Badri Mainali

Badri Mainali नेकपा (एमाले) नुवाकोटका अध्यक्ष तथा प्रतिनिधि सभा क्षेत्र नं १ नुवाकोटका उम्मेदवार

मेरो प्रतिबद्धता:“मेरो लक्ष्य प्रभावकारी कार्यक्रम सञ्चालन गर्नु हो, जसले समाजमा शान्ति र जिम्मेवार नेतृत्व विकास गर्न य...
02/03/2026

मेरो प्रतिबद्धता:
“मेरो लक्ष्य प्रभावकारी कार्यक्रम सञ्चालन गर्नु हो, जसले समाजमा शान्ति र जिम्मेवार नेतृत्व विकास गर्न योगदान पुर्‍याओस्।”

मेरो प्रतिबद्धता...
02/03/2026

मेरो प्रतिबद्धता...

02/03/2026

नुवाकोट क्षेत्र नम्बर १ - नेकपा एमालेका उम्मेदवार बद्री मैनालीलाई दुप्चेश्वर गाउँपालिकाका मतदाताहरुले यसरी मागे

मेरो प्रतिबद्धता...सबै युवाका लागि सीप, रोजगारी र स्वरोजगारको अवसर सुनिश्चित गर्न पहल गर्नेछु ।
02/03/2026

मेरो प्रतिबद्धता...
सबै युवाका लागि सीप, रोजगारी र स्वरोजगारको अवसर सुनिश्चित गर्न पहल गर्नेछु ।

02/03/2026

नुवाकोट क्षेत्र नम्बर १ का मेरा प्रिय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू,

म बद्री मैनाली।
म तपाईंहरूसँग नेता भएर होइन, तपाईंहरूको आफ्नै छोरा, दाजु र साथी भएर बोल्दैछु।

म यही माटोमा हुर्किएको हुँ। यहीँका गोरेटो बाटोमा हिँडेको छु, यहीँका दुःख–पीडा आफ्नै आँखाले देखेको छु। कसैको घरमा खानेपानी नपुग्दा, कसैको छोराछोरी रोजगारीको खोजीमा विदेशिनुपर्दा, कसैको बिरामी उपचार नपाएर छटपटिँदा—यी सबै पीडाले मेरो मन छोएको छ।

राजनीति मेरो लागि पद होइन, सेवा हो।
म वाचा गर्छु—तपाईंहरूको विश्वासलाई कहिल्यै कमजोर हुन दिनेछैन। इमानदारी, मेहनत र निष्ठाका साथ नुवाकोटको विकासका लागि दिन–रात खटिनेछु।

नेकपा एमालेको उम्मेदवार भएर म नुवाकोटलाई समृद्ध, आत्मनिर्भर र सम्मानित बनाउने सपना बोकेर तपाईंहरूमाझ आएको छु।
यो सपना एक्लै मेरो होइन—हामी सबैको साझा सपना हो।

आउनुहोस्, ममाथि फेरि एकपटक विश्वास गरिदिनुहोस्।
तपाईंको अमूल्य मतले मात्र होइन, तपाईंको आशा र भरोसाले मलाई बल दिनुहोस्।
धन्यवाद 🙏

रङ्गले भरिएको यो पावन होलि पर्वको अवसरमा सम्पूर्ण देशवासी दाजुभाइ दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तम स्वास्थ्यक...
02/03/2026

रङ्गले भरिएको यो पावन होलि पर्वको अवसरमा सम्पूर्ण देशवासी दाजुभाइ दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तम स्वास्थ्यको कामना गर्दछु। होली केवल रङ खेल्ने पर्व मात्र होइन, यो आपसी प्रेम, सद्भाव, भाइचारा र सामाजिक एकताको सन्देश दिने हाम्रो समृद्ध सांस्कृतिक परम्परा हो।

नेपाल अनेक भाषा, संस्कृति, धर्म र परम्पराले सजिएको सुन्दर फूलबारी हो। यही विविधता हाम्रो शक्ति हो, हाम्रो पहिचान हो। यस अवसरमा सबै समुदायबीच आपसी सम्मान, सहअस्तित्व र सहकार्यको भावना अझ बलियो बनोस्।

सामाजिक सद्भाव, राष्ट्रिय एकता र अखण्डताको रक्षा गर्दै समावेशी, न्यायपूर्ण र समृद्ध नेपाल निर्माणको यात्रामा हामी सबै एकजुट भएर अघि बढौं।

सम्पूर्ण देशवासी दाजुभाइ दिदीबहिनीहरूमा सुखद, सुरक्षित र उल्लासपूर्ण होलीको हार्दिक शुभकामना व्यक्त गर्दछु

– बद्री मैनाली
नेकपा एमालेका उम्मेदवार
प्रतिनिधिसभा सदस्य
नुवाकोट क्षेत्र नम्बर १

02/03/2026

फागु पूर्णिमा (होली) को हार्दिक शुभकामना।
रंग, खुशीयाली र आपसी प्रेमले भरिएको रमाइलो होली होस्!
नुवाकोट क्षेत्र नम्बर १ नेकपा एमालेका उम्मेदवार बद्री मैनाली

शुभबिहानी......☀सूर्यमा मतदान गर्न मात्र ३ दिन बाँकी
02/03/2026

शुभबिहानी......☀
सूर्यमा मतदान गर्न मात्र ३ दिन बाँकी

01/03/2026

नुवाकोट क्षेत्र नम्बर १ अन्तर्गत ककनी गाउँपालिका वडा नं ३ मा नेपाल कम्युनिष्ट पार्टी,नेपाली कांग्रेस,राष्ट्रिय स्वतन्त्र...
01/03/2026

नुवाकोट क्षेत्र नम्बर १ अन्तर्गत ककनी गाउँपालिका वडा नं ३ मा नेपाल कम्युनिष्ट पार्टी,नेपाली कांग्रेस,राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरी नेकपा एमाले मा प्रवेश गर्नेहरूको उल्लेखनीय लहर देखिएको छ।
उक्त अवसरमा बद्री मैनाली ले नवप्रवेशी साथीहरूलाई पार्टीमा हार्दिक स्वागत गर्नुभयो।
देश र जनताको समृद्धिका लागि सही विचार र नेतृत्वको छनोट गर्दै एमालेमा आबद्ध हुनु भएका सबैप्रति सम्मान व्यक्त गर्दछौँ।

01/03/2026

नुवाकोट–१ का उम्मेदवार बद्री मैनालीलाई बाजागाजा र झाँक्रीसहित भव्य स्वागत

01/03/2026

Address

Nuwakot
Nuwakot
44600

Website

Alerts

Be the first to know and let us send you an email when Badri Mainali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category