08/06/2026
फिलिपिन्सको मिन्डानाओ (Mindanao) मा गएको ७.८ म्याग्निच्युडको विनाशकारी भूकम्प प्रति हामी गहिरो दुःख व्यक्त गर्दछौं। हालसम्म प्राप्त विवरण अनुसार यस विपत्तिमा ३२ जना भन्दा बढीको मृत्यु भइसकेको छ भने २०० भन्दा बढी मानिसहरू घाइते भएका छन्।यस कठिन घडीमा ज्यान गुमाउनेहरू प्रति हार्दिक श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना!
घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै हामी फिलिपिन्सका नागरिक र प्रभावित सम्पूर्ण परिवारहरूको साथमा छौं।कृपया सबैजना सुरक्षित रहनुहोला र लगातार आइरहेका परकम्पहरूबाट बच्न सतर्कता अपनाउनुहोला।