Area Police Office Rampur Palpa

Area Police Office Rampur Palpa This is the Official page of Area Police Office Rampur Palpa

निर्वाचन प्रहरीहरुको लागि राष्ट्रिय परिचय पत्र र स्थायी लेखा (PAN) बारे सूचना ।।
28/01/2026

निर्वाचन प्रहरीहरुको लागि राष्ट्रिय परिचय पत्र र स्थायी लेखा (PAN) बारे सूचना ।।

निर्वाचन प्रहरीहरुको लागि राष्ट्रिय परिचय पत्र र स्थायी लेखा (PAN) बारे सूचना
***********************************************************************

सुचना । सुचना ।। सुचना।।।निर्वाचन प्रहरीको बिभिन्न परीक्षामा सहभागी  मध्ये अन्तिम नजितामा उतिर्ण  मुख्य उम्मेदवारहरुलाई ...
28/01/2026

सुचना । सुचना ।। सुचना।।।
निर्वाचन प्रहरीको बिभिन्न परीक्षामा सहभागी मध्ये अन्तिम नजितामा उतिर्ण मुख्य उम्मेदवारहरुलाई जिल्ला प्रहरी कार्यालय पाल्पा तथा इलाका प्रहरी कार्यालय रामपुर बाट बाट प्रदान गरिएको सक्कलै प्रबेश पत्र , नेपाली नागरिकताको प्रमाणपत्र सहित मिति २०८२।१०।१७ गते १०:०० बजे जिल्ला प्रहरी कार्यालय पाल्पामा सम्पर्क राख्न हुन समेत सम्बन्धित सबैमा जानकारीको लागी अनुरोध ।

निर्वाचन प्रहरीको लिखित परीक्षा सम्बन्धी सूचना*********************************************
21/01/2026

निर्वाचन प्रहरीको लिखित परीक्षा सम्बन्धी सूचना
*********************************************

निर्वाचन प्रहरीको स्वास्थ्य परिक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षाको नतिजा ********************************************...
21/01/2026

निर्वाचन प्रहरीको स्वास्थ्य परिक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षाको नतिजा
*********************************************************************

निर्वाचन प्रहरीको स्वास्थ्य परिक्षण तथा शारीरिक तन्दुरुस्ती परिक्षा सम्बन्धी सूचना**************************************...
18/01/2026

निर्वाचन प्रहरीको स्वास्थ्य परिक्षण तथा शारीरिक तन्दुरुस्ती परिक्षा सम्बन्धी सूचना
***********************************************************************

सुचना ! सुचना !! सुचना !!!आसन्न प्रतिनिधि सभा २०८२ को निर्वाचन लागी निर्वाचन प्रहरी भर्नाको लागी जिल्ला प्रहरी कार्यालय ...
10/01/2026

सुचना ! सुचना !! सुचना !!!
आसन्न प्रतिनिधि सभा २०८२ को निर्वाचन लागी निर्वाचन प्रहरी भर्नाको लागी जिल्ला प्रहरी कार्यालय पाल्पामा मिति २०८२।०९।२५ गते देखि २०८२।१०।०१ गते सम्म आवेदन दर्ता खुलेको व्यहोरा बिधितै छ । यस कार्यालय अन्तर्गतका वडा यरीया वतन भई आवेदन दिन ईच्छुक उमेदवारहरुलाई सहजताको लागी यस कार्यालयमा समेत आवेदन दर्ता हुने हुदा निर्वाचन प्रहरीमा भर्ना हुन ईच्छुक उमेदवारले आवश्यक कागजात सहित यस कार्यालयमा सम्पर्क गर्न हुन बिनम्र अनुरोध गरिएको छ ।
अनुरोधकः-
इलाका प्रहरी कार्यालय रामपुर पाल्पा ।
९८५७०९१५०१,०७५-४००१००

*******ट्याक्टर नियन्त्रणमा लिई कार्वाहीको लागी पठाइएको।*****************************मिति २०८२।०८।१८  गते ०५ः३० बजेको सम...
05/12/2025

