15/06/2026
गत रातिदेखि मुगु जिल्लाका विभिन्न व्यक्तिहरूका सामाजिक सञ्जाल (Facebook, Messenger, WhatsApp लगायत) खाताहरू ह्याक भई ती खातामार्फत साथीभाइ, आफन्त तथा चिनेजानेका व्यक्तिहरूलाई विभिन्न बहाना बनाई रकम माग्ने कार्य भइरहेको जानकारी प्राप्त भएको छ।
त्यसैले सम्पूर्ण मुगाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस्ता सन्देश, कल वा रकम माग्ने अनुरोधप्रति सजग रहन अनुरोध गरिन्छ। कुनै पनि रकम पठाउनुअघि सम्बन्धित व्यक्तिसँग प्रत्यक्ष फोन वा अन्य माध्यमबाट यकिन गरी मात्र आवश्यक निर्णय लिनुहुन अनुरोध छ।
सचेत बनौँ, साइबर ठगीबाट जोगिऔँ।
मुगु जिल्लावासीको हितका लागि जारी सूचना।