नेपाली साहित्यिक मञ्च

  • Home
  • Nepal
  • Lumbini
  • नेपाली साहित्यिक मञ्च

नेपाली साहित्यिक मञ्च तपाईं तपाइका साहित्यिक रचना हामी माझ ?

 #गजल
25/10/2025

#गजल

के गर्छ्यौ, आजको मौनताले भोलि पश्चाताप भयो भने?मैले तिमीलाई पर्खंदा, समयले मलाई पर्खिएन भने?©GS
22/10/2025

के गर्छ्यौ, आजको मौनताले भोलि पश्चाताप भयो भने?
मैले तिमीलाई पर्खंदा, समयले मलाई पर्खिएन भने?
©GS

21/10/2025

मनमा छ खहरे, पानी छैन
जान्थें म बगेर, बानी छैन !

यहाँ मान्छे सबै ढुंगा भए कि
कसैभित्र मायाँको खानी छैन !

छन् फूल यहाँ सबै फुलेका
तर त्यो रातकी रानी छैन !

उस्तै छ जून, उस्तै जूनकिरी
तिनमा हिजोको जवानी छैन !

धेरै प्यार दिन्छे मेरी प्रकृति
अरु क्वै ऊ जस्तो दानी छैन !
Author - Sharan Aansu

तैंले खुवाउने सब थोक मिठो,तेरो जुठो नै हो मेरो चोखो,म भोकाई रहन्छु,त खुवाई रहन्छसरित्तिन तेरो मायाको पोको ।तेरै देहको सु...
21/10/2025

तैंले खुवाउने सब थोक मिठो,
तेरो जुठो नै हो मेरो चोखो,
म भोकाई रहन्छु,
त खुवाई रहन्छस
रित्तिन तेरो मायाको पोको ।

तेरै देहको सुगन्ध सङ्गै
बिउँझन पाउ जिन्दगी भर....।
#पहेंलपुर
Author - GS Poudel

12/03/2024

तिमिलाइ रोज्न खोज्ने लाखौसग लड्न तयार थिए म।तर तिमिले रोजेको एकसग म अह पटक्कै लड्न सकिन।


Sanjay Magar

23/02/2024

धोका दिनेलाई मौका नदिनु,
मौका दिनेलाई धोका नदिनु
किनकि सबैको भाग्यमा
मौका दिने मान्छे भेटिदैन।❤️


#साभार

01/04/2023

साथै हुँदा सम्म फूल बनि fool बनाएर जाने हरु पनि आज फेरी april fool मनाउन आउन सक्छन् ।
©GS

27/03/2023

देउताले सोधे उसलाई, "तेरो कुन इच्छा पुराइदिनु?"
भन्छ "एकपल्ट हेर्छु उनलाई, एकमुठी सास उधारो दिनु"
©GS

सुख र खुसीमा ठूलो अन्तर छ। यो अन्तरको बुझाइले मान्छेलाई मुक्ति दिन्छ । ©GS
23/03/2023

सुख र खुसीमा ठूलो अन्तर छ। यो अन्तरको बुझाइले मान्छेलाई मुक्ति दिन्छ ।
©GS

06/03/2023

एक रंग काफी छ यहाँ,
अनेकौ समबन्ध जोड्न अनि तोड्न ।
©GS

चाहिँदैन गुलाफ, यदि हाम्रो सम्बन्ध फक्राउन उसले मूर्झाउनु पर्छ भने,नराख प्रस्ताव यदि ती सस्ता शब्द नभए सम्म सम्बन्ध सुरु...
13/02/2023

चाहिँदैन गुलाफ,
यदि हाम्रो सम्बन्ध फक्राउन उसले मूर्झाउनु पर्छ भने,
नराख प्रस्ताव यदि ती सस्ता शब्द नभए सम्म सम्बन्ध सुरु हुँदैन भने,
चाहिँदैन चकलेट यदि सम्बन्धमा नै मिठास छैन भने,
परेन भो गुडिया यदि सजीव प्रेम बुझाउन निर्जीव पुत्ला चाहिन्छ भने,
नगर बाचा यदि बिना कसम सम्बन्धको जग रहँदैन भने,
पर्दैन समीप रहन यदि नछोइ तिमीले मेरो आभाष गर्दिनौ भने,
नछोउ मेरा ओठ आफनाले यदि बिना स्पर्श प्रेम बुझ्दिनौ भने ।

भयो चाहिँदैन मलाई यस्तो प्रेम,
जसलाई दर्शाउन यदि कुनै तिथि मिति चाहिन्छ भने ।
म त तिमी नभए पनि तिमीलाई प्रेम गर्ने मान्छे,
म त मै नभए पनि तिम्रो हुने मान्छे,
म त कोषौ पर बाट पनि तिमीसङ्ग एकाकार हुने मान्छे,
मलाई, मैले तिमीलाई गर्ने प्रेम बुझाउन कसैको नामको साहारा लिनु पर्दैन,
कुनै कथा अनि पात्रको साहारा पर्दैन,
कुनै तिथि, मिति अनि साइतको आवश्यकता पर्दैन ।
म छु,
मेरो प्रेम छ,
म नहुला पनि
तर
मेरो प्रेम हुनेछ ...।
©GS

कास प्रेम प्रस्ताव राख्न जस्तै सजिलो हुँदो हो सम्बन्ध निभाउन । प्रेम प्रस्ताव एउटा निश्चित मनोभावना राखिन्छ तर सम्बन्धमा...
08/02/2023

कास प्रेम प्रस्ताव राख्न जस्तै सजिलो हुँदो हो सम्बन्ध निभाउन । प्रेम प्रस्ताव एउटा निश्चित मनोभावना राखिन्छ तर सम्बन्धमा त्यस्ता हजारौं मनोभावका उतारचढाब सहनु पर्छ र आतालिन्छन् मान्छे अनि भाग्छन् सम्बन्ध देखि पर । धेरै पर ।
©GS

Address

Lumbini

Telephone

9811575220

Website

Alerts

Be the first to know and let us send you an email when नेपाली साहित्यिक मञ्च posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to नेपाली साहित्यिक मञ्च:

Share

Category