जेके बाँठा जनक कुमार बाँठा मगर सचिवालय

  • Home
  • Nepal
  • Musikot
  • जेके बाँठा जनक कुमार बाँठा मगर सचिवालय

जेके बाँठा जनक कुमार बाँठा मगर सचिवालय नमस्कार मेरो यस Official page पेजमा यहाँहरू सबैजनालाई स्वागत गर्न चाहन्छु।
म तपाईँहरू जनताको सेवक,/

७ दिने मुडा बुनाई स्तरउन्नति सीप विकास तालिम समापन कार्यक्रम“स्थानीय स्रोतद्वारा उत्पादित वस्तु  #बाँफिकोटको सान, पौरखी ...
15/06/2026

७ दिने मुडा बुनाई स्तरउन्नति सीप विकास तालिम समापन कार्यक्रम

“स्थानीय स्रोतद्वारा उत्पादित वस्तु #बाँफिकोटको सान, पौरखी र मेहनती लघु उद्यमीको पहिचान”

#गरिबी निवारणका लागि #लघु_उद्यम_विकास कार्यक्रम (मेडपा) अन्तर्गत सञ्चालन भएको ७ दिने मुडा बुनाई स्तरउन्नति सीप विकास तालिम मिति २०८३/०३/०१ गते #बाँफिकोट गाउँपालिका–४, #सेराखेत (रुकुम पश्चिम) मा सफलतापूर्वक #सम्पन्न भएको छ।

नेपाल सरकार, #उद्योग,_वाणिज्य तथा आपूर्ति मन्त्रालयको #आर्थिक_सहयोग तथा बाँफिकोट गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालय, #उद्यम विकास शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा बाँफिकोट गाउँपालिकाका #अध्यक्ष ुमार_बाठा_मगरJanak Kumar Bantha Magar #सभाध्यक्ष, प्रमुख अतिथि, प्रमुख प्रशासकीय अधिकृत #विकास_विक्रम_शाह Bikash Bikram Shah विशिष्ट अतिथि वरिष्ठ लेखा अधिकृत #तेजबहादुर_डाँगी Tej Dangi तथा उद्यम विकास शाखा प्रमुख #प्रतिभा_कुसारी लगायतको गरिमामय उपस्थिति रहेको थियो।

तालिममार्फत सहभागी उद्यमीहरूले #मुडा बुनाई सम्बन्धी उन्नत सीप हासिल गरी #स्थानीय स्रोत–साधनको उपयोगबाट #स्वरोजगार तथा आयआर्जनका अवसरहरू थप विस्तार गर्ने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनुहुने सम्पूर्ण महानुभावहरू, #प्रशिक्षकज्यू, सहभागी उद्यमीहरू तथा स्थानीय समुदायप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
#सीप, श्रम र सिर्जनशीलतामार्फत समृद्ध #बाँफिकोट निर्माणमा सबैको साझा योगदान रहोस्। 🙏🌹

 िने_सिलाई–कटाई तालिम बाँफिकोट ४ लोछाबाङमा सफलतापूर्वक सम्पन्न भयो  मिति २०८३/०२/२१ गते  #नेपाल_आदिवासी_जनजाति_महासंघ गा...
05/06/2026

िने_सिलाई–कटाई तालिम
बाँफिकोट ४ लोछाबाङमा सफलतापूर्वक सम्पन्न भयो
मिति २०८३/०२/२१ गते

#नेपाल_आदिवासी_जनजाति_महासंघ गाउँ समन्वय समिति, बाँफीकोट गाउँपालिकाको आयोजनामा तथा बाँफीकोट गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित #३५दिने_सिलाई_कटाई_तालिम एक विशेष कार्यक्रमका बीच सफलतापूर्वक सम्पन्न भएको छ।

