06/07/2026
लमजुङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। १६ देखि ५९ महिनासम्मका सबै बालबालिकाले लगाउनुपर्ने सम्पूर्ण खोप प्राप्त गरेको प्रमाणित भएपछि वडा, स्थानीय तह हुँदै जिल्ला स्तरमा घोषणा गरिएको हो। जिल्लाको तथ्याङ्कअनुसार जन्मदेखि १५ महिनासम्मका एक हजार ७ सय ५६ जना बालबालिकाले नियमित खोप प्राप्त गरेका छन्।
त्यस्तै, १६ देखि ५९ महिनासम्मका ४ हजार ६ सय ९९ जना बालबालिकामध्ये प्रारम्भिक सर्वेक्षणमा खोप छुट भएका चार जनालाई समेत बाँकी खोप लगाएर सबै बालबालिकाले आवश्यक खोप पाएको सुनिश्चित गरिएको छ।