दोर्दी खबर - 𝐃𝐨𝐫𝐝𝐢 𝐍𝐞𝐰𝐬

  • Home
  • दोर्दी खबर - 𝐃𝐨𝐫𝐝𝐢 𝐍𝐞𝐰𝐬

दोर्दी खबर - 𝐃𝐨𝐫𝐝𝐢 𝐍𝐞𝐰𝐬 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from दोर्दी खबर - 𝐃𝐨𝐫𝐝𝐢 𝐍𝐞𝐰𝐬, Political organisation, Dordi Rural Municipality, .

“हाम्रो दोर्दीका सत्य तथ्य र खोजमुलुक पत्रकारिताप्रति प्रतिबध्द छ।हाम्रो लक्ष्य तपाई लाई भ्रम बाट टाढा राखी सही सुचना प्रदान गर्नु हो।हाम्रो पत्रकारिता तपाईको सहकार्य बिना अपुरो छ । जय दोर्दी ।

⚽ फिफा विश्वकप २०२६ आज रातिदेखि सुरु हुँदै-काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप २०२६ को २३औँ संस्...
11/06/2026

⚽ फिफा विश्वकप २०२६ आज रातिदेखि सुरु हुँदै-

काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप २०२६ को २३औँ संस्करण आज रातिदेखि उत्तर अमेरिकामा औपचारिक रूपमा सुरु हुँदैछ। इतिहासमै पहिलो पटक अमेरिका, मेक्सिको र क्यानडा ले संयुक्त रूपमा आयोजना गरेको यो प्रतियोगिता फुटबल इतिहासकै सबैभन्दा ठूलो विश्वकपका रूपमा हेरिएको छ।

प्रतियोगिताको उद्घाटन खेल मेक्सिको सिटीस्थित ऐतिहासिक एस्टाडियो एस्टेका रंगशालामा घरेलु टोली मेक्सिको र दक्षिण अफ्रिकाबीच हुनेछ। उक्त खेल नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुने तालिका रहेको छ।

यस संस्करणमा कीर्तिमानी ४८ टोली सहभागी छन्। प्रतियोगिताभर १०४ खेल खेलाइनेछन्। फिफाले यसपटक कुल ६५ करोड ५० लाख अमेरिकी डलर पुरस्कार राशि निर्धारण गरेको छ, जसमध्ये विजेता टोलीले ५ करोड अमेरिकी डलर प्राप्त गर्नेछ।

विश्वभरका उत्कृष्ट खेलाडीहरू मैदानमा आफ्नो प्रतिभा प्रदर्शन गर्न तयार छन् भने करोडौँ फुटबल समर्थकहरू प्रत्यक्ष तथा विभिन्न प्रसारण माध्यममार्फत विश्वकपको रोमाञ्चक यात्राको प्रतीक्षामा छन्।

दोर्दी हिमाल क्षेत्रको पर्यटन पूर्वाधार विकासका लागि ५ करोड बजेट विनियोजन- लामो समयदेखि स्थानीय तह, जनप्रतिनिधि तथा सरोक...
09/06/2026

दोर्दी हिमाल क्षेत्रको पर्यटन पूर्वाधार विकासका लागि ५ करोड बजेट विनियोजन-

लामो समयदेखि स्थानीय तह, जनप्रतिनिधि तथा सरोकारवालाहरूले गर्दै आएको पहलले अब सार्थकता पाउने संकेत देखिएको छ। नेपाल सरकारले आर्थिक वर्षको बजेटमार्फत दोर्दी हिमाल क्षेत्र पर्यटन पूर्वाधार विकास कार्यक्रम अन्तर्गत रु. ५ करोड बजेट विनियोजन गरेपछि दोर्दी क्षेत्रका बासिन्दामा उत्साह थपिएको छ।

