06/07/2025
शिक्षा, प्रेरणा र सहयोग एकैसाथ!
हामी Prayash Foundation Banke कोतर्फबाट रोल्पा जिल्लाको श्री शिशु कल्याण प्रा.वि. घोडागाउँ, घोडाकोटमा एक विशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न पाउँदा अत्यन्त खुसी छौं।
✅ शैक्षिक सामग्री वितरण कार्यक्रम
विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री वितरण गर्दै उनीहरूको अध्ययन यात्रामा सानो टेवा पुर्याउने प्रयास।
💃 नृत्य प्रतियोगिता
विद्यार्थीहरूको प्रतिभा उजागर गर्न तथा आत्मविश्वास बढाउन नृत्य प्रतियोगिताको आयोजना गरियो, जसले उनीहरूलाई थप प्रेरणा प्रदान ।
🍚 खीर खुवाउने कार्यक्रम
विद्यालयसँगको सहकार्यमा सबै विद्यार्थीहरूलाई खीर खुवाई सानो मिठास बाँड्ने अवसर प्राप्त गर्यौं।
यी सम्पूर्ण कार्यक्रमहरू सफल बनाउन साथ र सहयोग गर्नुहुने विद्यालय परिवार, स्थानीय समुदाय तथा हाम्रो सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछै।
शिक्षा र प्रेरणाका यस्ता अभियानहरू भविष्यमा पनि निरन्तर गर्दै जाने प्रतिबद्धता हामी लिन्छौं। कार्यक्रमHelping hands Thankyou for donating 1000/- each for the happiness of childrens 🙏♥️