तालिम अवधिभर सहभागी प्रशिक्षार्थीहरूले सिलाई–कटाई सम्बन्धी व्यावहारिक तथा व्यवसायिक सीप हासिल गरी आत्मनिर्भर बन्ने आधार तयार गरेका छन्। समापन काJanak Kumar Bantha Magarमुख अतिथि, गा.पा अध्यक्ष जनक कुमार बाँठा मगर Magar विशिष्ट अतिथि, गा.पा उपाध्यक्ष तारा बुढ़ा के सीBikash Bikram Shahरशासकीय अधिकृत विकास विक्रम शाह Bikash BikrTej Dangiिथि , बरिस्ठ लेखा अधिकृत तेज बहादुर डागि Tej Dangi अतिथि ,महिला तथा बालबालिका शाखा प्रमुख पुस्पा ददेल अतिथि ,कार्यपालिका सदश्य रिता जैसि र अन्य अतिथिज्यूहरू, प्रशिक्षक तथा सम्पूर्ण प्रशिक्षार्थीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

यस तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा उतारी स्वरोजगार तथा #आयआर्जनका क्षेत्रमा सफलता हासिल गर्न सम्पूर्ण सहभागी दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गर्दछौं।

सीप, श्रम र #आत्मनिर्भरताको यात्रामा यो तालिम #कोशेढुङ्गा सावित होस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।

🙏 धन्यवाद।
नेपाल आदिवासी जनजाति महासंघ
गाउँ समन्वय समिति, बाँफीकोट गाउँपालिका ✂️🧵🌺
❤️🙏🏻

आज मिति २०८३/०२/१८ गतेका दिन बाँफीकोट गा.पा अध्यक्ष को अध्यक्षता मा आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट निर्माण सम...
01/06/2026

आज मिति २०८३/०२/१८ गतेका दिन बाँफीकोट गा.पा
अध्यक्ष को अध्यक्षता मा आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट निर्माण सम्बन्धि सरोकारवालासंग सुझाव संकलन अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय राजनितिक दलका प्रतिनिधि, शिक्षक, बौदिक व्यक्तित्व एवं स्थानीय अन्य सरोकारवालाको सहभागी रहेको थियो
Janak Kumar Bantha Magar

आज मिति २०८३-०२-०५ गते बाँफीकोट गाउँपालिका अध्यक्ष, Janak Kumar Bantha Magar जनक कुमार बाँठा मगर को नेतृत्वमा , प्रमुख प...
19/05/2026

आज मिति २०८३-०२-०५ गते बाँफीकोट गाउँपालिका अध्यक्ष, Janak Kumar Bantha Magar जनक कुमार बाँठा मगर को नेतृत्वमा , प्रमुख प्रशासकीय अधिकृत Bikash Bikram Shah विकास बिक्रम शाह तथा वरिष्ठ लेखा अधिकृत Tej Dangi तेज बहादुर डाँगीज्यूबाट वडा नं. ७ मा सञ्चालन भइरहेको एकीकृत घुम्ती शिविर अन्तर्गत व्यवसाय दर्ता तथा नवीकरण, कृषि, पशु तथा स्वास्थ्य सम्बन्धी सेवाको अनुगमन सम्पन्न भएको छ।

उक्त अनुगमनका क्रममा सेवाग्राहीलाई सहज, प्रभावकारी तथा गुणस्तरीय सेवा प्रवाह भए/नभएको विषयमा जानकारी लिँदै आवश्यक सुझाव तथा निर्देशन समेत प्रदान गरिएको थियो। गाउँपालिकाले नागरिकको घरदैलोमै सेवा पुर्‍याउने उद्देश्यले सञ्चालन गरेको यस कार्यक्रमप्रति स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो!

