24/07/2026
यो तस्बिर केवल दुई बालबालिकाको होइन, कर्णालीका धेरै परिवारको यथार्थ झल्काउने एउटा झ्याल हो। बुबा–आमा जीविकोपार्जनका लागि काममा जानुपर्ने बाध्यता, घरमा सानी बहिनीलाई हेर्ने कोही छैन। त्यसैले दाइले बहिनीलाई काखमा च्यापेर विद्यालय आउँछ। एउटा हातले बहिनीको जिम्मेवारी निभाउँदै, अर्को हातले आफ्नो भविष्य लेख्ने प्रयास गर्दछ।
यस्तो दृश्यले मन भावुक बनाउँछ। कर्णालीका यी निर्दोष बालबालिकाले अझै पनि संघर्षलाई नै साथी बनाएर पढ्न बाध्य छन्। 🥺
Video:Shova Kharel