राष्ट्रिय स्वतन्त्र पार्टी, लमजुङ

  • Home
  • Nepal
  • Lamjung
  • राष्ट्रिय स्वतन्त्र पार्टी, लमजुङ

राष्ट्रिय स्वतन्त्र पार्टी, लमजुङ भ्रष्टाचार विरुद्धको आवाज 🔔🔔🔔

परिवर्तन सम्भव छ, हाम्रै पालामा 🔔🔔🔔🔔गाउँ गाउबाट उठाै, बस्ति बस्तिबाट उठाै 🔔🔔🔔🔔
25/05/2026

परिवर्तन सम्भव छ, हाम्रै पालामा 🔔🔔🔔🔔
गाउँ गाउबाट उठाै, बस्ति बस्तिबाट उठाै
🔔🔔🔔🔔

लमजुङ जिल्ला, बेसीसहर नगरपालिका वडा नं. १ का राजनीतिक तथा सामाजिक  “व्यक्तित्व” आदरणीय श्री Rajendra Osti  ज्यू राष्ट्रि...
22/05/2026

लमजुङ जिल्ला, बेसीसहर नगरपालिका वडा नं. १ का राजनीतिक तथा सामाजिक “व्यक्तित्व” आदरणीय श्री Rajendra Osti ज्यू राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय ऊर्जा तथा जलस्रोत विभाग सदस्यमा मनोनयन हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।

यहाँको जिम्मेवारीपूर्ण नेतृत्व, दूरदर्शी सोच र सक्रिय योगदानले ऊर्जा तथा जलस्रोत क्षेत्रको विकासमा महत्वपूर्ण उपलब्धि हासिल गरोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु।

सफल, प्रभावकारी र जनमुखी कार्यकालको लागि हार्दिक शुभकामना। 🌸

सन्दर्भ : राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङको ऐतिहासिक प्रथम जिल्ला अधिवेशनराष्ट्रिय स्वतन्त्र पार्टी लमजुङको अबको नेतृत्...
22/05/2026

सन्दर्भ : राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङको ऐतिहासिक प्रथम जिल्ला अधिवेशन

राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङको अबको नेतृत्व केवल पद ओगट्ने होइन, परिणाम दिने, जनतासँग जोडिने र परिवर्तनलाई व्यवहारमा उतार्ने नेतृत्व हुनुपर्छ।

अबको नेतृत्व यस्तो हुनुपर्छ:

# इमानदार र पारदर्शी

# जनताको विश्वास भाषणले होइन, कामले जित्ने।

# सक्षम र अध्ययनशील

# समस्या देखाउने मात्र होइन, समाधान सहित अघि आउने।

# गुटभन्दा संगठन ठूलो मान्ने

# व्यक्तिगत स्वार्थ होइन, पार्टी र जिल्लाको हितलाई पहिलो प्राथमिकता दिने।

# युवालाई अवसर दिने

# नयाँ सोच, नयाँ ऊर्जा र नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने।

# जनताबीच निरन्तर रहने

# चुनावमा मात्र होइन, हरेक दुःख–सुखमा जनताको साथमा उभिने।

# भ्रष्टाचारसँग सम्झौता नगर्ने

# जोसुकै होस्, गलतलाई गलत भन्न सक्ने साहस भएको।

# लमजुङको विकासको स्पष्ट दृष्टि भएको,पर्यटन, कृषि, शिक्षा, रोजगारी र पूर्वाधारमा दीर्घकालीन योजना बनाउने।

निष्कर्ष:
“अब लमजुङमा नेतृत्व अनुहार फेरिने होइन, सोच फेरिने समय हो।
जनताको विश्वासलाई अवसर होइन, जिम्मेवारी ठान्ने नेतृत्व चाहिन्छ।
संगठन बलियो, विचार स्पष्ट र काम परिणाममुखी — यही अबको आवश्यकता हो।”

दुधपोखरी ३ का वडाध्यक्ष श्याम गुरुङ ज्यू लाई राष्ट्रिय स्वतन्त्र पार्टी, मा स्वागतम् छ ।उहा रास्वपाको केन्द्रीय कार्यालय...
17/05/2026

दुधपोखरी ३ का वडाध्यक्ष श्याम गुरुङ ज्यू लाई राष्ट्रिय स्वतन्त्र पार्टी, मा स्वागतम् छ ।

उहा रास्वपाको केन्द्रीय कार्यालयमा महामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी र भूपदोष शाहबाट सदस्यता लिएर उहा पार्टी प्रवेश गर्नुभएकाे हो ।