स्थानीयवासीका अनुसार उक्त बजेटले दोर्दी हिमाल क्षेत्रको पर्यटन विकाससँगै भेडीगोठ पर्यटन, जडीबुटी खेती, कृषि उत्पादन तथा स्थानीय आर्थिक गतिविधिलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ। दोर्दी क्षेत्र प्राकृतिक सौन्दर्य, हिमाली भू–दृश्य, जैविक विविधता तथा कृषि सम्भावनाले भरिपूर्ण भएकाले पूर्वाधार विकाससँगै यस क्षेत्रलाई महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

यस बजेटबाट दोर्दी क्षेत्र मात्र नभई लमजुङ र गोरखा जिल्लाका आसपासका क्षेत्रसमेत प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ। पर्यटन प्रवर्द्धन, कृषि आधुनिकीकरण, जडीबुटी उत्पादन वृद्धि तथा स्थानीय रोजगारी सिर्जनामा यसले महत्वपूर्ण योगदान पुर्‍याउने सरोकारवालाहरूको भनाइ छ।

स्थानीयवासीले सरकारप्रति आभार व्यक्त गर्दै यस ऐतिहासिक निर्णयले समग्र क्षेत्रको समृद्धि र विकासको नयाँ ढोका खोल्ने विश्वास व्यक्त गरेका छन्। साथै, विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनमार्फत दोर्दी हिमाल क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।

दोर्दी गाउँपालिकामा २२ हजार कफी बिरुवा वितरण- दोर्दी गाउँपालिकाको आ.व. २०८२/८३ अन्तर्गत सञ्चालित व्यावसायिक कफी खेती प्र...
08/06/2026

दोर्दी गाउँपालिकामा २२ हजार कफी बिरुवा वितरण-

दोर्दी गाउँपालिकाको आ.व. २०८२/८३ अन्तर्गत सञ्चालित व्यावसायिक कफी खेती प्रवर्द्धन (कफी खेती अभियान) मार्फत १२२ जना कृषकलाई २२ हजार अरेविका जातका कफी बिरुवा वितरण गरिएको छ।

दोर्दी गाउँपालिका र चार्ज नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन भएको अभियानअन्तर्गत २५० रोपनी क्षेत्रफलमा व्यावसायिक कफी खेती विस्तार गर्ने लक्ष्य राखिएको छ। दुवार, खिमचोक, भारते ढोके, सिरुवारी, लामिश्वरा, श्रीमन्जाङ, कर्तीबेसी, नौथर, उपल्लो पाचोक तथा हिलेटक्सार (चिसापानी–टक्सार) लगायतका क्षेत्रमा कफी खेती विस्तार गरिएको गाउँपालिकाले जनाएको छ।

स्थानीय स्तरमा आम्दानी वृद्धि, रोजगारी सिर्जना तथा कृषि व्यवसायीकरणलाई टेवा पुर्‍याउने उद्देश्यले कफी खेती अभियानलाई अगाडि बढाइएको हो।

दोर्दी हिमाल ट्रेक प्रवर्द्धनमा सक्रिय दोर्दी गाउँपालिका- लमजुङ जिल्लाको दोर्दी गाउँपालिका प्राकृतिक सौन्दर्य, हिमाली दृ...
08/06/2026

दोर्दी हिमाल ट्रेक प्रवर्द्धनमा सक्रिय दोर्दी गाउँपालिका-

लमजुङ जिल्लाको दोर्दी गाउँपालिका प्राकृतिक सौन्दर्य, हिमाली दृश्य तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण क्षेत्रका रूपमा परिचित बन्दै गएको छ। विशेष गरी दोर्दी हिमाल ट्रेकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

हालै दोर्दी गाउँपालिका–३ स्थित श्री कडाँडा, लामा गाउँमा आयोजित पदयात्रा तथा पर्वतारोहणसम्बन्धी कार्यक्रममा विभिन्न क्षेत्रका पर्यटनकर्मी, पर्वतारोही, जनप्रतिनिधि तथा स्थानीयको सहभागिता रहेको थियो। कार्यक्रममार्फत दोर्दी हिमाल क्षेत्रको पर्यटन सम्भावना उजागर गर्दै यस क्षेत्रलाई नयाँ साहसिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य अघि सारिएको छ।

