय अवस्थाब...
29/07/2026

जनताको आवाज कहिल्यै खेर जाँदैन।

रामपुर नगरपालिका वडा नं. ४ अन्तर्गत हातेमालो चोकदेखि इस्लामपुरसम्मको सडक को दयनीय अवस्थाबारे हामीले निरन्तर आवाज उठाउँदै आएका थियौँ। तलको फोटोमा पनि अहिलेको वास्तविक अवस्था देख्न सकिन्छ।

यस सडकको कालोपत्रेका लागि बजेट विनियोजन भएको खबरले हामीलाई खुशी बनाएको छ। अब यो योजना छिट्टै कार्यान्वयन भई स्थानीयवासीले सहज र सुरक्षित यात्रा गर्न पाउने विश्वास लिएका छौँ।

जनताको हितमा भएका सकारात्मक निर्णयको खुलेर स्वागत र समर्थन गर्नु पनि उत्तिकै आवश्यक छ। यस महत्वपूर्ण निर्णयका लागि रामपुर नगरपालिका, स्थानीय सरकार तथा सम्बन्धित सबै निकायप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

रामपुर ट्रान्सफर्मेसन टिम सधैंझैँ जनताको आवाज बनेर रचनात्मक खबरदारी गर्दै, विकासका सकारात्मक कामलाई खुलेर समर्थन गर्दै अगाडि बढिरहनेछ।

“नेतृत्वको परीक्षा भाषणले होइन, कामले हुन्छ।”आदरणीय वडा अध्यक्षज्यू,वडा नम्बर ५ को नमुना मार्गमा सडकबत्ती जडान भइसकेको छ...
26/07/2026

“नेतृत्वको परीक्षा भाषणले होइन, कामले हुन्छ।”

आदरणीय वडा अध्यक्षज्यू,

वडा नम्बर ५ को नमुना मार्गमा सडकबत्ती जडान भइसकेको छ। जनताले अहिले नयाँ योजना मागेका छैनन्, जडान भइसकेको बत्ती बाल्न मात्र मागेका हुन्।

हरेक समस्यामा “अनुमति चाहिन्छ”, “प्रदेशले गर्नुपर्छ” भन्ने जवाफ दिने हो भने स्थानीय सरकारको जिम्मेवारी कहाँ रह्यो?

जब श्रेय लिने बेला आउँछ, विकास आफ्नो। तर समस्या समाधान गर्ने बेला आउँदा जिम्मेवारी अर्काको?

जनताले बहाना सुन्न जनप्रतिनिधि चुनेका होइनन्। समाधान खोज्ने, समन्वय गर्ने र काम सम्पन्न गर्ने जिम्मेवारी निर्वाचित नेतृत्वकै हो।

बत्ती जलेपछि मात्र नमुना मार्गले आफ्नो नाम सार्थक बनाउँछ। त्यसअघि “नमुना” भन्ने शब्द बोर्डमा मात्र सीमित हुन्छ।

अब स्पष्टीकरण होइन, परिणाम देखाउने समय हो।

01/07/2026

रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्षज्यू तथा सम्बन्धित निकायको ध्यानाकर्षण।
यो भिडियोमा देखिएको दृश्य रामपुर नगरपालिका वडा नं. ५ स्थित रामतुलसी माध्यमिक विद्यालयको क्याम्पस भवनको ठीक पछाडिको बाटोको हो।
यो बाटोको अवस्था यति दयनीय छ कि पैदल हिँड्नसमेत निकै कठिन भएको छ। विशेष गरी विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय बासिन्दाले दैनिक रूपमा यही बाटो प्रयोग गर्नुपर्ने भएकाले उनीहरूले ठूलो सास्ती भोगिरहेका छन्। साना बालबालिकालाई विद्यालय ल्याउने–लाने क्रममा अभिभावकहरूलाई समेत निकै असहज भइरहेको छ।
विद्यालय परिसर नजिकै रहेको यो बाटो वर्षायाममा हिलो, पानी र फोहोरले भरिने गरेको छ। कुनै पनि बेला बालबालिका लड्न, चिप्लिन वा दुर्घटनामा पर्न सक्ने जोखिम रहेको छ। भिडियोमै पनि यो वास्तविक अवस्था स्पष्ट रूपमा देख्न सकिन्छ।
त्यसैले यस विषयलाई गम्भीर रूपमा लिनुहुन रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्षज्यू तथा सम्बन्धित निकायसँग हार्दिक अनुरोध गर्दछु। समयमै आवश्यक मर्मत तथा स्तरोन्नतिको व्यवस्था गरी विद्यार्थी, अभिभावक र स्थानीय बासिन्दाको सहज आवतजावत सुनिश्चित गरिदिनुहुन अपेक्षा गर्दछु।
विकास ठूला योजनाबाट मात्र होइन, नागरिकको दैनिक जीवन सहज बनाउने यस्ता आधारभूत आवश्यकताहरू पूरा हुँदा पनि अनुभूति हुन्छ।