सो अवसरमा लमजुङ जिल्लाका प्रतिनिधि सभा सदस्य Dharma K.C , लमजुङ काठमाडौं सम्पर्क समितिका संयोजक Bhola Sharma लगायतकाे उपस्थित थियोे ।

11/05/2026

आज बसेको सचिवालय बैठकले वडा, पालिका तथा जिल्ला अधिवेशनको मिति तय गरेको छ।

स्वीकृत कार्यतालिका यसप्रकार छ :

📌 २०८३ जेठ २ – वडा भेला
(समिति गठन नभएका वडाहरूमा)

📌 २०८३ जेठ ३ – वडा अधिवेशन
(वैशाख २० अगावै समिति गठन भएका वडाहरूमा)

📌 २०८३ जेठ ९ – पालिका भेला
(समिति गठन नभएका पालिकाहरूमा)

📌 २०८३ जेठ १० – पालिका अधिवेशन
(वैशाख २५ अगावै समिति गठन भएका पालिकाहरूमा)

📌 २०८३ जेठ १६ – वडा अधिवेशन
(जेठ ३ अगावै समिति गठन भएका बाँकी वडाहरूमा)

📌 २०८३ जेठ १७ – पालिका अधिवेशन
(जेठ १० अगावै समिति गठन भएका बाँकी पालिकाहरूमा)

📌 २०८३ जेठ २३ र २४ – जिल्ला अधिवेशन

सम्पूर्ण पार्टी सदस्य, शुभेच्छुक तथा जिम्मेवार साथी हरू एक जुट भएर अगाडी बढौं अधिबेशन को तयारी मा जुटौँ 🙏🔔🇳🇵

10/05/2026

आगामी स्थानीय तह निर्वाचनका इच्छुक सम्भावित उम्मेदवारहरूलाई हार्दिक सुझाव।
--------------------------------------------------
अब करिब एक वर्षपछि स्थानीय तहको निर्वाचन हुँदैछ। मेयर/उपमेयर, अध्यक्ष/उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्य बन्ने आकांक्षा राख्ने सबै जिम्मेवार व्यक्तित्वहरूलाई आजैदेखि तयारी सुरु गर्न उपयुक्त हुने हार्दिक आग्रह गर्दछु।
नेतृत्व केवल चुनाव जित्ने कुरा मात्रै होइन,यो त विश्वास जित्ने सामाजिक यात्रा हो,समाज सेवामा स्थापित हुने कला हाे।त्यसैले इच्छुक उम्मेदवारहरूले अहिलेबाटै निम्न तयारीहरू गर्न आवश्यक देख्दछु।

(१️)संविधान र सम्बध्द कानुनको गहिरो अध्ययन हुनुपर्नेछ ।राष्ट्रिय नीतिहरु,मूलतः नेपालको संविधान,स्थानीय सरकार सञ्चालन ऐन ,वित्तीय व्यवस्थापन, सार्वजनिक खरिद, सुशासन सम्बन्धी ऐन नियमहरुकाे सघन जानकारी गर्नुहाेस्! पदमा पुगेपछि सिक्ने होइन, पहिले नै जान्ने बन्नुहोस्।

(२️) आफ्नो पालिकाको वास्तविक अवस्था बुझ्नु अनिवार्य सर्त हुनुपर्छ ।जनसंख्या, गरिबी, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन,पालिकाको वार्षिक बजेट, योजना र उपलब्धि लगायतका विषयहरका बारेमाअहिले नै "सूचनाकाे हक" काे प्रयाेग गरेर पालिकासँग माग्नुहाेस्। आफ्नो पालिकाको डेटा र तथ्यमा आधारित समझ बनाउनुहोस्।

(३️) सामाजिक सेवाबाट विश्वास निर्माण गर्नुहाेस्।विपन्न, असहाय, ज्येष्ठ नागरिक, महिला, बालबालिका, युवा ,सरसफाइ, रक्तदान, शिक्षा, स्वास्थ्य आदि जस्ता सामाजिक अभियान चलाउन सुरु गरिहाल्नुहाेस्। चुनाव नआउँदै सेवाबाट चिनिनुहोस्।

(४) शालीनता, सभ्य, शिष्ट,मर्यादित राजनीतिक,सामाजिक संस्कारलाई शिरमा राख्नुहाेस्। विपक्षीलाई शत्रु होइन,स्वस्थ प्रतिस्पर्धी मान्नुहोस्।गाली, अफवाह, चरित्र हत्या नगर्नुहोस्। आफ्नो कामले बोल्ने नेतृत्व बन्नुहोस्।

