Voice of Balara -Naya Soch Naya Bikash hamro adhikar

Voice of Balara -Naya Soch Naya Bikash hamro adhikar Janata bolcha �Balara badlincha. Voice of Balara Naya soch naya bikash.

14/04/2026

यदि मन पर्यो भने कमेन्ट लाइक र फलो गरेर साथ दिनुहोस्। फलो गर्न नबिर्सनुहोस्
आदरणीय जनसमुदाय
आज म यहाँ केवल आफ्नो कुरा राख्न होइन सीमावर्ती क्षेत्रमा बस्ने हजारौं जनताको पीडा संघर्ष र आवाज बोकेर उभिएको छु।सरकारले ल्याएको रु १०० भन्दा बढीको सामान ल्याउन नपाइने निर्णय यो कागजमा सानो नियम जस्तो देखिए पनि हाम्रो जस्तो सीमामा बस्ने जनताको जीवनमा ठूलो असर पार्ने निर्णय हो।यो निर्णयले हाम्रो दैनिक आवश्यकता हाम्रो परिवारको जीवन र हाम्रो बाँच्ने आधारमै चोट पुर्याएको छ।
हामीलाई सोध्न मन लाग्छ
के सरकारले कहिल्यै हाम्रो अवस्था बुझ्ने प्रयास गरेको छ ?
के यहाँ राम्रो सडक छ ?
के यहाँ व्यवस्थित बजार छ ?
के यहाँ उचित मूल्यमा गुणस्तरीय सामान पाइन्छ ?
जब यी सबै कुराहरूको अभाव छ तब पारि बजारबाट सामान ल्याउनु हाम्रो बाध्यता हो हाम्रो रहर होइन।
हामी कर छल्न खोजेका होइनौं हामी त केवल आफ्नो घर चलाउन आफ्नो परिवार पाल्न संघर्ष गरिरहेका छौं।
पहिले हाम्रो क्षेत्रमा विकास गरौं
सडक बनाऔं
बजार व्यवस्थापन गरौं
स्थानीय व्यवसायलाई बलियो बनाऔं
र जनतालाई सहज जीवन दिन प्रयास गरौं
त्यसपछि मात्र यस्ता कडा नियम लागू गरियो भने त्यो न्यायसंगत हुनेछ।तर आजको निर्णयले विकास नभएको ठाउँमा झन् पीडा थप्ने काम गरेको छ।हामी सरकारलाई स्पष्ट सन्देश दिन चाहन्छौंजनताको जीवन सहज बनाउनु नै साँचो शासन हो कठिन बनाउनु होइन।
हामी चुप बस्ने छैनौं।
हामी आफ्नो अधिकारको लागि एकजुट भएर उभिनेछौं।
हामी न्यायको लागि आवाज उठाउनेछौं शान्तिपूर्ण तर सशक्त रूपमा।
यदि हाम्रो पीडा सुन्ने प्रयास भएन भने
यो आवाज अझ ठूलो हुनेछ अझ सशक्त हुनेछ।
अन्त्यमा हामी सरकारसँग आग्रह गर्दछौं
यो निर्णय पुनर्विचार गरियोस्
सीमावर्ती जनताको अवस्था बुझियोस्
र जनताको हितमा काम गरियोस्।
हाम्रो अधिकार हाम्रो सम्मान हामीले लडेरै लिनेछौं
धन्यवाद।

14/04/2026

बलरा नगरपालिका–३ (सीमावर्ती क्षेत्र) को सडक सुरक्षा र व्यवस्थापन सम्बन्धमा
सीमावर्ती क्षेत्रमा लापरवाही होइन कडा सुरक्षा अनिवार्य छ!
बलरा नगरपालिका–३ निवासी आदरणीय दाजु मनोज कुशवाहाका ६ वर्षीय बालक मोटरसाइकल दुर्घटनामा घाइते हुनु केवल एउटा घटना होइन यो हाम्रो कमजोर ट्राफिक प्रणाली निष्क्रिय सुरक्षा संयन्त्र र लापरवाह स्थानीय शासनको परिणाम हो।
बारम्बार ध्यानाकर्षण गराउँदा पनि ठोस कार्य नहुनु गम्भीर चिन्ताको विषय हो।
यदि CCTV प्रणाली सञ्चालनमा भएको भए दोषीलाई तुरुन्त पहिचान गरी कानुनी कारबाही गर्न सकिन्थ्यो। तर हाल यस्तो आधारभूत सुरक्षा प्रणाली बन्द हुनु जिम्मेवारीहीनताको स्पष्ट प्रमाण हो।
हाम्रो क्षेत्रमा कस्तो सुरक्षा र व्यवस्था चाहिन्छ?
• कडाइका साथ लागू हुने ट्राफिक नियम
• २४ घण्टा सञ्चालनमा रहने CCTV निगरानी
• छिटो र प्रभावकारी एम्बुलेन्स सेवा
• सीमा क्षेत्रमा विशेष सुरक्षा निगरानी (Police Patrolling)
• नागरिक सुरक्षालाई पहिलो प्राथमिकता दिने प्रशासन
सरकार प्रहरी र नगरपालिकाको जिम्मेवारी
• जनताको जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्नु
• दुर्घटना रोकथामका लागि सक्रिय योजना लागू गर्नु
• दोषीलाई तुरुन्त कानुनी दायरामा ल्याउनु
• CCTV, एम्बुलेन्स जस्ता सेवा निरन्तर सञ्चालनमा राख्नु
• सीमावर्ती क्षेत्रमा कडा निगरानी र सुरक्षा व्यवस्था कायम गर्नु
हाम्रा स्पष्ट मागहरू:
1. तत्काल CCTV क्यामेरा सञ्चालनमा ल्याइयोस्
2. एम्बुलेन्स सेवा नियमित र सहज बनाइयोस्
3. दोषी चालकको खोजी गरी कडा कानुनी कारबाही गरियोस्
4.सीमा क्षेत्रमा २४ घण्टा सुरक्षा निगरानी (Police Patrolling) गरियोस् कडा चेतावनी
यदि यस्ता आधारभूत सेवा र सुरक्षामा बेवास्ता जारी रह्यो भने
हामी बाध्य भई कडा आन्दोलन (तालाबन्दी लगायत) का कदम चाल्नेछौं।

