मनराशिसवा नगरपालिका-Manarashiswa Municipality Office

  • Home
  • Nepal
  • mahottari
  • मनराशिसवा नगरपालिका-Manarashiswa Municipality Office
भावी नेतृत्व तथा कार्यकारी सशक्तीकरण सम्बन्धी तालिममा सहभागिताका लागि ।
02/06/2026

भावी नेतृत्व तथा कार्यकारी सशक्तीकरण सम्बन्धी तालिममा सहभागिताका लागि ।

01/06/2026

मनरा शिशवा नगरपालिका, वडा नं. १ (मनरा गाउँ) मा नाला सरसफाइ कार्य तीव्र गतिमा सञ्चालन भइरहेको छ।

नगर प्रमुख श्री मोहन पाण्डेयज्यूले संस्थागत विद्यालयका प्रतिनिधिहरूसँग कक्षा व्यवस्थापन सुधार, शैक्षिक गुणस्तर अभिवृद्धि...
01/06/2026

नगर प्रमुख श्री मोहन पाण्डेयज्यूले संस्थागत विद्यालयका प्रतिनिधिहरूसँग कक्षा व्यवस्थापन सुधार, शैक्षिक गुणस्तर अभिवृद्धि, अनुशासन कायम तथा विद्यार्थीमैत्री शैक्षिक वातावरण निर्माणका विषयमा विस्तृत छलफल गर्नुभएको छ।

31/05/2026

नगर प्रमुखज्यू सँग विशेष संवाद, विस्तृत जानकारीका लागि यो भिडियो अवश्य हेर्नुहोस्।

31/05/2026

नगर प्रमुख श्री मोहन पाण्डेयज्यूले सरपल्लोस्थित रातो खोला क्षेत्रमा क्षति भएको बाँधको स्थलगत अनुगमनका क्रममा २४ घण्टाभित्र मर्मत कार्य सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। उक्त प्रतिबद्धताअनुसार निर्धारित समयमै मर्मत कार्य प्रारम्भ गरिएको छ।

नगर प्रमुख श्री मोहन पाण्डेयज्यूको विशेष पहलमा घरदैलो कार्यक्रममार्फत स्वास्थ्यकर्मीले घर–घरमा पुगेर शंकास्पद क्षयरोगीहर...
31/05/2026

नगर प्रमुख श्री मोहन पाण्डेयज्यूको विशेष पहलमा घरदैलो कार्यक्रममार्फत स्वास्थ्यकर्मीले घर–घरमा पुगेर शंकास्पद क्षयरोगीहरूको पहिचान गर्ने कार्य गरिरहेका छन्। क्षयरोगमुक्त मनराशिसवा निर्माणका लागि अभियान निरन्तर जारी रहने छ।

नगर प्रमुख श्री मोहन पाण्डेयज्यूको विशेष पहलमा मनराशिसवा नगरपालिकाभित्र स्वास्थ्य बीमामा आबद्ध नागरिकको संख्या वृद्धि गर...
30/05/2026

नगर प्रमुख श्री मोहन पाण्डेयज्यूको विशेष पहलमा मनराशिसवा नगरपालिकाभित्र स्वास्थ्य बीमामा आबद्ध नागरिकको संख्या वृद्धि गर्ने उद्देश्यले स्वास्थ्य बीमा सहजकर्ताहरूको सहयोगमा कार्यक्रम सम्पन्न गरिएको छ। साथै, स्वास्थ्य बीमा बोर्डअन्तर्गत स्वास्थ्य बीमा नवीकरण तथा नयाँ दर्ता अभियानको शुभारम्भ गरिएको छ। सबै नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध भई यसको लाभ लिन अनुरोध गरिन्छ।

पुनः सडकखण्ड खाली कार्यलाई निरन्तरता दिँदै सरपल्लो गाउँ–जलेश्वरदेखि बर्दिबास सडकखण्ड खाली गराई आवागमनलाई थप सहज र सुरक्ष...
30/05/2026

पुनः सडकखण्ड खाली कार्यलाई निरन्तरता दिँदै सरपल्लो गाउँ–जलेश्वरदेखि बर्दिबास सडकखण्ड खाली गराई आवागमनलाई थप सहज र सुरक्षित बनाइएको छ।

मनराशिसवा नगरपालिका वडा नं. ७ मा पानीमा डुबेर तीन जना बालकको दुःखद् निधन भएको खबरले अत्यन्त दुःखी बनाएको छ। दिवंगत बालकह...
30/05/2026

मनराशिसवा नगरपालिका वडा नं. ७ मा पानीमा डुबेर तीन जना बालकको दुःखद् निधन भएको खबरले अत्यन्त दुःखी बनाएको छ। दिवंगत बालकहरू श्री सरयुग मुनिलाल माध्यमिक विद्यालय, सरपल्लोका कक्षा १ र कक्षा ६ मा अध्ययनरत विद्यार्थी थिए।
यस दुःखद् घडीमा नगर प्रमुख श्री मोहन पाण्डेयज्यूले शोकसन्तप्त परिवारसँग भेट गरी समवेदना व्यक्त गर्नुभएको छ। दिवंगत बालकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजन, आफन्त तथा विद्यालय परिवारमा गहिरो समवेदना व्यक्त गर्दछौं। ईश्वरले परिवारलाई यो पीडा सहने शक्ति प्रदान गरून्।

नगर प्रमुख श्री मोहन पाण्डेयज्यूको निर्देशन तथा नेपाल प्रहरी एवं नगर प्रहरीको सहयोगमा जाउख–जलेश्वरदेखि बर्दिबास सडकखण्ड ...
29/05/2026

नगर प्रमुख श्री मोहन पाण्डेयज्यूको निर्देशन तथा नेपाल प्रहरी एवं नगर प्रहरीको सहयोगमा जाउख–जलेश्वरदेखि बर्दिबास सडकखण्ड खाली गराउने कार्य सम्पन्न भएको छ। यसले आवागमनलाई थप सहज र सुरक्षित बनाउन सहयोग पुगेको छ।

Address

Manara Mahottari
Mahottari
45714

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when मनराशिसवा नगरपालिका-Manarashiswa Municipality Office posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share