गाउँपालिकाले ट्रेकिङ मार्गको पहिचान, पदमार्ग व्यवस्थापन, पर्यटन पूर्वाधार निर्माण तथा स्थानीय संस्कृति र आतिथ्यतालाई पर्यटनसँग जोड्ने प्रयास गरिरहेको जनाएको छ। प्राकृतिक मनोरम दृश्य, हिमाली श्रृंखला, जैविक विविधता तथा गुरुङ समुदायको मौलिक संस्कृतिले दोर्दी हिमाल ट्रेकलाई थप आकर्षक बनाएको छ।

स्थानीय सरकारको सक्रियता, पर्यटन व्यवसायीको सहकार्य र स्थानीयवासीको सहभागिताले दोर्दी हिमाल ट्रेक आगामी दिनमा लमजुङकै एक प्रमुख साहसिक पर्यटन गन्तव्यका रूपमा स्थापित हुने विश्वास गरिएको छ।

08/06/2026

लब्सीबोट गाउँ सफा र सुन्दर बन्दै, विकासका गतिविधिमा पनि अग्रसर-

लम्जुङ जिल्लाको दोर्दी गाउँपालिका–७ स्थित लब्सीबोट गाउँ पछिल्ला वर्षहरूमा सफा, सुन्दर र व्यवस्थित बस्तीका रूपमा परिचित बन्दै गएको छ। विगतको तुलनामा गाउँको वातावरणीय सरसफाइ, भौतिक पूर्वाधार विकास तथा सामुदायिक सहभागितामा उल्लेखनीय सुधार देखिएको स्थानीयहरू बताउँछन्।

हरियालीले भरिएको यस गाउँमा सडक, खानेपानी, सरसफाइ तथा अन्य विकास निर्माणका कार्यहरू क्रमशः अघि बढिरहेका छन्। गाउँको समग्र विकास र सौन्दर्यकरणमा स्थानीय जनप्रतिनिधि तथा समुदायको सक्रिय भूमिका रहेको देखिन्छ।

लब्सीबोट गाउँ दोर्दी गाउँपालिका–७ की महिला वडा अध्यक्ष रिस माया गुरुङ को पनि गृहगाउँ हो। स्थानीयवासीका अनुसार उहाँले आफ्नो कार्यक्षेत्रमा विकास निर्माण, जनसेवा तथा समुदायका आवश्यकताप्रति विशेष चासो दिँदै सकारात्मक कामहरू अगाडि बढाउनुभएको छ।

प्राकृतिक सौन्दर्य, सफा वातावरण र विकासका गतिविधिका कारण लब्सीबोट गाउँ दोर्दी गाउँपालिकाकै उदाहरणीय बस्तीका रूपमा स्थापित हुँदै गएको छ।

07/06/2026

दोर्दी–६ सिमीमा सञ्चालित लिपे हाइड्रोपावरप्रति स्थानीयको असन्तुष्टि बढ्दो-

परियोजनाका भारी सवारीका कारण सडक जीर्ण बन्दै गएको तर मर्मतमा चासो नदेखिएको भन्दै स्थानीय आक्रोशित बनेका छन्। स्थानीय युवाले योग्यताअनुसार रोजगारी नपाएको गुनासो गर्दै जनप्रतिनिधि र राजनीतिक दलहरू मौन बसेको आरोप लगाएका छन्।

स्थानीयको चेतावनी छ।“चुनावमा मात्र युवा सम्झिने प्रवृत्ति अब स्वीकार्य छैन। जनताको समस्या बेवास्ता गरिए आगामी चुनावमा मतमार्फत जवाफ दिइनेछ।”

स्थानीयले सडक सुधार, वातावरणीय जिम्मेवारी र स्थानीयलाई प्राथमिकतामा राखी रोजगारी सुनिश्चित गर्न सम्बन्धित पक्षसँग तत्काल माग गरेका छन्।
( माथिलो सिमी पुग्ने इकाई सडक)

दोर्दी–५ मा सामान्य वर्षामै विद्युत् सेवा अवरुद्ध, स्थानीयवासी हैरान-लमजुङ, दोर्दी गाउँपालिका–५ मा सामान्य वर्षा हुँदा स...
06/06/2026

