08/06/2026
राष्ट्रको ढुकुटी र नागरिकको करबाट खरिद गरिएका यी ह्युमपाइपहरू यसरी लथालिङ्ग फालिनु र फुट्नु केवल चरम लापर्वाही मात्र नभई जनताको पसिनाको अपमान हो। विकासको नाममा खरिद गरिएका सामग्रीहरू उपयोगविहीन अवस्थामा सड्नु वा फुटेर जानु जनप्रतिनिधिहरूको अक्षमता र जिम्मेवारीप्रतिको उदासीनताको पराकाष्ठा हो। यदि यी पाइपहरू यहाँ आवश्यक छैनन् भने अन्यत्र सदुपयोग गरी पुण्यको काम गर्न र जनताको विश्वास जित्न सकिन्छ, तर कार्यकाल सकाएर जिम्मेवारीबाट पन्छिने मानसिकताले गर्दा सार्वजनिक सम्पत्तिको यसरी दुरुपयोग भइरहेको छ। तसर्थ, सम्बन्धित निकाय र वडा अध्यक्षज्यूले तत्काल यसको उचित व्यवस्थापन गरी राष्ट्रिय सम्पत्तिको सम्मान र सदुपयोग गर्दै आफ्नो पदीय दायित्व पूरा गर्नुपर्दछ।