स्वास्थ्य सेवा कार्यालय, कालीकोट: Health Service Office, Kalikot

  • Home
  • Nepal
  • Manma
  • स्वास्थ्य सेवा कार्यालय, कालीकोट: Health Service Office, Kalikot

स्वास्थ्य सेवा कार्यालय, कालीकोट: Health Service Office, Kalikot आधिकारिक पेज ✅
स्वास्थ्य सेवा कार्यालय
कालीकोट अस्पताल
२४ घण्टा आकस्मिक सेवा

आज रास्कोट नगरपालिकाका नगर उपप्रमुख श्री मनिराज बराल ज्यूको अध्यक्षतामा एक भव्य कार्यक्रमका बिच रास्कोट नगरपालिकालाई पूर...
31/05/2026

आज रास्कोट नगरपालिकाका नगर उपप्रमुख श्री मनिराज बराल ज्यूको अध्यक्षतामा एक भव्य कार्यक्रमका बिच रास्कोट नगरपालिकालाई पूर्णखोप सुनिश्चिता तथा दिगोपना प्रमाणीकरण पश्चात् घोषणा गरिएको छ। सम्मानित सम्पूर्ण स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरू सबैलाई हार्दिक बधाई ज्ञापन गर्दै आ-आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सबैलाई धेरै धेरै धन्यवाद।

30/05/2026
29/05/2026
स्वास्थ्य सेवा कार्यालय कालिकोट आयोजनामा तथा सान्नित्रीबेनि गाउँपालिकाकाे समन्वयमा “राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य ...
29/05/2026

स्वास्थ्य सेवा कार्यालय कालिकोट आयोजनामा तथा सान्नित्रीबेनि गाउँपालिकाकाे समन्वयमा “राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुका लागि पुनर्ताजगी तालिम” यही मिति २०८३/०२/१४-१७ सम्म सञ्चालन गर्ने गरी २०८३)०२/१४ गतेका दिन शुरू गरिएको छ। समुदायस्तरमा स्वास्थ्य प्रवर्द्धन, रोग रोकथाम, मातृ तथा शिशु स्वास्थ्य, पोषण, खोप तथा अन्य आधारभूत स्वास्थ्य सेवामा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको भूमिका अझ प्रभावकारी बनाउने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको हो। जसमा २५ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता रहेको थियो। उक्त पुनर्ताजगी तालिम मार्फत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको ज्ञान, सीप तथा कार्यक्षमता अभिवृद्धि भई समुदायस्तरमा गुणस्तरीय तथा प्रभावकारी स्वास्थ्य सेवा प्रवाहमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

आज एक भव्य समारोहका बिच सान्नीत्रिवेणी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गर्ने कार्य सफलतापूर्वक सम्प...
28/05/2026

आज एक भव्य समारोहका बिच सान्नीत्रिवेणी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गर्ने कार्य सफलतापूर्वक सम्पन्न। यसमा योगदान गर्ने तथा सहयोगी निकाय सबैलाई हार्दिक बधाई तथा शुभकामना ।

यही मिति २०८३/०२/१० गतेका दिन पचालझरना गाउँपालिकालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना प्रमाणीकरण गरिएको छ। १५ महिनाको उम...
25/05/2026

यही मिति २०८३/०२/१० गतेका दिन पचालझरना गाउँपालिकालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना प्रमाणीकरण गरिएको छ। १५ महिनाको उमेर भित्र पाउनुपर्ने सबै खोपहरू पाएको सुनिश्चित गरिए पश्चात पूर्णखोप सुनिश्चितता निर्देशिका २०७१ (संशोधन २०७७)बमोजिम सबै प्रक्रिया पूरा गरिसकेपछि सो घोषणा गरिएको हो। यसै गरि यही २०८३ वैशाख २७ गते महाबै गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा भइसकेको छ।

Address

Manma

Alerts

Be the first to know and let us send you an email when स्वास्थ्य सेवा कार्यालय, कालीकोट: Health Service Office, Kalikot posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to स्वास्थ्य सेवा कार्यालय, कालीकोट: Health Service Office, Kalikot:

Share