दोर्दी–५ मा सामान्य वर्षामै विद्युत् सेवा अवरुद्ध, स्थानीयवासी हैरान-

लमजुङ, दोर्दी गाउँपालिका–५ मा सामान्य वर्षा हुँदा समेत बारम्बार विद्युत् सेवा अवरुद्ध हुने समस्या लामो समयदेखि कायम रहेको भन्दै स्थानीयवासीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

स्थानीयका अनुसार सामान्य पानी पर्दा पनि विद्युत् आपूर्ति बन्द हुने गरेको छ। बत्ती बिग्रिएर समस्या उत्पन्न हुँदा सम्बन्धित कार्यालयमा सम्पर्क गर्दा समेत समयमा प्राविधिक नआउने, फोन उठे पनि समस्या समाधानप्रति आवश्यक चासो नदिने गरेको गुनासो रहेको छ।

विद्युत् सेवा नागरिकको आधारभूत आवश्यकता भएकाले पटक–पटक बत्ती जाँदा विद्यार्थीको पढाइ, दैनिक कामका व्यवसाय तथा सर्वसाधारणको जनजीवन प्रत्यक्ष रूपमा प्रभावित भइरहेको स्थानीयवासी बताउँछन्।

स्थानीयले सम्बन्धित निकायलाई समस्याको स्थायी समाधान गर्न, विद्युत् संरचनाको आवश्यक मर्मत तथा स्तरोन्नति गर्न र गुनासो प्राप्त हुनासाथ प्राविधिक परिचालन गर्ने प्रभावकारी व्यवस्था मिलाउन आग्रह गरेका छन्।

स्थानीयवासीको भनाइ छ, “सामान्य वर्षाले पनि अन्धकारमा बस्नुपर्ने अवस्था अन्त्य होस्, भरपर्दो विद्युत् सेवा हाम्रो अधिकार हो।”

दोर्दी गाउँपालिका–६ र ८ अन्तर्गत काल्चेबेंसी तथा हिले क्षेत्र जोड्ने दोर्दी खोलामाथि निर्माणाधीन २० करोड २३ लाख रुपैयाँ ...
06/06/2026

दोर्दी गाउँपालिका–६ र ८ अन्तर्गत काल्चेबेंसी तथा हिले क्षेत्र जोड्ने दोर्दी खोलामाथि निर्माणाधीन २० करोड २३ लाख रुपैयाँ लागतको पुल आयोजनामा पहुँचमार्गका लागि आवश्यक जग्गा व्यवस्थापनको विषयलाई लिएर विवाद उत्पन्न भएको छ।

बिहीबार र शुक्रबार लगातार दुई दिनसम्म सरोकारवालाबीच भएको छलफलमा काल्चेबेंसी क्षेत्रका जग्गाधनी र स्थानीय बासिन्दाले विकास आवश्यक भए पनि विकाससँगै आफूहरू विस्थापित र पीडित बन्ने अवस्था सिर्जना भएको भन्दै क्षतिपूर्ति (मुआब्जा) को माग गरेका छन्।

स्थानीय जग्गादाताहरूले पुल र सडक निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउँदा आफ्नो खेतीयोग्य तथा उपयोगी जमिन गुम्ने भएकाले उचित क्षतिपूर्ति व्यवस्था हुनुपर्ने धारणा राखेका छन्।

छलफलका क्रममा जग्गाधनीहरूले सम्बन्धित निकायले जग्गाको उचित मुआब्जा व्यवस्था नगरे पुल निर्माणका लागि आवश्यक जग्गा तथा सडक निर्माणमा प्रयोग हुने ट्र्याक खोल्न नदिने घोषणा गरेका छन्।

यता स्थानीय तह तथा सम्बन्धित निकायले भने विवाद समाधानका लागि थप छलफल र सहमतिको प्रयास जारी रहने बताएका छन्। पुल निर्माण आयोजनाको कामलाई प्रभावित नपार्ने गरी दुवै पक्षको सहमतिमा समाधान खोज्ने प्रयास भइरहेको जनाइएको छ।