(५️ )सबै राजनीतिक दल र समुदायसँग समन्वय,सद्भाव राख्दै स्थानीय विकासमा सहकार्य गर्नुहाेस्।समाजलाई विभाजन होइन,एकता कायम गर्ने अनुकरणीय नेतृत्व बन्नुहाेस्।

(६️) योजना तर्जुमाका बारेमा राम्रोसँग सिक्नुहोस्। योजना कसरी बनाउने?बजेट कसरी विनियोजन गर्ने?सबै तह र तप्काका नागरिकको सहभागिता कसरी गर्ने? अनुगमन कसरी गर्ने? लगायतका विषयमा स्पष्ट हुनुहाेस्।“के गर्ने?” भन्दा पनि पहिले कसरी गर्ने? सिक्नुहोस्।

(७️) सुशासन र पारदर्शिताप्रति प्रतिबद्धता रहनुहाेस्।घुस, कमिसन, अनियमितता, शून्य सहनशीलता जस्ता कुरामा याद गर्नुहाेस्। इमान्दार नेतृत्व नै जनताको चाहना हो।

(८️)न्यायिक जिम्मेवारीको तयारी (उपमेयर/उपाध्यक्षका लागि)।
मेलमिलाप, विवाद समाधान,न्यायिक समिति सञ्चालन गर्दै न्याय दिने क्षमतामा बृध्दि अत्यन्त आवश्यक भएकाले अहिलेदेखि नै सम्बन्धित ऐन नियमकाे राम्रोसँग अध्ययन गर्नुहाेस्।

(९️)जनतासँग नियमित संवाद,टोल–टोल भेटघाट,गुनासो सुन्ने संस्कार बसाल्नुहाेस्। नेता होइन, सेवक बन्ने अभ्यास गर्नुहोस्।

(१०)दीर्घकालीन विकासको स्पष्ट दृष्टिकोण बनाउनुहाेस्।रोजगारी,पूर्वाधार,शिक्षा,स्वास्थ्य,डिजिटल र हरित विकास आदिका बारेमा सम्बध्द विज्ञसँगसमेत छलफल थाल्नुहाेस्।म जितेपछि गर्छु भन्ने होइन कि, अहिलेदेखि योजना तयार राख्नुहोस्।

(११)नेतृत्व भनेको पद होइन,जिम्मेवारी हो।आजै सुरु गरौं,सेवाबाट,चिनिनुहोस् !

विश्वास कमाउनुहोस्,र विकासको प्रतिबद्धता पूरा गर्नुहाेस्। सुबिजयकाे अग्रिम बधाई दिन्छु।

07/05/2026

माननीय Dharma K.C काे कार्य तालिका यस प्रकार रहेकोले
माननीय Dharma K.C ज्यू काे समय तालिका र भनाइ

अत्याधिक कल आईरहेको तर म निम्न उल्लेखित कार्यक्रमहरूमा व्यस्त भएको कारण सो समयम कल उठाउन नसकेकोमा क्षमाप्रार्थि छु।

पूर्वाधार विकास समिति
राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिको

मिति २०८३/०१/२० र २०८३/०१/२१
सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना र काठमाडौँ–मधेस/तराई द्रुतमार्ग आयोजनाको स्थलगत निरीक्षण एवं अनुगमन भ्रमण र साइटमा नै प्रस्तुतिकरण।

थप प्रस्तुतिकरणहरू मिति र समय

मिति २०८३/०१/२२ गते
१. बबई सिँचाइ आयोजना - बिहान १०:०० बजे
२. महाकाली सिँचाइ आयोजना - दिउँसो १:०० बजे
३. भेरी बबई डाइभर्सन बहुउद्देश्य आयोजना - ३:३० बजे

मिति २०८३/०१/२३ गते
१. मेलम्ची खानेपानी आयोजना - बिहान १०:०० बजे
२. बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना - दिउँसो १२:०० बजे
३. हुलाकी लोकमार्ग आयोजना - दिउँसो २:०० बजे

संसदिय दलको कार्यक्रम: अर्थ, र भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास मन्त्रीहरूसँग प्रि-बजेट छलफल (४:०० बजे देखि ६:०० बजे सम्म)

मिति २०८३/०१/२४ गते
१. रेलवे तथा मेट्रो विकास आयोजना - बिहान १०:०० बजे
२. उत्तर दक्षिण कोशी/कालीगण्डकी/कर्णाली कोरिडोर -
दिउँसो १२:०० बजे
३. काठमाडौँ-तराई/मधेश द्रुतमार्ग आयोजना - दिउँसो २:०० बजे