*******ट्याक्टर नियन्त्रणमा लिई कार्वाहीको लागी पठाइएको।
*****************************
मिति २०८२।०८।१८ गते ०५ः३० बजेको समयमा जिल्ला पाल्पा रामपुर नगरपालिका वडा नम्वर १० कोप्चेघाट स्थित कालीगण्डकी नदीबाट अबैध नदीजन्य पदार्थ (बालुवा) ओसारपोसार गर्दे गरेको भन्ने गोप्य सुचनाको आधारमा तत्काल यस कार्यालय तथा प्रहरी चौकी हुँगी समेतबाट खटिएको प्रहरी टोलीले ३ वटा ट्याक्टर नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी रामपुर नगरपालिकामा पठाईएको ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम*****************************मिति २०८२।०८।०८ गतेका दिन जिल्ला पाल्पा रामपुर नगरपालिका वड...
24/11/2025

समुदाय प्रहरी साझेदारी कार्यक्रम
*****************************
मिति २०८२।०८।०८ गतेका दिन जिल्ला पाल्पा रामपुर नगरपालिका वडा नं. ४ देवीस्थान स्थित कालिका मा.बि.को सभाहलमा सोही बिद्यालयका प्र.अ. सरोज पंगेनीको अध्यक्षतामा शिक्षक, शिक्षिका तथा कक्षा ८ देखी कक्षा १० सम्मका बिद्यार्थी समेत गरी ५० जनाको सहभागितामा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक लाल बहादुर सुनारले लागु औषध दुर्व्यसन न्युनिकरण सम्बन्धी अनुशिक्षण कार्यक्रम संचालन गरि सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको ।

********पैदल गस्ती  सम्बन्धमा*******मिति २०८२।०७। २९ गते ०७ः०० बजे देखी १०ः०० बजे सम्म यस कार्यालयका कार्यालय प्रमुख प्र...
15/11/2025

********पैदल गस्ती सम्बन्धमा*******
मिति २०८२।०७। २९ गते ०७ः०० बजे देखी १०ः०० बजे सम्म यस कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक लाल बहादुर सुनारको कमाण्डमा १० जनाको प्रहरी टोली जिल्ला पाल्पा रामपुर नगरपालिका वडा नम्वर ५ को बजार तथा बसपार्क यरीया, वडा नम्वर ७, र ८ को ग्रामिण वडा यरीयामा जन सम्पर्क स्थापित गरि स्थानीय जनतालाई शान्ती सुरक्षाको प्रत्याभूतिको लागी पैदल गस्ति गरिएको

निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्बन्धमा *************************************मिति २०८२।०७।२३ गते तालुक जिल्ला ...
10/11/2025

निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्बन्धमा
*************************************
मिति २०८२।०७।२३ गते तालुक जिल्ला प्रहरी कार्यालय पाल्पाका कार्यालय प्रमुख श्रीमान प्रहरी उपरीक्षक दिपेन्द्र पन्जियार थारु ज्यु यस इलाका प्रहरी कार्यालय रामपुर पाल्पामा पाल्नु भई यस कार्यालयको सम्पुर्ण शाखाहरु,हिरासत कक्ष समेत निरीक्षण गर्नु भई यस कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको ।

विदाई तथा फेरी भेटौला कार्यक्रम*****************************तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्...
27/10/2025

विदाई तथा फेरी भेटौला कार्यक्रम
*****************************
तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.नं.२८१७ मिति २०८२।०६।२८ गतेको सरुवा पत्रादेशानुसार आज यस कार्यालयबाट लुम्बिनी प्रदेश प्रहरी कार्यालय तालिम शाखा तुल्सिपुर, दाङ सरुवा भई जान लाग्नु भएका प्रहरी निरीक्षक राम बहादुर नेपाली ज्युलाइ यस इलाका प्रहरी कार्यालय रामपुर पाल्पाका कार्यालय प्रमुख प्रहरी निरीक्षक लाल बहादुर सुनार लगायत अन्य प्रहरी कर्मचारीहरुले एक कार्यक्रमका बीच सफल कार्यकालको शुभकामना सहित विदाई गर्नु भएको ।

Address

Rampur/5 Palpa
Palpa

Telephone

+9779857091501

Website

Alerts

Be the first to know and let us send you an email when Area Police Office Rampur Palpa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Area Police Office Rampur Palpa:

Share