नोट: भोली मिति २०८३-०२-०६ गेते वडा नं. ८ मा घुम्ती शिविर हुने भएको हुदा वडा नं. ८ बासी सम्पूर्ण सहभागी भई स्वास्थ्य सेवा लिनू हुन अनुरोध गर्दछौ ।🙏🏻
जेके बाँठा जनक कुमार बाँठा मगर सचिवालय
बाँफिकोट गाउँपालिका रुकुम पश्चिम

आज मिति २०८३/०१/१४ गतेका दिन जिल्ला अदालत रुकुम पश्चिमका जिल्ला न्यायाधीश माननीय श्री दिपेन्द्र थापा मगर ज्यू सहितको टिम...
27/04/2026

आज मिति २०८३/०१/१४ गतेका दिन
जिल्ला अदालत रुकुम पश्चिमका जिल्ला न्यायाधीश माननीय श्री दिपेन्द्र थापा मगर ज्यू सहितको टिम बाँफिकोट गाउँपालिका रुकुम पश्चिम को न्यायीक समितिको कामकारबाही अनुगमन तथा निरीक्षण गर्ने क्रममा न्यायीक समिति अधिवक्ता Adv Pushpa Oli पदाधिकारीहरु,पालिका अध्यक्ष Janak Kumar Bantha Magar उपाध्यक्ष तारा बुढ़ा केसी र कार्यकारी अधिकृत Bikash Bikram Shah सँगै वरिष्ठ लेखा अधिकृत Tej Dangi
सँगको सामुहिक फोटो |
बाँफिकोट गाउँपालिका रुकुम पश्चिम
जेके बाँठा जनक कुमार बाँठा मगर सचिवालय

मिति २०८३ साल बैशाख १० गते बाँफीकोट गाउँपालिका का अध्यक्ष जनक कुमार बाँठा  मगर Janak Kumar Bantha Magar को अध्यक्षतामा छ...
24/04/2026

मिति २०८३ साल बैशाख १० गते
बाँफीकोट गाउँपालिका का अध्यक्ष जनक कुमार बाँठा मगर Janak Kumar Bantha Magar को अध्यक्षतामा छिन्खेत बजारस्थित श्री चन्द्रज्योती आ. बि मा छिन्खेत बजारको फोहर मैला ब्यवस्थापन र चिलिङ भ्याट ( दुग्ध विकास संस्था) लाई व्यवस्थित सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो छ।

यस कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले अन्तरक्रिया आयोजना गरिएको थियो। कार्यक्रममा स्थानीय बुद्धिजीवी, कर्मचारी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा विभिन्न विषयमा सन्तुलित छलफल भई आवश्यक निर्णयहरू गरिएका छन्।
सोही अवसरमा फोहरमैला व्यवस्थापनका लागि पाँच सदस्य समिति गठन गरिएको छ।
संयोजक - धिरेन्द्र कुमार शाही
सदस्य - उपेन्द्र बहादुर मल्ल
" - शसीराम रिजाल
" - दिपेन्द्र राज कुसारी
" - गोविन्द केसी
सदस्य सचीव - लेखक खड्का लगायतका सदस्यहरू चयन भएका छन्।

नयाँ छिन्खेत बजार ब्यवस्थापन समिति गठन गर्ने बिषयमा पनि छ्लफल गरिएको छ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बिकाश बिक्रम शाहा , Bikash Bikram Shah लेखा धिकृत तेज बहादुर डागि र जिल्ला समन्वय समिती सदस्य , कार्यपालिका सदस्य , पुर्व गाउँ पालिका अध्यक्ष धर्म बहादुर केसि , जनप्रतिनिधि , शिक्षक , कर्मचारी , बुद्धिजीवी , पत्रकार , स्थानीय ब्यापारी तथा सरकारवाला सबैको उपस्थिति रहेको थियोे ।

नवनिर्मित समितिले आगामी दिनहरूमा सम्बन्धित क्षेत्रको व्यवस्थापनलाई थप सुदृढ, व्यवस्थित र दिगो बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिएको छ |

जेके बाँठा जनक कुमार बाँठा मगर सचिवालय
बाँफिकोट गाउँपालिका रुकुम पश्चिम

मिति २०८२/१२/२९ गतेका दिन श्री सिस्ने स्यार्पु इङ्लिस बोर्डिङ स्कुलको वार्षिक नतिजा प्रकाशनसँगै  जिल्लाकै पहिलो पटक EDLA...
13/04/2026