नेपाली कांग्रेस दोर्दी गाउँपालिकाले क्रियाशील सदस्य अध्यावधिक तथा नयाँ क्रियाशील सदस्य आवेदन सङ्कलन अभियान सञ्चालन गरिरह...
04/06/2026

नेपाली कांग्रेस दोर्दी गाउँपालिकाले क्रियाशील सदस्य अध्यावधिक तथा नयाँ क्रियाशील सदस्य आवेदन सङ्कलन अभियान सञ्चालन गरिरहेको जनाएको छ।

पार्टीको संगठन सुदृढीकरण तथा सदस्यता विस्तार गर्ने उद्देश्यले दोर्दी गाउँपालिका वडा नं. १ देखि वडा नं. ९ सम्म उक्त अभियान सञ्चालन भइरहेको हो। नेपाली कांग्रेसप्रति आस्था तथा विश्वास राख्ने इच्छुक महानुभावहरूलाई आफ्नो क्रियाशील सदस्यता अध्यावधिक गर्न तथा नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिन अनुरोध गरिएको छ।

नेपाली कांग्रेस दोर्दी गाउँपालिकाले जारी गरेको सूचनामा पार्टीप्रति आस्था राख्ने सम्पूर्ण इच्छुक नागरिकहरूलाई आवश्यक विवरणसहित सम्बन्धित वडा तथा पार्टी प्रतिनिधिसँग सम्पर्क गरी आवेदन प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ।

पार्टीको सांगठनिक मजबुती र जनसहभागिता अभिवृद्धि गर्ने लक्ष्यसहित सञ्चालन गरिएको यस अभियानमा सक्रिय सहभागिता जनाउन सम्बन्धित सबैमा अनुरोध गरिएको छ।
दोर्दी खबर - 𝐃𝐨𝐫𝐝𝐢 𝐍𝐞𝐰𝐬

अन्तर आधारभूत विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न- दोर्दी गाउँपालिका–६, लमजुङ । दोर्दी गाउँपालिका वडा नं. ०६ का वडा...
04/06/2026

अन्तर आधारभूत विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न-

दोर्दी गाउँपालिका–६, लमजुङ । दोर्दी गाउँपालिका वडा नं. ०६ का वडा अध्यक्ष श्री नन्दराज घलेको अध्यक्षतामा बालमैत्री स्थानीय शासन प्रवर्द्धन गर्ने उद्देश्यले अन्तर आधारभूत विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
दोर्दी गाउँपालिकाको गाउँसभाबाट स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत “बालमैत्री स्थानीय शासनको आधार, जिम्मेवार परिवार, उत्तरदायी स्थानीय सरकार” शीर्षकमा आयोजित प्रतियोगितामा वडा भित्रका तीनवटा आधारभूत विद्यालयका नौ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।

प्रतियोगितामा ढोडेनी आधारभूत विद्यालयकी सबिना गुरुङ प्रथम, भगवान आधारभूत विद्यालयकी जेनिका घले द्वितीय तथा ढोडेनी आधारभूत विद्यालयका अमृत गुरुङ तृतीय स्थान हासिल गर्न सफल भएका छन्।

कार्यक्रममा फलेनी माध्यमिक विद्यालयका राजेन्द्र प्रसाद पोख्रेल, बालकल्याण माध्यमिक विद्यालयका सुक बहादुर गुरुङ तथा सिद्ध प्राथमिक विद्यालयका यदुराज जोशीले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो।

बालबालिकामा नेतृत्व क्षमता, अभिव्यक्ति कला तथा सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको वडा कार्यालयले जनाएको छ।
दोर्दी खबर - 𝐃𝐨𝐫𝐝𝐢 𝐍𝐞𝐰𝐬

Address

Dordi Rural Municipality

Website

Alerts

Be the first to know and let us send you an email when दोर्दी खबर - 𝐃𝐨𝐫𝐝𝐢 𝐍𝐞𝐰𝐬 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your organization to be the top-listed Government Service?

Share