28/06/2026

नमस्कार, म सुदन पोखरेल।

आज फेरि रामपुर नगरपालिका वडा नं. ५ मा निर्माणाधीन सडकको विषयमा केही महत्वपूर्ण कुरा राख्न चाहन्छु।

विकास हुनु अत्यन्तै सकारात्मक कुरा हो, र गुणस्तरीय विकास सबै नागरिकको चाहना पनि हो। तर विकासको नाममा हुने निर्माण कार्य दीर्घकालीन र मापदण्डअनुसार हुनुपर्छ भन्ने हाम्रो अपेक्षा हो।

हाल पिच भइरहेको यस सडकमा करिब चार मिटर मात्र चौडाइमा कालोपत्रे गरिँदैछ। यसरी साँघुरो पिच हुँदा सडकको दुवै किनारमा खाल्डाखुल्डी रहने, वर्षायाममा पानी जम्ने र केही समयमै सडक बिग्रिने जोखिम देखिन्छ। सार्वजनिक बजेटबाट बन्ने सडक वर्षौंसम्म टिक्ने गरी निर्माण हुनुपर्छ, छोटो समयमै पुनः मर्मत गर्नुपर्ने अवस्था आउनु हुँदैन।

त्यसैले मेरो विनम्र अनुरोध छ कि रामपुर नगरपालिकाले यस निर्माण कार्यको आवश्यक अनुगमन गरोस्, सम्बन्धित प्राविधिक तथा निर्माण कम्पनीले स्वीकृत मापदण्डअनुसार गुणस्तरीय निर्माण सुनिश्चित गरून्, र सडकलाई सुरक्षित, टिकाउ तथा भविष्यलाई समेत ध्यानमा राखेर निर्माण गरियोस्।

मेरो उद्देश्य कसैको विरोध गर्नु होइन, राम्रो विकास होस्, जनताको करबाट बनेको पूर्वाधार दिगो बनोस् भन्ने मात्रै हो।

धन्यवाद।

27/06/2026

मर्मस्पर्शी अपील!
रामपुर नगरपालिका वडा नम्बर १० की एक असहाय महिला विगत एक महिनादेखि पक्षाघात र नसासम्बन्धी गम्भीर रोगका कारण थलिएर कष्टकर जीवन बिताइरहनुभएको छ। उहाँका श्रीमान् परिवारको पालनपोषणका लागि भारतमा मजदुरी गर्दै हुनुहुन्छ र घरमा साना नानीबाबुहरू छन्।
आर्थिक अभावका कारण उहाँको उपचारमा ठुलो समस्या परेको छ। मानवीय संवेदनशीलतालाई ध्यानमा राखी, उहाँको शीघ्र स्वास्थ्यलाभका लागि आवश्यक पहलकदमीका लागि सम्बन्धित निकाय र सम्पूर्ण महानुभावहरूमा हार्दिक अनुरोध गर्दछु।
तपाईंहरूको एक सेयरले उहाँलाई नयाँ जीवन दिन सक्नेछ।
सहयोगका लागि सम्पर्क नम्बर: Ruby Khan 9765498195 Sudan Pokharel 9857083211🔔🇳🇵🇳🇵

Address

Rampur-5

32502

Alerts

Be the first to know and let us send you an email when Rampur Transformation Team posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share