13/01/2026
सहयोगका लागि अनुरोध
यस फ्याफुल्ला युवा सेवा समाज, लिखु–९, ओखलढुंगा द्वारा सामाजिक, शैक्षिक, सांस्कृतिक तथा युवामुखी कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्दै आइरहेको सर्वविदितै छ।
यसै क्रममा समाजको उद्देश्य अनुरूप आगामी दिनमा आयोजना गर्न लागिएको २८६२ औँ ल्होछार कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न आर्थिक, भौतिक तथा नैतिक सहयोगको आवश्यकता परेको छ।
तसर्थ, समाजका शुभेच्छुक, दातृ निकाय, स्थानीय तह, संघ–संस्था, व्यापारी वर्ग तथा सम्पूर्ण महानुभावहरूमा आ–आफ्नो तर्फबाट सक्दो सहयोग गरिदिनुहुन यो सूचना मार्फत हार्दिक अनुरोध गर्दछौं। यहाँहरूबाट प्राप्त सहयोगले समाजका गतिविधिहरूलाई अझ प्रभावकारी र दिगो बनाउन ठूलो योगदान पुग्नेछ।
यहाँहरूको अमूल्य सहयोगप्रति फ्याफुल्ला युवा सेवा समाज सधैं आभारी रहने व्यहोरा समेत जानकारी गराउँदछौं।
धन्यवाद।
फ्याफुल्ला युवा सेवा समाज
लिखु–९, ओखलढुंगा