संसदिय दलको कार्यक्रम: पर्यटन तथा नागरिक उड्ययन मन्त्री र सञ्चार तथा सूचना प्रविधि मन्त्रीसँग पूर्व-बजेट छलफल (४:०० बजे देखि ६:०० बजे सम्म)

मिति २०८३/०१/२५ गते
१. पुष्पलाल मध्य पहाडी लोकमार्ग आयोजना -
बिहान ९:०० बजे
२. सिक्टा सिँचाइ आयोजना - दिउँसो ११:०० बजे
३. सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्य आयोजना - दिउँसो २:०० बजे
४. रानी-जमरा कुलरिया सिचाई आयोजना -
बिहान ४:०० बजे

नोट:
सबै प्रस्तुतिकरण सम्बन्धित आयोजना प्रमुखबाट हुनेछ। प्रस्तुतिकरणमा सकेसम्म सम्बन्धित मन्त्रालयको सचिव र सह-सचिवको समेत उपस्थिति रहनेछ। आयोजना प्रमुख अनिवार्य रहनेछ भने सम्बन्धित मन्त्रालयबाट कम्तीमा २ जना वा ३ जनाको उपस्थिति रहनेछ।

२०८३/०१/२६ र २७ गते बिहान ११:०० बजे देखि ५:०० बजेसम्म पार्टीबाट प्रतिनिधि सभा सदस्यहरूको प्रशिक्षण।

प्रतिनिधिसभा बैठकसांसद धर्मराज केसीले राखे लमजुङका समस्याहाम्रो लमजुङ खबर संवाददाताप्रतिनिधिसभाको आजको बैठकमा लमजुङका सा...
08/04/2026

प्रतिनिधिसभा बैठक
सांसद धर्मराज केसीले राखे लमजुङका समस्या

हाम्रो लमजुङ खबर संवाददाता

प्रतिनिधिसभाको आजको बैठकमा लमजुङका सांसद धर्मराज केसीले जिल्लाका जनताको आधारभूत आवश्यकताबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा बोल्दै उहाँले लमजुङका नागरिकले वर्षभरि सुरक्षित र सहज सडकको माग गरिरहेको उल्लेख गर्नुभयो । विशेषगरी जिल्लाको प्रवेशद्वारदेखि नै सडकको दुरावस्था रहेको भन्दै तत्काल सुधार आवश्यक रहेको बताउनुभयो।
सांसद केसीले स्वास्थ्य क्षेत्रको समस्यातर्फ पनि सरकारको ध्यान खिच्दै डाक्टरसहितको सेवा र पर्याप्त औषधि भएको स्वास्थ्य चौकीको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो। त्यस्तै, बालबालिकाका लागि सामुदायिक विद्यालयमै गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले स्वच्छ खानेपानीको अभाव, रोजगारीका कारण विदेशिनुपर्ने बाध्यता र परिवारबाट टाढा बस्नुपर्दाको पीडालाई अन्त्य गर्न आवश्यक नीति ल्याउन सरकारसँग माग गर्नुभएको छ ।

जलविद्युतको प्रचुर सम्भावना भएको जिल्ला हुँदाहुँदै पनि सीमित व्यक्तिले मात्र लाभ लिएको उल्लेख गर्दै त्यसको न्यायोचित वितरण हुनुपर्ने धारणा उहाँले राख्नुभयो।
सांसद केसीले यी सबै विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै तत्काल प्रभावकारी पहल गर्न आग्रह गर्नुभएको छ।

07/04/2026

📢 सहयोगको अपिल 📢

आज मिति २०८२ साल चैत्र २३ गते, दूधपोखरी गाउँपालिका वडा नं. ३ र २ अन्तर्गत फुलिङ्गिरी हुँदै भूम्लिचोक गाउँ (नयाँ बजार सम्म) आउने क्रममा मोटरसाइकलमा यात्रा गर्दा जर्मनीका नागरिक FELIX ARNE र REINERI को Mckinley ब्रान्डको कालो झोला हराएको छ।

उक्त झोलाभित्र रहेका सामग्रीहरू:

पासपोर्ट
ID कार्ड
Driving Licence
Credit कार्ड
अन्य महत्वपूर्ण कागजातहरू

यी कागजातहरू अत्यन्त संवेदनशील र आवश्यक भएकाले फेला पार्नु हुने महानुभावले कृपया ईलाका प्रहरी कार्यालय बिचौर: 9862382674 मा तुरुन्त सम्पर्क गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं।

🙏 मानवीय सहयोगको अपेक्षा सहित — कृपया यो सूचना सकेसम्म धेरै शेयर गरिदिनुहोस्।

Address

Lamjung

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय स्वतन्त्र पार्टी, लमजुङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share