मिति २०८२/१२/२९ गतेका दिन
श्री सिस्ने स्यार्पु इङ्लिस बोर्डिङ स्कुलको वार्षिक नतिजा प्रकाशनसँगै जिल्लाकै पहिलो पटक EDLA AI features सहितको Smart Board प्रयोगमा ल्याउने उद्घाटन कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रमको प्रमुख अतिथि बाँफिकोट गा.पा. अध्यक्ष Janak Kumar Bantha Magar जनक कुमार बाँठा मगर को प्रमुख आतिथ्य,र शिक्षक, विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूको उपस्थितिमा EDLA AI features सहितको Smart Board को उत्घाटन गरिएको छ।
उक्त Smart Board को प्रयोगले शिक्षण सिकाइ प्रक्रियालाई आधुनिक, सहज र प्रभावकारी बनाउने विश्वास गरिएको छ। कार्यक्रम उत्साहपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको थियो।
जेके बाँठा जनक कुमार बाँठा मगर सचिवालय
बाँफिकोट गाउँपालिका रुकुम पश्चिम

'मितिः२०८२/१२/२७ गते बाँफिकोट गाउँपालिका, रुकुम (पश्चिम   भाग) कर्णाली प्रदेश, नेपाल | बाँफिकोट गाउँपालिका अध्यक्ष Janak...
10/04/2026

'मितिः२०८२/१२/२७ गते
बाँफिकोट गाउँपालिका, रुकुम (पश्चिम भाग) कर्णाली प्रदेश, नेपाल | बाँफिकोट गाउँपालिका अध्यक्ष Janak Kumar Bantha Magar जनक कुमार बाँठा मगर को सभा अध्यक्षमा
१९ औँ गाउँसभा अधिवेशन सम्पन्न भयो |❤️❤️🙏🏻
बाँफिकोट गाउँपालिका रुकुम पश्चिम
जेके बाँठा जनक कुमार बाँठा मगर सचिवालय
@

कार्यालय समय  परिवर्तन सम्बन्धमा ।बाँफिकोट गाउँपालिका रुकुम पश्चिमJanak Kumar Bantha Magarजेके बाँठा जनक कुमार बाँठा मगर...
06/04/2026

कार्यालय समय परिवर्तन सम्बन्धमा ।
बाँफिकोट गाउँपालिका रुकुम पश्चिम
Janak Kumar Bantha Magar
जेके बाँठा जनक कुमार बाँठा मगर सचिवालय

वडा न •३ र ५ मा रहेको स्यार्पुताल संरक्षणका लागि बाँफिकोट गाउँपालिका रुकुम पश्चिम ले  स्थानिय हरुको सल्लाह सुझाब तथा गुन...
06/04/2026

वडा न •३ र ५ मा रहेको स्यार्पुताल संरक्षणका लागि बाँफिकोट गाउँपालिका रुकुम पश्चिम ले स्थानिय हरुको सल्लाह सुझाब तथा गुनसो हरुको जनगुनासो सङ्कलन गर्दै गाउपालिका अध्यक्ष Janak Kumar Bantha Magar
गा.पा उपाध्यक्ष @ तारा बुढ़ा के.सी प्रमुख प्रशासकीय अधिकृत विकाश बिक्रम शाहा वडा न • ५ कावडा अध्यक्ष मनु शाही लगायत संपूर्ण शाखा अधिकृत हरूको टिम स्यार्पुताल संरक्षणका लागि स्थानिय हरुको सल्लाह सुझाब लिदै |
मिति २०८२/१२/२२ गते 🙏🏻❤️
जेके बाँठा जनक कुमार बाँठा मगर सचिवालय
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम

Address

Banphikot Rural Municipality
Musikot
22011

Website

Alerts

Be the first to know and let us send you an email when जेके बाँठा जनक कुमार बाँठा मगर सचिवालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category