Happy New year 🎊🎆🎈 2083 नयाँ वर्ष केवल उत्सव होइनयो परिवर्तनको घोषणा हो।अब समय आएको छगलत विरुद्ध आवाज उठाउने सहीको लागि ...
14/04/2026

Happy New year 🎊🎆🎈
2083 नयाँ वर्ष केवल उत्सव होइन
यो परिवर्तनको घोषणा हो।
अब समय आएको छ
गलत विरुद्ध आवाज उठाउने
सहीको लागि अडिग उभिने
र Balara को पहिचानलाई अझ शक्तिशाली बनाउने।
हामी केवल हेर्ने होइनौं
हामी बनाउने हो नेतृत्व विकास र भविष्य।
यस वर्ष हाम्रो लक्ष्य स्पष्ट छ:
आवाजलाई शक्ति बनाउने
एकतालाई हतियार बनाउने र Balara लाई उदाहरण बनाउने
Voice of Balara अब रोकिने छैन।यो वर्ष हाम्रो हो नेतृत्व गर्ने जित्ने र इतिहास लेख्ने।
नयाँ वर्ष २०८३ उठ Balara बदल Balara

02/04/2026

शब्दले भाषण जित्न सक्छ,
तर नियतले जनता जित्छ।
मिठो बोल्नेहरू धेरै हुन्छन्
तर साँचो नियत राख्नेहरू इतिहास बन्छन्।
राजनीतिमा आवाज ठूलो हुनु होइन
नियत सफा हुनु सबैभन्दा ठूलो शक्ति हो।
किनकि जनता शब्द होइन
नियतको हिसाब राख्छ।
🌙
🙏

निष्ठा जब अटल हुन्छसाहस जब डरभन्दा ठूलो हुन्छत्यहीँ जन्मिन्छ शक्ति हनुमानको शक्ति!अन्याय अधर्म र डरका अगाडि कहिल्यै नझुक...
02/04/2026

निष्ठा जब अटल हुन्छ
साहस जब डरभन्दा ठूलो हुन्छ
त्यहीँ जन्मिन्छ शक्ति हनुमानको शक्ति!
अन्याय अधर्म र डरका अगाडि कहिल्यै नझुक्नेभक्ति बल र समर्पणको जिउँदो प्रतीक भगवान हनुमानजी को पावन जयन्तीमा हामी सबैले पनि आफ्नो भित्रको बजरंगबली जगाउने संकल्प गरौँ।
आजको दिन केवल पूजा होइन यो दिन हो
अन्याय विरुद्ध उभिने
सत्यको पक्षमा बोल्ने
र आफ्नो कर्तव्य निभाउने।
🔥जहाँ साहस छ त्यहीँ हनुमान छन्! हनुमान_जयन्तीको_जय_होस
ंगबली 🙏🚩
#साहस_र_सत्य_को_मार्ग

01/04/2026
01/04/2026

बलरा-३ को पीडा कसैले सुन्ने हो कि होइन?
६–६ महिना सीमा सडक बन्द हुन्छ
किसान रोइरहेका छन् बाली सडिरहेको छ…
अन्ततः जिम्मेवार को?
मत माग्ने बेला सबै आउँछन्
अब समय आएको छ जवाफ माग्ने! Hari Vansha Mishra Voice of Balara -Naya Soch Naya Bikash hamro adhikar Balara Municipality Nepal Malangwa Sarlahi Routine of Sarlahi Banda Ramashankar Kushwaha

#बलरा_को_आवाज
िन_बन्द
#किसानलाई_न्याय OnlineKhabar Onlinetv Nepal Munindra Mishra Dr. Amresh Kumar Singh B***n Routine of Nepal banda Rato Pati Dipu Mishra Shivashankar Ram Gudu Raaj Sudhansh Kumar eKantipur
#बाढी_समाधान
#जवाफ_चाहियो

28/03/2026

_update #

28/03/2026

Breaking News 📰

Address

Balara -3
Malangwa
45800

Alerts

Be the first to know and let us send you an email when Voice of Balara -Naya Soch Naya Bikash hamro adhikar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share