New Dhikure Youth Club - NDYC

New Dhikure Youth Club - NDYC Be the change you wish to see in the world and Work with unity and see how the succes begin��

07/09/2026
28/08/2026

सम्बन्धित सबैमा जानकारीका लागि

अत्यन्त जरुरी सार्वजनिक सूचना

मिति: २०८३ भाद्र १२ गते

विषय: गाईजात्राका अवसरमा आयोजना हुने मनोरञ्जनात्मक कार्यक्रम स्थगित गरिएको सम्बन्धमा

ढिकुरे बजार लाखे समूह तथा गाईजात्रा आयोजक समितिको संयुक्त निर्णयअनुसार, भोलि मिति २०८३ भाद्र १३ गते गाईजात्राका अवसरमा ढिकुरे बजारमा आयोजना हुने भनिएका सम्पूर्ण मनोरञ्जनात्मक कार्यक्रमहरू यस वर्षका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।

यही भाद्र १० गते आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठूलो भौतिक तथा मानवीय क्षति भएको छ। यस्तो दुःखद र संवेदनशील परिस्थितिमा प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै उत्सव तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन नगर्ने निर्णय गरिएको हो।

यस दुःखद घडीमा बाढीपीडित परिवारहरूप्रति हार्दिक समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।

अतः सम्पूर्ण ढिकुरेबासी, सहभागी, शुभेच्छुक तथा सम्बन्धित सबैलाई उक्त निर्णयलाई समझदारीका साथ ग्रहण गरी सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

मानवता र दुःखमा साथ दिनु नै हाम्रो पहिलो जिम्मेवारी हो।

ढिकुरे बजार लाखे समूह
तथा
गाईजात्रा आयोजक समिति

आउनुहोस्, हाँसौँ, रमाऔँ र हाम्रो संस्कृति जोगाऔँ।सबैको सहभागिताले गाईजात्रालाई अझ भव्य र सफल बनाऔँविशेष आकर्षण थपिँदै!मा...
20/08/2026

आउनुहोस्, हाँसौँ, रमाऔँ र हाम्रो संस्कृति जोगाऔँ।
सबैको सहभागिताले गाईजात्रालाई अझ भव्य र सफल बनाऔँ
विशेष आकर्षण थपिँदै!
माथि उल्लेखित कार्यक्रमलाई अझ भव्य र मनोरञ्जनात्मक बनाउन थप कलाकारहरूको विशेष उपस्थितिसमेत रहनेछ।
आफ्ना प्रिय कलाकारहरूको प्रस्तुति हेर्न तथा भरपूर मनोरञ्जन लिन सम्पूर्ण महानुभावहरूलाई हार्दिक निमन्त्रणा!
कार्यक्रम नछुटाउनुहोस् है!

आउनुहोस्, हाँसौँ, रमाऔँ र हाम्रो संस्कृति जोगाऔँ।सबैको सहभागिताले गाईजात्रालाई अझ भव्य र सफल बनाऔँ
09/08/2026

आउनुहोस्, हाँसौँ, रमाऔँ र हाम्रो संस्कृति जोगाऔँ।
सबैको सहभागिताले गाईजात्रालाई अझ भव्य र सफल बनाऔँ

निमन्त्रणा!!!स्थान :- ढिकुरे बजार मिति :- २०८३/०४/२० गतेसमय :- १२:३० दिउँसो
04/08/2026

निमन्त्रणा!!!
स्थान :- ढिकुरे बजार
मिति :- २०८३/०४/२० गते
समय :- १२:३० दिउँसो

आज सम्पन्न बैठकका निर्णयहरू तथा आगामी कार्ययोजना।
28/07/2026

आज सम्पन्न बैठकका निर्णयहरू तथा आगामी कार्ययोजना।

27/07/2026

सूचना

न्यू ढिकुरे युवा क्लबको आयोजनामा वि.सं. २०८३ साल साउन १२ गते महत्वपूर्ण बैठक बस्ने भएकाले सम्पूर्ण सदस्यहरू, भद्रभलाद्मी तथा सरोकारवाला महानुभावहरूलाई अनिवार्य रूपमा उपस्थित भई बैठकलाई सफल बनाउन हार्दिक अनुरोध गर्दछौं।

स्थान: न्यू ढिकुरे युवा क्लब भवन
मिति: वि.सं. २०८३ साल साउन १२गते
समय: विहान ८ बजे

न्यू ढिकुरे युवा क्लब

मानिस हराएको सूचनालिखु गाउँपालिका - १, ढिकुरे निवासी वर्ष ३२का अमर गुरुवाचार्य  २०८२-  १२- ११ गते  करिब बिहान ११ बजे  हर...
25/03/2026

मानिस हराएको सूचना

लिखु गाउँपालिका - १, ढिकुरे निवासी वर्ष ३२का अमर गुरुवाचार्य २०८२- १२- ११ गते करिब बिहान ११ बजे हराएको जानकारी प्राप्त भएको छ ।

कसैले देख्न ु भयो वा फेला पार्नु भएमा कृपया तुरुन्त inbox गरिदिनु होला।

शेयर गरेर सहयोग गरिदिनु होला।

Address

Dhikure
Nuwakot

Website

Alerts

Be the first to know and let us send you an email when New Dhikure Youth Club - NDYC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share